• ‘चौथो देउमाई अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप’ बैशाख ७ गतेबाट


    टीका खतिवडा,इलामः
    देउमाई नगरपालिकाको मंगलबारेमा आगामी बैशाख ७ गतेबाट १४ गते सम्म ‘चौथो देउमाई अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप’ हुने भएको छ । देउमाई नगरपालिका ४ स्थित भानुभक्त माविको छात्रावास खेलमैदानमा प्रतियोगिता हुने भएको हो ।
    त्रिभेणी युथ क्बल मंगलबारेको आयोजनामा भएको प्रतियोगितामा भारत सहित नेपालका गरि जम्मा आठ टीमको सहभागिता रहने बिहिबार सदरमुकाममा पत्रकार सम्मेलन गरी जानकारी गराइयो । प्रतियोगितामा फ्रेन्डस क्लब काठमाण्डौ, मोरङ ११, रेड स्टार विर्तामोड, न्यु स्टार फूटवल क्वब सुनसरी, इलाम र आयोजकको टीम टुंगो लागिसकेको छ । एउटा टीमको टुंगो लागि नसकेको आयोजकले जानकारी दिएको छ ।
    प्रतियोगिताको विजेता टीमले नगद २ लाख २२ हजार २ सय २२ रुपयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजक त्रिभेणी युथ क्लवका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए । त्यस्तै उपविजेता टीमले नगद एक लाख ११ हजार १ सय ११ रुपया सहित ट्रफी मेडल र प्रमाण पत्र पाउने वताइएको छ ।
    त्यस्तै उत्कृष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ठ गोल रक्षक, उत्कृष्ठ मिड फिल्डर, उत्कृष्ठ डिफेन्स र उत्कृष्ठ फरवर्डलाई समेत पुरस्कार प्रदान गरिने छ ।
    गत ०७२ सालमा आएको भूकम्पबाट खेलमैदानमा क्षति भएपति प्रतियोगिता हुन सकेको थिएन । यसलाई त्यसलाई निरन्तरता दिन यस वर्षबाट पुन प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका सचिव अषेश बुढाथोकीले जानकारी दिए ।
    प्रतियोगितामा देउमाई नगरपालिकाले सहयोग गर्ने वताइएको छ । त्यस्तै नेपाल आइस, यशोदा फुड्स, बिग मास्टर, समाजका लागि युवा, शिरिजंगा युवा क्लव र इलाम उद्योग वाणिज्य संघ शाखा मंगलबारेले सहयोग गर्ने आयोजक त्रिभेणी युथ क्लबका सदस्य सुवास घिमिरेले वताए । प्रतियोगिता सम्पन्न गर्न २४ लाख माथी खर्च हुने अनुमान गरिएको छ । आगामी वर्षबाट निरन्तर पुरस्कार राशी बढाउँदै प्रतियोगिता सञ्चालन गरिने वताइएको छ ।