• मरब क्याम्पस इलामका सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा बिद्यार्थीद्धारा तालाबन्दी

    इलाम: ४८ घण्टाको अल्टीमेटममा पनि क्याम्पस प्रशासनले माग पुरा नगरेपछि बिद्यार्थीहरुले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका सहयाक क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन ।
    बिहानी समयमा प्रशासन र पुस्तकालय खोल्नु पर्ने माग राखेर पटक पटक आन्दोलन गर्दै आएका बिद्यार्थीले ५ दिन अघि ४८ घण्टे अल्टीमेटम दिएका थिए । उक्त समयमा पनि क्याम्पस प्रशासनले आफना माग पुरा नगरे पछि आज बिद्यार्थीले सहायक क्याम्पस प्रमुख प्रेम लुईटेल र पूर्ण प्रसाद ढुंगानको कार्यकक्षमा तालाबन्दी गरेका हुँन । गत बैशाख देखि क्याम्पसले बिहान प्रसाशन , पुस्तकालय बन्द गर्न थाले पछि बिद्यार्थीलाई बिभिन्न काम गर्न असहज हुँदै आएको आन्दोलनको नेतृत्व गरीरहेका बिद्यार्थी प्रशान्त गिरीले जानकारी दिनु भयो । बिद्यार्थीले कार्यकक्षमा तालाबन्दी गर्दा हाजीरीकपी भने बाहिर निकालीदिएका छन् । यस बिद्यार्थीले हिजो हातमा कालो पट्टी बाधेर बिद्यार्थीले बिरोध जनाएका थिए । २ सय ७७ जना बिद्यार्थीले हस्ताक्षर गरेर बिहानी समयमा प्रशासन र पुस्तकालय खोल्न माग गर्दै केहि दिन अघि प्रशासनलाई ज्ञापन पत्र बुझाउनदा पनि वास्ता नगरेपछि तालाबन्दी गर्नु परेको आन्दोलनरत बिद्यार्थी राम लम्सालले बताउनु भयो । सहायक क्याम्पस प्रमुख प्रेम लुईटेलले क्याम्पस प्रमुख राम गुराँगाई जिल्ला बाहिर रहेकाले उहा आए पछि बिद्यार्थीका मागका बिषयमा ठोस निर्णय गरिने जानकारी दिनु भयो । उहाले भन्नु भयो‘ समस्या सानो थियो, बिद्यार्थीहरुले ताला लगाईहाले, दुई पक्ष बसेर निकास निकाल्छौ ।’