• गायक रगुन गुरुङको ‘चियाको बोटमा’ सार्वजनिक (भिडियो सहित)

    इलाम :
    इलामलाई कर्मथलो बनाएर गीत संगीत क्षेत्रमा अगाडी बढी रहेका गायक रगुन गुरुङको चियाको बोटमा बोलको गीत सार्वजनिक भएको छ । जय भण्डारीको शब्द तथा कृष्णभक्त राईको संगीत,एरेन्ज रहेको गीत न्यू वल्ड क्रिएसन युटुव च्यानल मार्फत चियाको बोटमा उनिएको माया मारेर जादैछु हजारौ ओठका सवाल ममाथी टारेर जादैछु , बोलको गीत आईतबार सार्वजनिका गरिएको हो ।

    गीतको रेर्कडिङ र मिक्सीङ रेवा रेर्कडिङमा मुस्कान मुकारुङले गरेका छन् । गीतको कभर भिडियोको सम्पूर्ण काम शिखर प्रोडक्सन इलामका सन्दिप प्रधानले गरेका छन । सूर्योदयन गरपालिको बरबोटेलाई कर्मथलो बनाएका रघुन गायन क्षेत्रमा लामो समय देखि क्रियाशिल हुनुहुन्छ । गायक गुरुङले इलाममै बसेर भए पनि देश बिदेशका स्रोता , दर्शकलाई मनछुने गीत उत्पादन गर्न सकिने एबीसी अनलाईनलाई बताउनु भयो । गीतमा इलामकै परिवेश समाबेस गरिएको छ ।

    शिक्षणबाट कमाएको पैसा संगीतमा खर्च गरेर संगीत साधना गरिरहेको उनलाई एल्बम विक्रीबाटै खर्च उठाइएला भन्ने आशा छैन ।०६२ सालमा ‘अल्झियौ अड्कियौ यो मन भित्र किन, सम्झनाको तरेलीमा तिम्रो तस्बिर किन हौ किन’ बोलको गीत रेकर्ड गराएर औपचारिक रुपमा सांगीतिक यात्रा शुरु गरेका गुरुङ्गले संगितको औपचारिक शिक्षा नलिएपनि गायकीकै कारण संगीतप्रमीहरुका प्रिय बनेका छन् ।उनले यस अघि आफनो पन बजारमा ल्याएका थिए ।

    भिडियो