• इलाममा अरनीको सांस्कृतिक संग्राहलयको उद्घाटन

    इलाम:इलाममा अरनीको सांस्कृतिक संग्राहलयको उद्घाटन गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामको पुरानो कार्यालय रहेको भवनलाई सांस्कृतिक संग्राहयको रुपमा आईतबार उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद तथा नेकपाका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणले उक्त सग्राहलयको उद्घाटन गर्नु भएको छ । जिल्ला प्रशासन कार्यालयको पुरानो उक्त भवनलाई इलाम नगरपालिकाले सग्राहलयका रुपमा बिकास गर्ने भएको हो । कार्यक्रममा प्रदेश सांसद शर्माले एतिहासीक तथा सांस्कृतिक धरोहरको सरक्षण गर्दै जानु पर्ने बताउनु भयो ।
    २०५औं भानु जयन्तीको अवसरमा इलाम नगरपालिका साहित्य, कला तथा संगीत प्रतिष्ठानकी अध्यक्ष टिका घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक गणेश बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सीना , प्राज्ञ तथा गीतकार कोमल निरौला, युवा नेता नवराज शंकर, गायक देवी गौतम लगायतले आ आफनो विचार राख्नु भएको थियो ।
    कार्यक्रममा युद्धप्रसाद बैद्यद्वारा लिखित पुस्तक इलामको इतिहास र विकासको विमोचन गरिएको छ । सोहि कार्यक्रममा कोमल निरौलाको शब्द रहेको इलाम हाम्रो गौरव बोलको गीतको म्युजिक भिडियोको लोकार्पण समेत गरिएको छ ।