• वातावरण प्रभाव मुल्याङ्कन नगरी जताजतै डोजर चलाए पछि…

    प्रेम अधिकारी , इलाम :

    इलामको सन्दकपुर गाउँपालिकाकी जसमाया राई काधभरी झोला बोकेर ठम–ठम उकालो हिड्दै गर्दा जस्बीरेमा भेटीनु भयो । उहाको यात्रा बिब्लयाँटे बजारबाट देउराली सम्मको थियो । राई बरबोटे सम्म त गाडीमा सहज पुग्नु भयो । उकालो लागी सक्दा हिलाम्मे बाटो शुरु भयो , उहाको यात्रा पनि हिडाईमा परिणत भयो । राईले भन्नु भयो ‘हिउँद भरी त डोजरले सबै टारबारी सकेर सडक बनाए, झरी पर्न थालेपछि खेतबारी जस्तै भएका छन्, नहिडेर के गर्नु ?’
    अहिले इलामका १० वटा स्थानीय तहका ग्रामिण सडकको हालत यस्तै छ । हिउँद भरी स्थानीय तहले निर्माण गरेका अधिकांश सडक केहि दिन देखिको बर्षाले हिडी नसक्नुका भएका छन् । हिउदमा डोजर लगाएर खनीएका सडकमा पहिरो झरे पछि अहिले यातायात संचालनमा समस्या हुँन थालेको छ । अधिकांश स्थानीय तहले गाउँगाउँमा सडक पु¥याएका छन् । हिउदभर बनाईएका कतिपय सडकको अहिले नाम निशाना पनि छैन् । माईजोगमाई ५ सोयाङका भीम संजेलले भन्नु भयो ‘ धेरै बर्ष पहिरो झरेर जंगल पलाउन थालेका ठाउँमा जवरजस्ती सडक निर्माण गरिएको छ , पानी पर्न थाली सक्दा त्यस्ता सडक बगी रहेका छन् ।’ भीरपाखामा डोजर लगाएर सडक निर्माण गर्दा जमिन हल्लीएरै पहिरो जाने गरेको स्थानीय बताउछन ् ।
    स्थानीय तहले सडक निर्माण गर्दा वातावरण प्रभाव मुल्याङन समेत नगरेको पाईएको छ । जिल्लामा संचालित एकदुई वटा ठूला योजना बाहेक स्थानीय तहले सडक निर्माण गर्दा वातावरण प्रभाव मुल्याङकन नगरेको पार्ईएको हो । लगातारको बर्षाले इलाम नगरपालिका ४ को पुवाखोला भित्ते हुँदै देवकोटा जाने एकसय मिटर सडक पहिरोले बगाएको छ । यस्तै उक्त क्षेत्रको सिम्ले मलाते हुँदै स्वास्थ्य चौकी जाने सडक र धारापानी रुकमीणी सानबीरे सडक खण्ड पहिरोले बगाएको छ । पहिरोले सडक बगाए पछि उक्त क्षेत्रमा यातायत सेवा एक सातादेखि ठप्प छ । वडा नम्बर ४ का वडाध्यक्ष नुतनदेव दुलालले वातावरण प्रभाव मुल्याङन नगरी काम गर्दा समस्या भएको बताउनु भयो । वडाध्यक्ष दुलालले भन्नु भयो ‘डोजर कुदाउनु मात्र बिकास हैन रहेछ, नयाँ थियौ थाहै भएन, अव सडक बनाउदा अनिवार्य वातावरण प्रभाव मुल्याङकन् गराउछौ ।’ इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले सानातीना योजनामा वातावरण प्रभाव मुल्याङक्न गरी रहन झन्झट हुने भएकाले धेरै ठाउँमा त्यतिकै काम भएको बताउनु भयो । अधिकृत भट्टराईले भन्नु भयो‘ योजनाको डिपिआर तयार पादै वातावरण प्रभाव मुल्याङक्नको काम हुनु पर्ने हो, तर पुरानै परम्परालाई निरन्र्तता दिएको पाईएको छ ।’
    बर्षातका कारण इलामको प्रमुख ब्यापारीक केन्द्रका रुपमा रहेको माईजोगमाई गाउँपालिकाको पनि हालत उस्तै छ । फिक्कलबाट गाउँपालिकाको केन्द्र नयाँबजार सम्म पुग्ने सडकका दर्जनौ ठाउँमा पहिरो गएको छ । गाउँपालिका अध्यक्ष जीतबहादुर राईले डोजरले थर्काएका भीरबाट पहिरो झरेकाले पन्छाउने काम गरीरहेको जानकारी दिनु भयो । उक्त गाउँपालिकामा पनि धेरै योजनाको वातावरण प्रभाव मुल्याङ्न गरीएको छैन् । ‘कानुन बुझदा बुझदै र ऐन कानुन अपुरो भएकाले ध्यान दिनै पाएनौ, अध्ययन बिनाको डोजरे बिकासको दिगो भविश्य देखिएन , अध्यक्ष राईले भन्नु भयो ।’माईजोगमाई गाउँपालिकाबाट वडाकार्यालय सम्म जाने धेरै जसो सडक पहिरोको जोखीममा परेका छन् । नामसालिङ, जोगमाई , सोयाङ जाने सडकका दर्जनौ ठाउँमा पहिरो खसेको छ । सूर्योदय नगरपालिकाको लक्ष्मीपुर , माङसेबुङ्ग गाउपालिकाको अधिकांश क्षेत्र , फाकफोकथुम गाउँपालिकाको एकतप्पा , फूएतप्पा , इलाम नगरपालिकाको पुवामझुवा मिलगोलाई सडक, रोङ गाउँपालिकाको शान्तिपुर, जिर्मले क्षेत्रका सडकमा पहिरोले धेरै क्षती गरेको छ । तराई संग जोडीएको चुलाचुली गाउँपालिका र माई नगरपालिकामा सडक निर्माण गर्दा देखि नदिनालाबाट गीट्टीवालुवा निकाल्दा समेत वातावरण प्रभाव मुलयाङ्कन नगर्ने गरेको पाईएको छ । धेरै जसो स्थानीय तहका जनप्रतिनिधिले वातावरण प्रभाव मुलयाङ्कनका बिषयमा त्यति जानकारी नभएको समेत बताउने गरेका छन् । रोङ गाउँपालिकाले भने केही स्थानमा वातावरण प्रभाव मुल्याङकन गर्नु पर्ने भए पछि काम नै रोकेको छ ।
    जिल्लामा बिकास निर्माणको अनुगमनको जिम्मा पाएको जिल्ला समन्वय समितिले वातावरण प्रभाव मुल्याङकनको कामलाई मुद्धाका रुपमा आफुहरुले उठाए पनि प्रभावकारी बन्न नसकेको जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले सडक निर्माण गर्दा अथवा गीट्टी बालुवा र ढुंगा निकाल्दा अनिवार्य रुपमा वातावरण प्रभाव मुल्याङ्कन गर्नु पर्ने गरी आगामी दिनमा कडाई गरिने बताउनु भयो । ‘उहाले भन्नु भयो गर्नु पर्ने काम नगरिदिएका कारण अहिले बिकासको नाममा डोजरको बिनास ब्यहोरी रहनु परेको छ ।’
    गोरखापत्र दैनिकबाट