• पाँचथरबाट २२.३४ मेगावाट बिजुली केन्द्रीय प्रसारणमा लाइनमा थपियो

    तल्लो हेंवाबाट उत्पादित २२.३४ मेगावाट बिजुली केन्द्रीय प्रसारणमा लाइनमा थपियो

    पाँचथर साउन  तल्लो हेंवा जलविद्युत आयोजनाको काम सकिएसँगै पाँचथरबाट २२.३४ मेगावाट बिजुली केन्द्रीय प्रसारण प्रणालीमा थपिएको छ ।

    फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भएर बग्ने हेंवा खोलामा निर्माण गरिएको आयोजनाको काम सकिएसँगै गएको साउन ४ गतेबाट परीक्षण उत्पादन भइरहेको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।

    फिदिम–४ मा रहेकाे थापाटारको काबेली करिडोर सब स्टेसनबाट उत्पादन भएको विद्युत केन्द्रीय प्रसारण लाइनमा जोडिएको आयोजनाका निर्देशक दीपेन्द्र आङ्बोले बताउनुभयो । यो जल विद्युत आयोजनाबाट जेठदेखि मंसिर बीचको ६ महिनामा २२.३४ मेगावाट र मंसिर–वैशाख बीचको सुख्खा महिनामा १० देखि १२ मेगावाट विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।

    यो आयोजनाबाट प्रतिदिन उत्पादित पाँच लाख ७० हजार युनिट बिजुलीबाट २२ लाख रुपैँयासम्म आम्दानी हुने बताइएको छ । तीन अर्ब ६६ करोड रुपैयाँकाे लगानीमा सक्नेगरी निर्माण थालिएको आयोजनाको लागत ७० करोड नाघेको आयोजना प्रमुख गणेश सुब्बाले बताउनुभयो ।

    ०७४ असारमा सक्नेगरी २०७० मंसिरबाट निर्माणको थालनी गरिएको आयोजनाको काम नाकाबन्दी, भूकम्प तथा आन्तरिक विवादका कारणा बीचमा रोकिँदै काम हुँदै गर्दा लागत बढ्नुका साथै ढिलोगरी मात्र काम सकिएको बताइएको छ । उज्यालाे बाट