• जम्मु कश्मिरबाट अलगियो लद्दाख

    काठमाडौं : भारत सरकारले जम्मु(कश्मीरलाई दिइँदै आएको विशेष राज्यको दर्जा खारेज गरेको छ । संविधानको धारा ३७० र अनुच्छेद ५ खारेज गरिएसँगै जम्मु कश्मीरको विशेष अधिकार खोसिएको हो ।मोदी सरकारको सो प्रस्ताव राष्ट्रपतिबाट स्वीकृत भएलगत्तै अब जम्मु कश्मिरमाथिको शासन सीधै हिन्दूवादी दल भाजपाको सरकारल गर्नेछ ।

    कश्मिर इस्लामिक बाहुल्य क्षेत्र हो । भारत(पाकिस्तान विभाजनपछि कश्मिरको भूमि विवादित हुँदै आएको छ ।सरकारको पछिल्लो निर्णय अनुसार अब प्रसिद्ध पर्यटकीय उच्च हिमाली क्षेत्र लद्दाख जम्मु(कश्मिरबाट अलग भएको छ । अब लद्दाख र कश्मिर केन्द्र शासित अलग(अलग राज्य बन्नेछन् ।भारतीय सन्चारमाध्यमहरुले भारत स्वतन्त्रतापछि कश्मिरले दोस्रोपटक स्वतन्त्रता पाएको भन्दै अब मिसन कस्मिरमा मोदीको नीति लागु हने टिप्पणी गरेका छन् ।

    सन् १९५४ मा कश्मिरलाई भारतमा गाभ्ने क्रममा महाराराजा हरि सिंहसँग भएको सम्झौता बमोजिम भारतको संविधानमा अनुच्छेद ३७० व्यवस्था गरी बिभिन्न प्रावधान राखिएको थियो ।मोदी सरकारले संविधानको धारा ३७० हटाउने प्रस्ताव संसदमा पेश गर्नुअघि जम्मु कश्मिरका नेताहरुलाई नजरबन्द गरी सन्चार सम्पर्क समेत बिच्छेद गरेको थियो ।अनलाईन खबरबाट