• कविता: बिकास

    मातृका दाहाल,इलाम

    गोरुको गेडा
    झर्ला र खाउला भनी
    पछिपछि दुगुरिरहेछ श्यालरुपी मान्छे
    युगौदेखीज्ञ

    फेरिएको ब्यवस्थाभित्र
    आवस्यकता उही
    गति उही
    गेडा झार्न बन्दुक बोकेर
    स्यालको अघिअघि
    कुदिरहेको
    सिकारी उहि द्द

    सिकारी बन्न अभिमत दिएका
    हामी स्यालहरु भ्रममा छौ
    ड्याङ्ग पड्कन्छ
    केही थान भुत्लामात्रै झर्छ
    गन्ध त गेडाकै छ
    नाकै जोतिनेगरी सुघ्यो
    भ्रममा बाचिरहेछ घ

    पत्तै पाउदैन श्याल
    सिकारीले गोली हैन
    खोका र छररा मात्र
    हान्यो
    गोली हानेको फर्मान जारी गर्यो

    पचायो निल्यो सिङ्गै गोली आफुभित्र द्ध

    यसरी नै युगौदेखी
    चलिरहेछ नियती
    लमतन्न सपनाका
    दरिद्र खातहरु छ

    हे श्यालहरु हो
    अब त जाग
    अब त उठ
    भित्रैदेखी
    तिम्रो साम्राज्य
    तिमिले नै चुनेका सिकारीहरुले
    निलिसके
    बिलम्ब गर्दै नगर
    तिम्रा पुस्तौ स्यालहरुको
    आर्तनाद ठप्प पार्न
    अब आफै शिकार खेल

    आफै झार गेडा
    अघाउन्जी खाउ
    रमाउ

    बनाउ सम्बृद्द नेपाल !