• इलाममा रोपाइँजात्राको रौनक (फोटो फिचर) सहित….

    इलाम, ५ भदौ :अघिअघि पञ्चे वाजा, पछिपछि गोरुको अभिनय सहित जातिय भेषभुषा तथा बेहुला, बेहुलीको पहिरनमा सजिएका कलाकारहरुले वजारमा रोपाइँको अभिनय गर्दै रोपाइँजात्रा जात्रा मनाउने गरिन्छ । परापूर्वकालदेखी मनाइँदै आइएको रोपाइँजात्रा यस वर्ष पनि इलाम वजारमा निकालिएको हो । नेपाल भाषा तथा संस्कृती समाज इलामले जात्रा निकालेको हो ।


    जिल्लाको सदरमुकाम इलाम बजारमा बिहीबार हटिया परेकाले आज जात्रा मनाइएको आयोजक नेपाल भााष तथा संस्कृती समाज इलामका अध्यक्ष प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।

    गोरुको अभिनय गर्दै कलाकारहरु

    राणा शासनका समयमा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि.स १९७२ मा सुुरु गरेको रोपाइजात्रा आजकल नेपाल भाषा तथा संस्कृति समाजको अगुवाईमा निकालिन्छ । यसले जिल्लाको पर्यटन प्रवद्र्धनसँगै मौलिक संस्कृतिको संरक्षणमा समेत सहयोग र्पुयाउँदै आएको छ । नेवार समुदायमा गठेमंगले मनाएपछि चाडपर्वको आगमन हुने विश्वास रहँदै आएको छ । रोपाइँजात्रा बर्खाकै दिना निकालिने भएकाले यसलाई हिले जात्रा समेत भन्ने गरिन्छ ।

    सडकमा रोपाइँको अभिनय गर्दै कलाकार

    जात्रा यसपटक इलाम नगरपालिका पाँच बिब्ल्याँटेबाट निकालिएको हो । विगत वर्ष इलाम समरकुमामको माईस्थानबाट निकालिने गरिन्थ्यो ।

    नरसिंहा बजाउँदै कलाकार

    जात्रामा पुरुषले महिलाको पहिरन लगाएर धान रोप्ने गरिन्छ भने बाहुसे महिलाले पुरुषको भेष धारण गरेर जात्रा मनाउने गरिन्छ ।
    आजको दिन इलाम सदरमुकामबासीका लागि ठुलै चाडका रुपमा लिइन्छ । मिठामिठा परिकार बनाएर खाने, रमाइलो गर्ने समेत गरिन्छ ।