• नेकपा इलामको स्कुल विभाग र प्रचार विभागले पूर्णता पायो

    इलाम : नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी इलाम अन्तर्गत पार्टी स्कुल विभाग र प्रचार विभागको बैठक सम्पन्न भएको छ । दुवै विभागका बैठकले सदस्य थप गरि विभागलाई पूर्णता दिएको हो ।
    स्कुल विभागको मनोनीत सदस्यमा देवेन्द्र विश्वकर्मा, शोभा पराजुली, छत्र सुब्बा,नरेश तामाङ्ग,बिष्णुमाया आचार्य, पोष्टराज लामिछाने, रबिन्द्र सुवेदी, संगिता थामी, सिताराम घिमिरे र रमेश राई रहनुभएको छ ।
    बैठकले पार्टी प्रशिक्षणको बिषयवस्तु तयार गर्नको लागि पार्टी स्कुल विभागका उप–प्रमुख शिखरनाथ सापकोटाको संयोजकत्वमा गोपाल नेपाल, नरेश तामाङ्ग,पोष्टराज लामिछाने,सितारम घिमिरे सदस्य रहनुभएको ५ सदस्य कार्यदल समेत गठन गरेको छ ।
    विभागको आगामी बैठक यहि भदौ २० गते गरि सकिएकोे उप–प्रमुख शिखरनाथ सापकोटाले बताउनुभयो । बैठक जिल्ला पार्टी स्कुल विभागका प्रमुख तेजबहादुर राईको अध्यक्षता तथा जिल्ला सचिवालय सदस्य एवं कार्यालय सचिव नवराज शंकरको विशेष उपस्तिथिमा सम्पन्न भएको थियो ।
    प्रचार विभागमा ९ जना मनोनित
    नेपाल कम्युनिष्ट पार्टी इलामको प्रचार तथा प्रकाशन विभागको सदस्यमा ९ जना सदस्यमा मनोनित गरिएको छ । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख नवराज शंकरको अध्यक्षतामा सम्पन्न बैठकले प्रचार तथा प्रकाशन विभागलाई पूर्णता दिएको हो ।
    मनोनीत हुनेहरुमा सुजन तिम्सिना, सटेन्द्र जवेगु, कोकिला ढकाल, कौशिला खिम्दुङ्ग राई, ख्याम भुजेल, राजकुमार दाहाल, बुद्ध माया सोङ्मी, याम माबोहाङ र नमिन ढकाल रहेका छन् ।
    बैठकले द्वैमासिम रुपमा नेकपा जिल्ला कमिटी इलामको मुखपत्र प्रकाशन गर्ने र नेपाल कम्युनिष्ट पार्टी को वेबसाईट निर्माण तथा सञ्चालन गर्ने निर्णय गरेको छ । बैठक नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष रामबहादुर मगर र सचिव सोममाया राईको आतिथ्यतामा भएको थियो ।