• सगरमाथा टिन्स क्लवको लोगो हस्तान्तरण


    इलाम, भदौ : इलामको आदर्श माविमा रहेको सगरमाथा टिन्स क्लवको लोगो हस्तान्तरण गरिएको छ । भर्खरै गठित क्लवको लोगो प्रदेश सांसद राम रानाले क्लव इलामका अध्यक्ष विशाल योङ्हाङलाई हस्तान्तरण गर्नुभएको हो । यो लोगो जिल्लामा गठन गरिएका २२ वटै विद्यालयको लोगो भएको सगरमाथा टिन्स क्लव इलामका मुख्य प्रशिक्षक रविन्द सुवेदीले जानकारी दिनुभयो । प्रदेश एक नम्वर सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा प्रदेश नम्वर एकमा सञ्चालित कार्यक्रमले विद्यार्थीहरुलाई नैतिकवान, जिम्मेवार, कुलतमा लाग्नबाट जोगाउने खालका कार्यक्रम अञ्चालन गर्ने मुख्य प्रशिक्षक सुवेदीले वताउनुभयो ।
    कार्यक्रममा बोन्नुहुँदै प्रदेश सांसद रानाले यस कार्यक्रमले सानैदेखी बालबालिकाहरुलाई पढाईसँग सम्वन्धित रहँदै समाजसँग घुलमिल हुने खालका कार्यक्रम सञ्चालन गरिने वताउनुभयो । उहाँले सानैदेखी बालबालिकालाई नैतिकवान र जिम्मेवार बनाउन मद्धत गर्ने छ ।
    मुख्य प्रशिक्षक सुवेदीले टिन्स क्लवको औचित्य माथि प्रकाश पार्नुहुँदै यसले गर्ने काम र यसको परिचय समेत दिनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति ईलामका प्रमुख गणेश वराल, इलाम नगरपालिकाका मेयर महेस वस्नेत, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिना, प्रहरी उपरीक्षक हिरा वहादुर पाण्डे लगायतले यस्ता कार्यक्रमले बालबालिकालाई सानैदेखी सकारातमक कार्यगर्ने सद्बुद्धि प्राप्त हुने धारणा राख्नु भएको थियो । सगरमाथा टिन्स क्लवहालसम्म जिल्लाका २२ वटा विद्यालयमा गठन गरिएको छ । अव जिल्लाका कक्षा ९ देखी १२ सम्म अध्यापन हुने सवै विद्यालयमा गठन गरिने समेत वताइएको छ ।
    सोहि अवसरमा आदर्श माविमा अन्तर सदनात्मक नाटक प्रतियोगिता समेत सञ्चालन गरिएको छ । विजेता सदलाई कार्यक्रमका प्रमुख अतिथी राना लगायत कार्यक्रमका अतिथीहरुले पुरस्कार समेत वितरण गर्नुभएको थियो ।
    एक नम्वर प्रदेशले सवै जिल्लाका विद्यालयमा सगरमाथा टिन्स क्लव गठन गर्ने लक्ष लिएको छ । गठित क्लव मार्फत लोगो सवै विद्यार्थीलाई पुर्याउने लक्ष लिइएको छ ।