• यो मुलुक जनप्रतिनिधिको मात्र होइन : सांसद काजीमान कागतेले

    फिक्कल:
    प्रदेश सांसद काजीमान कागतेले यो मुलुक जनप्रतिनिधिको मात्र नभएको बताउनु भएको छ । सांसद कागतेले निर्वाचित जनप्रतिनिधि पात्र मात्र भएकाले जनता नै सर्बोपरी भएको बताउनु भएको हो ।
    सोमबार रोङ गाउँपालिकाको आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि रहनु भएका सांसद कागतेले निर्वाचित जनप्रतिनिधिले जनताको सेवक हुँ भन्ने बुझेर काम गर्नु पर्ने बताउनु भयो । उहाले जनतालाई पारदर्शी बनाउन गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुले जनता प्रति गाउँपालिका उत्तरदायी भएको बताउनु भयो । सांसद कागतेले एक समय जनप्रतिनिधिलाई बाघ हौ भन्ने लागेको बताउदै जनप्रतिनिधिले त्यस्तै ब्यहोरा देखाए आफै समाप्त हुने बताउनु भयो । उहाले सबै जनप्रतिनिधिले आफनो दायित्व सम्झेर काम गर्नु पर्ने बताउनु भयो । सांसद कागतेले समयमा प्रदेशले पैसा स्थानीय तहमा पैसा पठाउन नसक्दा गत आर्थिक बर्ष स्थानीय तहका केहि काममा ढिलाई भएको बताउनु भयो । उहाले यस आर्थिक बर्ष देखि प्रथम चौमासिकबाटै प्रदेशले स्थानीय तहलाई रकम पठाउने ब्यावस्था हुने जानकारी दिनु भयो । उहाले प्रदेश सरकारका सचिव परिवर्तन भैरहने हुँदा काममा समस्या हुने गरेको बताउनु भयो । उहाले एक प्रसङ्गमा सतीले सरापेको देशमा संघीयता फाप्दैनकि भन्ने शंका लाग्न थालेको बताउनु भयो ।
    कार्यक्रममा जिल्ला समन्वय समितिकी उप–प्रमुख चित्रकला बराईलीले रोङ गाउँपालिकाको सन्तुलीत बिकासका लागि आफहरुले प्रदेश र संघमा पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।