• ‘प्रदेश १ मा सडक दुर्घटनाबाट हुने मृत्युदर ५० प्रतिशतले घट्यो’

    नेपाल प्रहरीका प्रहरी उपरीक्षक ९एसपी० भिमबहादुर दाहाल ‘इन्भेष्टिगेटिभ अफिसर’ को रुपमा संगठनमा परिचित प्रहरी हुन् । जागिरे जिवनको आधा बढी समय अपराध अनुसन्धानको क्षेत्रमा बिताएका दाहाल धेरै पटक उत्कृष्ट प्रहरी समेत घोषित भए ।

    केन्द्रिय अनुसन्धान ब्यूरो ९सिआईबी० को जघन्य अपराध शाखामा समेत उत्कृष्ट काम गरेका अफिसर उनि तत्कालिन पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयमा बिराटनगर रहदा ‘रिजनल इन्भेष्टिगेशन टिम’ रिटको पहिलो ‘कमाण्डीङ अफिसर’ समेत हुन् ।

    ब्यूरोमा कार्यरत अघि लामो समय पूर्वमा बसेर जातिय संगठनको आतंक निस्तेज पार्ने उनि प्रदेश १ का प्राय सबै जिल्लाको अनुभव दाहालमा छ । सोही अनुभवको आधारमा दाहाल संगठनको जिम्मेवारी र निर्देशन अनुसार अहिले प्रदेश १ को ट्राफिक प्रहरी कार्यालय इटहरीको प्रमुखको रुपमा कार्यरत छन् ।

    उनि ट्राफिकको प्रदेश प्रमुख भए पश्चात ट्राफिक व्यवस्थापनमा सुधारका संकेत पनि देखिन थालेका छन् । सुधारका प्रयास निरन्तर राख्दै र सडक दुर्घटनाबाट हुने मृत्युदर रोक्ने मुख्य लक्ष्य दाहालको छ।

    उनै एसपीसँग प्रदेशको ट्राफिक व्यवस्थापनको बिषयमा अपराध न्यूजले गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।

    ट्राफिक व्यवस्थापनको अवस्था कस्तो छ प्रदेश १ मा ?

    बिगतभन्दा निकै सुधार उन्मुख छ । हामीले तथ्याङको हिसाबले हेर्ने हो भने अघिल्लो आर्थिक बर्षमा ३७४ जनाको सडक दुर्घटनाबाट मृत्यु भएको थियो । त्यो भनेको १।२ मृत्यु दर हो । यो तथ्याङ पनि अघिल्लो आर्थिक बर्ष भन्दा कमनै हो ।

    यो नयाँ आर्थिक बर्षको शुरुवाती महिनाको आजसम्मको तथ्याङले ५० प्रतिशत भन्दा बढी सडक दुर्घटना घटेको देखाउछ । अहिले ०।५ मात्रै मृत्यु दर छ । बिगतका दिनमा दैनिक १ देखि २ जनासम्मको सडक दुर्घटनामा मृत्यु हुन्थ्यो भने अहिले मासिक १६ जनाको मृत्यु भएको हाम्रो तथ्याङले देखाउछ ।

    सडक दुर्घटनाबाट मृत्यु दर घट्नुको कारण ट्राफिक प्रहरीको सकृयतानै हो । हामीले मादक पर्दाथ सेवन गरी सबारी चलाउने चालकहरुलाई पहिलो प्राथमिक्ताको आधारमा कारबाही गरिरहेका छौ । किन भने सबै भन्दा बढी दुर्घटना मापसे सेवनकै कारण देखिएको छ । अहिले मापसे गरी सबारी चलाउनेलाई कारबाही गर्ने क्रम ३ सय प्रतिशतले बढेको छ।दोस्रो कारण भनेको मानविय लापरबाही । लापरवाहीले ४३ प्रतिशत सडक दुर्घटनाको कारण ओगट्ने गरेको छ ।

    तेस्रो भनेको ‘ओभर स्पिड’ । जसले गर्दा ४० प्रतिशत सडक दुर्घटनाको कारण देखाउछ । यसमा पनि साना सबारीका साधन ठुलो सबारीमा गएर ठोक्किने घटना बढी छ । यसमा मानिसको मृत्यु तत्काल हुने अवस्था छ ।

    यी कुरामा हामीले कारबाहीको संख्या बढाउनु भनेको हामीसँग अहिले नयाँ राडर गन आएका छन् । गनको प्रयोगले तिब्र गति र लापरबाहीको कारबाहीको संख्या बढेको छ । अहिले हामीसँग प्रदेश १ मा ११ वटा राडर गन छन् । एउटा राडर गनले तिन सिफ्टमा काम गरिरहेको अवस्था छ । पहिले ४ वटा गनले ४ ठाँउमा मात्र काम गर्दथ्यो ।

    प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ७७ लाख बराबरको सामाग्री ट्राफिक प्रहरीलाई उपलब्ध गराएपछि काम गर्न धेरै सहज भएको छ। ट्राफिक व्यवस्थापनको लागी आबश्यक सामाग्री अभाव भइरहेको अवस्थामा मन्त्रालयले २० थान ब्रेथ लाईजर, ७ थान राडर गन र १ सय थान विल लक उपलब्ध गराएको थियो ।

    प्ष्त यसको रिजल्ट भनेको सबारी साधनको तिब गतिमा नियन्त्रण आएको छ । हामीले अहिले दुर्घटना बढी हुने र तिब्र गतिमा चल्ने सडक एरियामा बढी फोकस भएर टिम परिचालन गरेका छौ ।

    दिउसो हुने दुर्घटनाको अवस्थामा हाम्रो अभियानले काम गरिरहेको छ । अब रातको समयमा पनि सडक दुर्घटना रोक्न नयाँ योजना लागु गर्ने तयारीमा हामी छौ । मुख्यत मापसे सेवन, ओभर स्पिड र लापरबाही नियन्त्रण गर्न हामी गम्भीरताका साथ लागेका छौ ।

    सडकमा कस्तो लापरबाही देखिने गर्छ ?

    तपाईको सार्वजनिक सबारी साधन बस, कार भेन, सिटि सफारी जस्ता साधनहरु ओभर स्पिडमा चल्ने गर्छन । जहाँ रोक्न मन लाग्यो त्यही रोक्ने यात्रु उठाउने र हिड्ने गर्छन । अब बसकै कुरा गर्दा बस जहाँ यात्रु देख्यो त्यही रोकिन्छ । बसको यही लापरबाहीका कारण धेरै दुर्घटना भएको अवस्था छ ।

    अहिले प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको एउटा टिमले हप्ताको एउटा रुटिन बनाउछ । यस्तो लापरबाही गरी सबारी चलाउने चलाकलाई स्पटमै कारबाही गर्ने र सडकमै ट्राफिक जनचेतना दिने काम गरिरहेको छ । अहिले प्रदेश भर दैनिक ५० देखि ६० वटासम्म सडकमै जनचेतना मुलक कक्षा संञ्चालन हुनेगर्छ ।

    साथै सबारी साधनमा रहने यात्रुसँग पनि ट्राफिकले तपाई यात्रा गरिरहेको सबारीले लापरबाही गरेको छ वा छैन भनेर सोध्ने गरेका छौ । यस्तै सडकमा लापरबाही गरी सबारी चलाउने साधन देखेको खण्डमा सर्वसाधारले प्रहरीलाई जानकारी दिए ति सबारी साधनलाई ‘स्पट’ मा कारबाही गर्ने गरेका छौ । जसको लागी १०३ मा कल गर्न सक्नु हुनेछ ।

    कतिपय सबारी साधनको ढोका खुल्लै पारेर चलाउने जस्ता कार्यमा हामीले धेरै सबारीलाई कारबाही गरेका छौ । यो आर्थिक बर्षको श्रावण १ गतेदेखि भाद्रसम्म तिब्र गतिमा सबारी चलाउने १०४२ वटा सबारी साधनलाई कारबाही गरेका छौ । जसबाट ५ लाख २१ हजार राजश्व रकम संकलन भएको छ ।

    यस्तै अन्य कारबाहीमा २४८४८ वटा सबारीलाई कारबाही गरी १५ लाख ८० हजार बढी राजश्व रकम उठेको छ भने प्रदेश १ भरी १९३० पटक जनचेतना मुलक कार्यक्रम गरिसकेको अवस्था छ ।

    सिटि सफारीका कारण सडक अस्तव्यस्त भयो भन्ने गुनासो पनि छ नि ?

    हो यो अवस्था छ । सफारी र टेम्पोको संख्या अत्याधिक छ । जसले गर्दा सडकमा दुर्घटना बढ्नुमा यो पनि एउटा कारण हामीले लिएका छौ ।

    यसलाई पनि नियन्त्रण गर्न हामीले अभियान चलाएका छौ । अहिले लाईसेन्स बिना चल्ने सफारी र टेम्पो धमाधम नियन्त्रणमा लिइरहेका छौ । चालकलाई ट्राफिक कार्यालयमा ल्याएर दिनभर कक्षा लिने र लाईसेन्सको फर्म स्पटमा भर्ने अभियान चलाएका छौ । लाईसेन्स बिनाका यी सबारीलाई सडक आसपास चलाउन निषेध गरेका छौ र भित्री रुटमा चलाउन निर्देशन दिएका छौ ।

    ट्राफिक प्रहरीले गरिरहेको कामलाई भने ‘पब्लिक’ मार्फत कस्तो ‘रेस्पोन्स’ पाउनु भएको छ त ?

    स्पष्ट भन्नु पर्दा पब्लिकमा अझै पनि दुर्घटना न्यूनिकरण सम्बन्धि चेतना पुगेको छैन । जनचेतना नपुगेकै कारण माथि भनेकै झै मापसे सेवन, ओभर स्पिड र लापरबाही हुने हो ।

    उदाहरणमा भन्नु पर्दा बाईक चलाउदा हेल्मेट अनिवार्य छ । हेल्मेट लगाइन्छ तर ‘क्लिप’ लगाइदैन । क्लिप नलगाएपछि हेल्मेट लगाएको के अर्थ भो ? ट्राफिकले क्लिप लगाइ दे भन्दा क्लिव कहाँ लाग्छ भन्दा त चिउडो भन्दा तल झुण्डि रहेको हुन्छ १

    मानौ ट्राफिकले आफ्नै लागी लगाइदे भनेझै गर्नुपरेको अवस्था छ । बाईक चलाउने मान्छे त कमसेकम शिक्षितनै हुन्छ होला । तर चलाउनेलाई त्यो समान्य कुराको चेतना नभएको देख्दा उदेक लाग्छ ।

    ट्राफिकको अभियान स्वयम चालकको लागी हो भन्ने कुरा बुझिदिदैनन् । अब कारबाही गर्न खोज्यो विवाद गर्छन । यसको कारण भनेको ट्राफिक सचेतना सम्बन्धि ज्ञान हामीले तल्लो स्तरबाट उठाउन नसकेका हौ । भनेको स्कुल लेभलबाट यो कुरा हामीले पढ्न र बुझ्न पाएनौ । ट्राफिक सम्बन्धि ज्ञान स्कुलबाटै पढाइनु पर्दथ्यो । अनिवार्य बिषय बनाएर कमसेकम पाठ्य क्रममा यी बिषयमा पढाउनु पर्दछ ।

    भारत सिक्किममा हेर्नुहोस त्यहाँ कक्षा १ देखि ट्राफिक नियम सम्बन्धि ज्ञान पुस्तकमा अनिवार्य गरिएको छ । त्यहाँका बालबच्चाहरु सडकमा थुक्न वा फोहर फाल्न डराउछन् । जेब्रा क्रस कसरी गर्नुपर्छ भनेर उनिहरुसँग ज्ञान हुन्छ । भन्नुको अर्थ बच्चादेखि अनुसाशित छन उनिहरु ।

    यहाँ त कलेज लेभल पढाउने मान्छेहरु ट्राफिकसँग ‘डिस्कशन’ गरिरहेका हुन्छन् । ‘नो पारकिङ’ लेखेको वोर्ड हुन्छ त्यही लगेर निजि गाडी पार्क गर्छन । अब ‘विल लक’ लगायो ट्राफिक प्रहरीलाई कुटौला जतिको हिसाबले प्रस्तुत हुन्छन् । हाम्रो चेतनाको स्तर यस्तो छ ।

    सडक दुर्घटना बढ्नुमा सबारी साधनको संख्या दोब्बर हुनुपनि कारण हो ?

    हो । प्रदेश १ मा सडकको अवस्था हेरेर सबारी साधनको संख्या क्षमता भन्दा बढी छ । मान्छेको आबश्कता अनुसार सबारी साधनको संख्या बढ्ने हो । सडक कम सबारी साधन बढी । अब इटहरी, बिराटनगर र झापाकै कुरा गरौ । कति धेरै सबारी साधान यहाँ दैनिक गुड्छन् । सबारी साधनको संख्याकै आधारमा अब यी शहरमा ट्राफिक लाईट जडान गर्नुपर्ने अवस्था बनेको छ ।

    नयाँ अभियान केही छ ?

    हामीले सचेतनाको कुरा गरेऔ । सचेतना बढाउनकै लागी हामीले स्कुल लेभलको लागी एउटा किताब डिजाइन गरेका छौ । त्यसको डिजाइन आन्तरिक मामिला मन्त्रालय पठाएका छौ ।

    मन्त्रालयले राम्रो ‘रेस्पोन्स’ गरे प्रदेश १ भरीका प्राइभेट र सरकारी बिद्यालयमा यो पुस्तक अनिवार्य गर्ने सोचमा छौ । कक्षामा हुने अतिरिक्त कृयाकलापमा यो बिषयम समावेश गरी बिद्यार्थीलाई चेतना बढाउने काममा हाम्रो प्रयास छ ।

    अन्त्यमा

    सबारी दुर्घटनामा मृत्यु हुने मान्छेनै हो । मान्छे चेतनसिल नहुन्जेलसम्म मृत्यु दर घट्दैन । त्यसैले सडकमा ट्राफिक प्रहरीले गरेका अभियान र जनचेतनाका काम सबैका लागी हो भन्ने सोच पलाउनु पर्यो ।

    सबारी दुर्घटना न्यूनिकरणको जिम्मेबारी पनि हामी सबैको हो । जति हामी सजक हुन्छौ जति संम्वेदनशिल हुन्छौ त्यति धेरै क्षति कम हुने हो । त्यस कारण सबारी चलाउदा ‘नो ओभर स्पिड, नो मापसे, नो लापरबाही’ । अपराध न्यूजबाट साभार