• समाजबादका अवरोधहरु

    मातृका दाहाल


    लेखक

    सन्सारका अक्सर चिन्तकहरुको खोजी मान्छे र मान्छेइत्तरका सुखदुःख आदि थिए।यसै क्रममा कार्ल मार्क्सले दु:खको अन्त गर्न सक्ने सिद्धान्तको जन्म दोए त्यस्को नाम हो समाजबाद।आजसम्म मान्छेको १२ हजार बर्षको चिन्तनको/बिस्लेसणको इतिहासमा मार्क्सलाइ हामीले सम्झनुको मुख्य कारण नै उनको हालसम्मकै कुनै दर्शनले दिन नसकेको मान्छेको सुखदुःख र क्षमताको सटिक ब्याख्याको कारण नै हो र बिस्लेसणको एउटा गुइह्यता,उच्चता समाजबाद नै हो भन्ने कुरोमा दुबिधा छैन। मार्क्सले नै भने कि आजको मान्छेले आफैले सृजना गरेको दुखको दास बनेको छ र त्यसबाट सपाट सपाट मुक्तिको मार्ग पनि छ त्यो भनेको संघर्षबाट प्राप्त समाजबाद हो।मलाइ पनि लाग्छ ऐलेको राज्यबिहिन जस्तो देखिएको समाजमा समाजबादको बिकल्प मुक्तिको लागि सायदै होला।हाम्रो दिमागमा समाजबादको अमुर्त कुरा भरिदिएको छ। हामी हाम्रो पार्टी वा नेताको कसैले आलोचना गरे त्यसको सपाट तर्कद्वारा समाधान खोज्दैनौ बरु अरिङ्गाल झै जाइलाग्छौ।जुन मेरो जीवनमा पनि भर्खरै आफुलाइ कट्टर मार्क्सवादी करार गर्नेहरुसङ्ग सतहमा देखिनेगरी घटित छ। मार्क्सले नै भनेझैं आफुले आफैसङ्ग निर्मम नबनेसम्म बाकी समाजबादी कुरा बेकार छ।फेरि हामीमा कुन मार्गबाट समाजबादमा पुग्ने भन्ने पनि दुबिधा छ।समाजबाद बन्दुकको नालबाट कि सम्सदिय हस्तक्षेपबाट भन्नेमा हाम्रो अस्प्रस्टता हो।अब पहिलो मार्ग असम्भव प्राय रहेको कुरो बिगतले प्रस्ट्यायो नै!सबैलाइ खाना,नाना र छाना,रोजगारी,बैयक्तिक स्वत्व,लोकतान्त्रिक(जनबादी) अभ्यास समेत अंतर्निहित रहेको समाजबाद प्राप्त गर्न अब संविधानले समेत सुझाएको सान्तिपुर्ण सङ्क्रमणको सम्सदिय बाटो नै उम्दा ठहर्ला! फेरि मैले मेरो बिसयको पुर्बार्धमा किन मार्क्सको कुरो गरे भने यो १२ हजार बर्से चिन्तनको ऐतिहासिक क्रमिकतामा मार्क्सवादी हुने वा गैरमार्क्सवादी हुने समेतले मार्क्सवादी धोती नसमाती वा मार्क्सका कृती र सिद्धान्तलाई नजिकैबाट ननियाली दार्सनिक व्याख्या गर्न सक्ने भएका सायदै छन।सोही मेसोमा हाम्रा चिन्तकहरु मोहनबिक्रम सिंह,किरण,प्रदिप गिरी,घनश्याम भुसालसम्म सपाट लागू हुने नै भयो। यद्यपि यो लेखको मुख्य कुरो समाजबादका अवरोधहरुको उजागार गर्ने नै हो।हाम्रा नेताहरु नागपन्चमीमा नाग टासेर सर्पदम्सबाट सुरक्षा खोजे झै गर्छन।सम्बत १८२५ देखि १९०३ मा कोतपर्बबाट जङ्गबहादुरले सत्ता नहत्याउदासम्म राजाहरुले खाए,बिचमा सम्बत २००७ सम्म १०४ बर्ष राणाहरुले खाए,२०१७ सम्म राजा-काङ्ग्रेस मिलिजुली खाए,त्त्यसपछि ०४६ को आन्दोलन सफल नहुन्जेलसम्म ३० बर्ष पन्चायतले खाए,त्यसलगत्तै बहुदलिय ब्यवस्थामा काङ्ग्रेस एमाले र केही पुर्बपन्चहरु समेतले खानगीमा साझेदारी गरे अब हामीले खाने हो भन्ने मानसिकताले व्यबहार गरेझै गर्दछ्न वास्तबमा यो आत्मकेन्दृत सोच र तदनुरुपको व्यवहार नै समाजबादमा सङ्क्रमणको मुख्य अवरोध हो। दोस्रो,यो देशमा सस्थागत,नितीगत र ब्यक्तिगत मनोवृत्तिगत रुपमा बड्दै गएको भ्रष्टाचारको अवस्था हेर्नुस,भ्रष्टाचारमा शून्य सहनशीलताको सरकारी उद्घोस साधु बिरालोको मिथकजस्तै बनेको प्रतीत हुन्छ।भ्रष्टाचारमा शून्य सहनशीलताकै कारण आएको चीनिया सफलता हेरेर पनि हाम्रा नेताहरुमा चेत आउनपर्ने हो तर कतै अल्झिरहेकै भान हुन्छ।यहाँ सबका सब बेइमान बन्ने अवसर नपाएर इमानदार बनिरहेको छन जस्तो देखिन्छ भ्रष्टाचारको सवालमा समेत। तेस्रो अवरोध मत्स्य न्यायको अवस्था हो,दन्डहिनताको अवस्था हो।निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण र सोपछिका कैयन प्रतिनिधि घटनाहरुबाटै बुझ्न सकिन्छ हाम्रो न्याय सम्पादनको स्थिति कस्तो छ?स्याललाइ कुटेर बाघ करार गराउने ध्याउन्नमा अक्सर सुरक्षा र अनुसन्धान सम्यन्त्र अक्सर मुद्दामा लागेको देख्दा स्थिती निरासाजनक देखिन्छ।यसलाइ उर्ध्व रुपमा फेर्न नसक्नु र दन्डहिनतालाइ न्यूनीकरण गर्न नसक्नु अर्को समस्या हो। चौथो र महत्वपूर्ण कुरो हाम्रो शासकीय स्वरुपमा छ।जनउत्तरदायी री- कलको ब्यवस्था सहितको स्वरूप हाम्रोमा छैन,त्यसका लागि प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख र उसको नेतृत्वमा बिज्ञहरु सम्मीलित कार्यपालिकाको गठन प्रमुख हो।साथै सम्सदलाइ भने पुर्ण समानुपातिक बनाउन जरुरी छ,जस्ले अहिलेको जस्तो केही करोड लगानी नगरी साम्सद बन्नै नसकिने परिस्थितिलाई निस्तेज पार्नेछ ।फेरि सम्सद सदस्य भैसकेपछी लगानी नउठाइ नहुने बाध्यकारी हर्कतको समेत अन्त्य हुनेछ।समानुपातिक साम्सदको पनि पार्टीभित्र भने लोकतान्त्रिक बिधिबाट निर्बाचित गर्न जरुरी छ जस्ले ऐलेको जस्तो सौदाबाजी गरि समानुपातिकको सिट बिक्री गर्ने प्रणाली अन्त्य हुनेछ।उपरोक्त ब्यवस्थापन नहुनु पनि समाजबादमा सङक्रमणमा अर्को महत्वपुर्ण समस्या हो। अन्तमा हामी सबै मिलेर समाजबादको आधारहरू स्प्रस्ट पार्न जरुरी छ।हाम्रा चिन्तनगत ढाचालाइ फेर्नतिर ऐलेदेखी नै सोचौं ।पार्टीभित्रको लोकतन्त्रलाई बलियो बनाउ,हाम्रा आफ्ना भनिएका सिद्धान्त र ब्यवहारहरुको निर्मम ढङ्गले बिधिसम्मत पुनरावलोकन गर्ने र आवश्यक परिमार्जनको हिम्मत गरौ।राजनीतिकर्मीहरुले आफुलाइ सेवकको रुपमा ढालौ,राज्यको तर्फबाट लोकपि्रय मतमा आधारित रहेर दलहरुलाइ आर्थिक अनुदानको ब्यवस्था गरौं त्यसपछि पार्टी र तिनका नेताको समेत श्रोत नखुलेको आम्दानीमा राज्यले निगरानी र छानबिन गर्न सक्छ।मुख्य कुरो सम्बत २०४६ को परिबर्तनपछिका सबै राजनीतिक नेता,उच्च पदस्थ कर्मचारीहरु सबैको सम्पत्ति छानबिन गरौं ,अबैध सम्पत्ति आर्जन गर्ने शक्तिसालीहरु समेतलाई कानुनी कारबाही गरौं ,त्यसपछी अबैध सम्पत्ति रास्टृयकरण गरौं।जनउत्तरदायी लोकपालको ढाचा बिकास गरौं ,यसो नगर्दा हामी समाजबादमा सङ्क्रमण नै गर्न सक्दैनौं।यी सबै नगर्नु समाजबादको अर्को अवरोध ठहर्ला!बेलैमा चेतना भया!!!