• घट्यो कृषिजन्य बस्तुको निर्यात, बिलासिताका बस्तुको आयात बढदै


    नमीन ढकाल,इलाम:

    सरकारी अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि उपजको अन्तराष्ट्रिय बजार खस्कदै गएको छ । नेपालबाट निर्यात हुने कृषिजन्य उत्पादन अलैची अदुवा, चिया लगायतका बस्तुहरुको निर्यात ओरालो लाग्दै गएको हो । व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको गत आर्थिक बर्षको तथ्यांक अनुसार नेपालको कुल निर्यात २।०७ प्रतिशतले बढेपनि कृषिजन्य बस्तुको निर्यातमा भने ह्रास आएको छ । नेपालबाट सवैभन्द बढी निर्यात हुने अदुवा आर्थिक बर्ष २०७४÷७५ को तुलनामा सवैभन्दा बढी आरोलो लागेको छ ।
    आर्थिक बर्ष २०७४÷७५ मा नेपालबाट ७७ करोड २४ लाख ६५ हजार मुल्य बराबरको २ करोड ३१ लाख २२ हजार ५ सय ९३ केजी अदुवा निर्यात भएकोमा गत आर्थिक बर्षमा घटेर ५१ करोड २२ लाख ९६ हजार मुल्य बराबरको १ करोड ४९ लाख १९ हजार १ सय ९५ केजीमात्र निर्यात भयो । जुन ३३।६८ प्रतिशतले कमी हुन आउँछ । नेपाली अदुवाको मुख्य बजार भारत हो । किसानले अघिल्लो आर्थिक बर्षको तुलनामा अदुवाबाट दोव्वर आम्दानी लिएपनि अन्तराष्ट्रिय बजार भने पाउन सकेन् । अन्तराष्ट्रिय जगतमै अदुवाजन्य उत्पादनको माग बढ्न थालेपछि भारतले पछिल्ला वर्षमा अदुवा उत्पादनलाई जोड दिँदै किसानलाई अनुदान दिन थालेपछि भारतमै अदुवा उत्पादन बढेकाले नेपाली अदुवा निकासी घटेको हो ।
    ‘खोल्साको सुन’ नामले परिचित अलैची निकासी पनि ११।७ प्रतिशतले कमी आएकोछ । आर्थिक बर्ष ०७४÷७५ मा ५४ लाख २ हजार ११ किलो अलैँची निर्यात हुँदा ४ अर्ब ८४ करोड ९१ लाख रुपैयाँ नेपाल भित्रिएको थियो । आर्थिक बर्ष ०७५÷७६ मा ५२ लाख ४० हजार ३ सय २९ केजीमात्र निर्यात हुँदा अघिल्लो आर्थिक बर्षको तुलनामा ५६ करोड ४९ लाख करोड ५६ हजार रुपैया कम नेपाल भित्रिएको हो । अलैचीमा रोगका कारण गुणस्तर खस्किदै गएपछि निर्यातमा पनि कमी आएको हो ।
    नेपालबाट कुल निर्यातमा ३।३ प्रतिशत हिस्सा रहेको चियाको निकासीमा गत आर्थिक बर्षमा ६ लाख ४० हजार ७ सय ४८ केजी कम भयो । २०७४÷७५ मा चिया क्षेत्रबाट ३ अर्ब २५ करोड १६ लाख ८६ हजार रुपैयाँ आम्दानी भएको थियो । जसका लागी १ करोड ५६ लाख ८४ हजार ५४४ केजी तयारी चिया निर्यात भएको थियो । तर गत आर्थिक बर्षमा निर्यात घटेर १ करोड ५० लाख ४३ हजार ७ सय ६९ केजीमा आइपुग्दा ३ अर्ब २० करोड ३९ लाख ८ हजार रुपैयाँ आम्दानी भएको तथ्यांकमा उल्लेख गरिएको छ  । नेपालमा चिया उद्योगको संख्या थपिदै गएपनि भारत तर्फ निर्यातमा विभिन्न कानुनी प्रक्रियाका कारण गुणस्तरमा ह्रास आउने गरेको छ ।
    गुणस्तर परिक्षणका लागी भारतको कोलकता पठाएर रिर्पोट आउन एक साता भन्दा लामो समय लाग्ने भएकाले चिया बजारमा पुग्दा गुणस्तरमा कमी आएको व्यवसायीहरुको गुनासो छ । सरकारले चियासम्बन्धी स्पष्ट सरकारले प्राङ्गरिक चिया प्रवद्र्धन गर्न नसक्नु र चिया किसान–श्रमिकलाई प्रोत्साहित गर्न नसक्नाले पनि समस्या भोग्नुपरेको परेको व्यवसायीहरुको भनाई छ । बर्षेनी चिया उद्योग थपिदै गएपनि चिया रोपणमा किसानहरुलाई प्रोत्साहन नहुँदा उद्योगले क्षमता अनुसार प्रशोधन गर्न पाएका छैनन् ।
    बिलासिताका बस्तुको आयात बढदै
    यता नेपालले आयात गर्ने बस्तुहरुको परिमाणमा भने बर्षेनी बढ्दै गएको छ । अघिल्लो बर्ष १२ खर्व ४५ अर्व १९ करोड २ लाख ४७ हजार मुल्य बराबरको आयात भएकोमा गत आर्थिक बर्षमा १३।९ प्रतिशतले बृद्धि भइ १४ खर्व १८ अर्ब ५५ करोड ९४ लाख ३१ हजार रुपैया पुगेको छ । नेपालमा सवैभन्दा बढी परिमाणमा पेट्रोलिय पर्दाथ र आइरन तथा स्टिलका बस्तुहरु खरिद हुँदै आएका छन् । कुल आयातको १५।२६ प्रतिशत पेट्रोलियम पर्दाथले ओगटदा स्टिलका बस्तुहरुले ११।६४ प्रतिशत ओगटेका छन् ।
    आर्थिक बर्ष २०७४÷७५ मा नेपालले कुल १ खर्व ७२ अर्ब ८८ करोड ४९ लाख २४ हजार मुल्य बराबरको पेट्रोलियम पर्दाथ खरिद गर्दा गत आर्थिक बर्षमा २५।२ प्रतिशतले बृद्धि भइ २ खर्ब १६ अर्ब ४२ करोड ९२ लाख ९४ हजार रुपैया बराबरको खरिद गरेको व्यपार तथा निकासी प्रर्वद्धन केन्द्रको तथ्यांकले देखाएको छ । नेपालले अन्य मुलुकबाट सुन, चाँदी, मोवाइल, इलेक्ट्रोनिक सामाग्रीहरु बढी मात्रामा खरिद गर्दै आएको छ ।
    भारतिय बजारले टिकेको नेपाली अर्थतन्त्र
    नेपाली उत्पादन भारत परस्त रहेको छ । अधिकाँश उत्पादन भारतिय बजारले टिकेको छन् । तर गत आर्थिक बर्षमा भारत तर्फ ६२ अर्ब ७३ करोड रुपैयामा बराबरको निकासी भएकोमा ९ खर्ब १७ अर्ब ९५ करोड रुपैयाको आयात भएको देखिन्छ । अघिल्लो आर्थिक बर्षमा ४६ अर्ब ६६ करोड बराबरको नियार्त गर्दा ८ खर्ब १२ अर्ब ५५ करोड बराबरको आयत गरिएको थियो । निर्यातको दोश्रो स्थानमा अमेरिका रहँदा आयातमा चीन रहेको छ । गत आर्थिक बर्षमा १० अर्ब ८५ करोड रुपैया बराबरको नेपाली बस्तु अमेरिका निर्यात भएको थियो । यो परिमाण आर्थिक बर्ष २०७४÷७५ मा ९ अर्ब १७ करोड बराबर रहेको थियो ।
    चीनबाट आर्थिक बर्ष २०७४÷७५ मा १ खर्ब ५९ अर्ब ९८ करोड रुपैयाको आयात गरिएकोमा गत आर्थिक बर्षमा ३४।३ प्रतिशतले बृद्धि भई २ खर्ब १४ अर्ब ८० करोड रुपैया पुगेको छ । नेपालमा उत्पादित सामाग्रीको निकासी प्रवद्र्धनको जिम्मेवारी पाएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुएस खनालले भारतमा यी वस्तुको उत्पादन वृद्धि भएकाले निर्यातमा कमी आएको बताए । ‘हाम्रो देशबाट भारत निकासी गर्ने भनेको कृषिजन्य उत्पादन मात्र हो ’ निर्देशक खनालले भने ‘भारतमा नै उत्पादन बढेपछि नेपाली वस्तुको भाउ कम हुनुको साथै निर्यात पनि घटेको हो ।’ खनालले नेपाली उत्पादनको बजारिकरणको लागी तेश्रो मुलुकको बजार खोज्नुपर्ने आवश्यकता रहेको बताए ।