• झापाका नितेश ओली ताप्लेजुङको पाथीभरा सम्म पैदलयात्रामा

    इलाम:
    झापा हल्दिबारीका नितेश ओली(नवराज )ले ताप्लेजुमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा शुरु गरेर इलाम आईपुगेका छन् ।
    हल्दिबारी गाउँपालिका–१ का २० वर्षीय नितेश ओलीले विर्तामोडबाट २ सय ८३ किलोमिटरको दूरीमा रहेको पाथीभरा देवीको दर्शन गर्न बुधबारबाट यात्रा शुरु गरेर शुक्रबार इलाम बजारबाट पाँचथर तर्फ लागेका छन ।
    सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गरी पाथीभारा देवीको दर्शन गर्न पैदलयात्रा शुरु गरेको बताउनु भयो । एक साताभित्रमा हिँडेरै देवीको दर्शन गर्न पुग्ने लक्ष्य लिएका ओलीले गत वर्ष पनि पैदलयात्राद्वारा नै देवीको दर्शन गनु भएको थियो । उहाले गत वर्ष विर्तामोडबाट पाथीभरासम्म पुग्न सात दिन र फर्कन छ दिनको लागेको बताउनु भयो । शुक्रबार इलाम बजारमा इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेत , होटल ब्यवसायी संघका अध्यक्ष देवी पौडेल लगायतले शुभकामना दिनु भएको थियो । केहि दिन अघि मात्र दुवईबाट फर्कनु भएका ओली इलामबाट संचालित एबीसी नेपाली डटकम अनलाईनका दुवै संयोजकको रुपमा रहनु भएको छ । उहाको सफल यात्राका लागि एबीसी परिवार शुभकामना ब्यक्त गर्दछ ।