• इलामको मरब क्याम्पस प्रमुखलाई राजीनामा गर्न राजनीतिक दबाब

    इलाम: इलाममा रहेको त्रिभुवन विश्वविद्यालयअन्तर्गतको एकमात्र आङ्गिक क्याम्पस देशकै उत्कृष्ट क्याम्पसको रूपमा घोषित महेन्द्र रत्न बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामप्रसाद गुरागाईले तीनचार दिनयता मोबाइल फोन घरमै छाडेर क्याम्पस जाने गरेका छन् । मोबाइलमा आएको कल रिसिभ हुँदैन । क्याम्पसबाट आएर हेर्दा चिनेको वा जिल्लाबाहिरबाट आएको कल रहेछ भने आपैmँ ब्याक कल गर्ने गर्छन् । अरु कलमा वास्ता गर्दैनन् ।
    उनले मोबाइल नबोक्नुको रहस्य छ । चार दिनअघि क्याम्पस प्रमुखबाट राजीनामा दिनुपर्ने जस्ता दबाब र धम्की दिँदै पटकपटक मोबाइलमा विभिन्न ब्यक्तिहरूले कल गरेपछि क्याम्पस प्रमुख गुरागाईले अन्य कल पनि यस्तै आउने होलान् भनेर मोबाइल घरमै छोड्ने गरेका हुन् । ‘दुई चार जनाले फोन गर्नुभयो, राजीनामा गर्नुपर्ने भन्ने कुराहरू आएकाले अरु पनि त्यस्तै कल होलान् भनेर मैले फोन उठाउन नै छाडिदिएको हुँ’, प्रमुख गुरागाईले भने ।
    पहिले सशस्त्र द्वन्द्वताका अरु नै सन्दर्भमा भएपनि त्यस्ता फोनहरू आउने गरेको, धम्क्याउने गरेको सम्झिएर आपूmले फोन रिसिभ नगरेको उनको भनाई थियो । उनको भनाईबाट नै प्रष्ट हुन्थ्यो कि उनलाई क्याम्पस प्रमुखबाट राजीनामा गर्न निकै ठूलो दबाब छ ।
    कसले फोन गरेर दबाब दियो भन्ने सिधै भन्न नचाहे पनि क्याम्पस प्रमुख गुरागाईले बताएका विभिन्न सन्दर्भलाई नियाल्दा राजनीतिक दलका जिल्लास्तरीय नेताबाट नै यो भइरहेको बुझिन्थ्यो । गुरागाईले नै आस्था राख्दै आएको नेपाल कम्युनिष्ट पार्टीकै नेताहरूले उनीमाथि दबाब गरिरहेका हुन् ।
    त्रिभुवन विश्वविद्यालयबाट ज्येष्ठताका आधार २०७४ कात्तिकमा क्याम्पस प्रमुखमा नियुक्त गुरागाईलाई त्रिविकै कुनै अर्को निर्णय वा त्रिविबाटै कुनै अभियोग वा उनकै राजीनामाबाहेक नियुक्ति मितिको चार वर्षसम्म कसैले हल्लाउन मिल्दैन । कुनै आधार नभएपछि उनलाई ब्यक्तिगत मनोवैज्ञानिक रुपमै कमजोर बनाएर राजीनामा गर्न बाध्य पार्ने प्रपञ्चमा नेकपाका कतिपय नेताहरू लागेको देखिन्छ ।
    उनीमाथि आपैmँले आस्था राखेको दलका नेता खनिनुमा उनको दोष भने देखिँदैन । बरु कतिपय गैरकानुनी काम गर्नुपर्ने दबाब दिँदा पनि नगरेर क्याम्पसलाई स्वच्छ प्राज्ञिक थलो बनाउने पहल गर्दा स्वार्थ पूरा नभएपछि नेताहरूले रिस पोखेको स्पष्ट बुभ्mन सकिन्छ ।
    क्याप्र गुरागाईलाई राजीनामा गर्न बाध्य पार्नका लागि मौखिक दबाब मात्र दिइएको छैन, क्याम्पसमै विद्यार्थी र कर्मचारी अनि शिक्षकहरूसम्म प्रयोग गरेर विभिन्न बहानामा आन्दोलनसम्म गराइने गरेको पाइएको छ । गएको चैतमा क्याम्पसमा रहेका नेकपाकै भातृ संगठनहरू अखिल ९क्रन्तिकारी० र अनेरास्ववियूले क्याम्पस प्रशासनबिरुद्धमा आन्दोलन नै गरे । उनीहरूले राखेका मागहरूमध्ये सातवटा मागहरू पूरा गरिदिँदासम्म पनि आन्दोलन रोकिएन ।
    जब क्याम्पस प्रमुख माथि नै प्रहार गर्न खोजिँदैछ भन्ने विद्यार्थीहरूले थाहा पाए त्यसपछि मात्र आन्दोलनलाई स्थगित गरेर चुप लागिएको केही विद्यार्थी नेताहरूले बताए । नाम बताउन नचाहने शर्तमा अनेरास्ववियुका एक जिल्लास्तरीय नेताले भने, ‘आन्दोलन त आवश्यकताअनुसार नै थियो । तर क्याम्पस प्रमुखलाई राजीनामा गराउने नै तार्गेट देखेपछि त्यसलाई राम्रो नमानेर हामीले आन्दोलन रोकेका हौँ ।’
    विद्यार्थीले राखेका मागमध्ये शौचालय सरसफाई हुनुपर्ने, पानीको ब्यवस्थापन गरिनुपर्ने, खानेपानी हुनुपर्ने जस्ता मागहरू पूरा भइसकेका विद्यार्थी नेताहरूको भनाई छ । बागबानी संकायमा विद्यार्थीको चापका कारण हुने गरेको समस्या समाधान भएको छ । छात्रबृत्ति संख्याको आधार तत्काल दिइनुपर्ने, हरित गृह भवन तत्काल निर्माण गरिनु पर्ने, स्नातकोत्तरमा शुल्क निर्धारण गर्दा अनावश्यक मसलन्द खर्च हटाइ यो शुल्क त्रि।वि। नियमअनुरुप न्यनतम् गरिनुपर्ने, स्नात्तकोतरको विषयमा प्राध्यापकहरूले उठाएको त्रि।वि।नियमअनुसारको सम्पुर्ण विषयलाई छलफल गराई सम्बोधन गरी पठन–पाठनको व्यवस्थापन गरिनु पर्ने, रस्नातकोत्तरका विद्यार्थीहरूको माग बमोजिम अध्ययन शुल्कलाई दुई किस्तामा तिर्ने वातावरण तयार गरिनु पर्ने विद्यार्थीका माग पूरा भइसकेको विद्यार्थीले नै स्वीकार गरिसकेका छन् ।
    क्याम्पसका कर्मचारी पनि आठ महिनाअघिदेखि आन्दोलनरत छन् । त्रिविले ब्यवस्था गरेको कर्मचारीको सेवासुविधाबाहेक निरन्तर थप सेवासुविधा पाइरहनुपर्ने बाहेक उनीहरूको ठोस माग खासै छैन । २०७५ पुष २२ मा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको मरब क्याम्पस इकाई समितिले क्याम्पस प्रमुखलाई दिएको मागपत्रको पहिलो नम्बरमै सञ्चित घरविदाबापत रकम उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
    १४ बुँदे कर्मचारी संघको मागपत्रमा आठ वटा बुँदामा विभिन्न खालका भत्ता तथा सेवासुविधा बढाउनुपर्ने नै माग छ । अरु माग पनि क्याम्पसको संस्थागत, भौतिक, पूर्वाधार, शैक्षिक विकास भन्दा पनि कर्मचारीकै भलाईमा निहीत छ । संघका एकाई अध्यक्ष डबलसिंह बलम्पाकी मगरले पनि आप्mनो प्रमुख माग भत्ता बढाउनुपर्ने नै रहेको स्वीकारेका छन् । उनले सन्दकपुर दैनिकसँग भने, ‘हाम्रो प्रमुख माग भनेको स्वायत्ततामा आइसकेको आङ्गिक क्याम्पसको अनुभूति हुनेगरि कर्मचारीलाई सेवा सुविधा थपियोस् भन्ने हो ।’
    त्रिविले ब्यवस्था गरेका सबै सेवा सुविधा पाइआएका मरब क्याम्पसका कर्मचारीले माग गरेको थप सेवा सुविधा उपलब्ध गराउनका लागि क्याम्पसको आम्दानी पर्याप्त हुनुपर्छ । आम्दानीले नपुग्ने अवस्थामा त्यस्तो सेवासुविधा दिन क्याम्पस बाध्य हुँदैन । क्याम्पस प्रमुख गुरागाईले आपूmले कर्मचारीको मागअनुसारको सेवा सुविधा बृद्धि गर्न नसक्ने बताएका छन् । त्यो गैर कानुनी भएको उनको भनाई छ ।
    गएको जेठ महिनाअघि शनिबार पनि नियमित कार्यालयमा आउने र हाजिर भए पनि नभए पनि सो दिनको छुट्टै भत्ता थाप्ने गर्दै आएका कर्मचारी जेठमा क्याम्पस प्रमुख गुरागाईले शनिबारको छुट्टै सुविधा उपलब्ध नगराउने निर्णय लिएपछि थप राँकिएका हुन् । त्यसपछि बसेको छलफलमा प्रमुख गुरागाईले आपूmले यो सुविधा उपलब्ध गराउन नसक्ने बताएपछि कर्मचारी र प्रमुखबीचमा चर्काचर्की नै भएको थियो । संघले त्यसबारेमा गत साउन ३१ गते बिज्ञप्ति नै निकालेर क्याम्पस प्रमुखले आत्माआलोचना गर्नुपर्ने माग राखेको छ ।
    कर्मचारी र विद्यार्थीको माग मात्र होइन, प्रमुख गुरागाईलाई नेताले चाहेअनुसारको नियुक्ति नगरेका कारणले पनि नेताहरूले राजीनामा दिनुपर्ने अडान राख्न थालेका हुन् । स्वार्थ पूरा गर्न नसकेका नेताहरूले कर्मचारी र विद्यार्थी प्रयोग गरेको घटनाक्रमबाट देखिन्छ ।
    क्याम्पस सञ्चालक समितिको सदस्य समेत रहेकी टीकादेवी घिमिरेको छोरा विपिन घिमिरेलाई क्याम्पसमा करार नियुक्ति नगरिएकोले क्याम्पस प्रमुखको राजीनामा माग्नेसम्मको घटना घटेको हो । इलाम क्याम्पसमा पढाई भइरहेका विषय नै अध्ययन नगरेका विपिनलाई कसै गर्दा पनि नियुक्ति दिन नसकिने क्याम्पस प्रमुख गुरागाइको अडानपछि नेताहरूको पारो चडेको हो ।
    विपिन इकोलोजी एण्ड इन्भारोमेण्टल साइन्समा स्नातकोत्तर हुन् । इलाममा पढाइ भइरहेको बागवानी सङ्कायमा एमएसीएजी कन्जर्भेसन इकोलोजीले मात्र पढाउन मिल्ने सहायक क्याम्पस प्रमुख योगेन्द्रमान श्रेष्ठले सन्दकपुर दैनिकलाई बताए । उनका अनुसार सम्बन्धित विषयबाहेकका शिक्षक नराख्न कृषि पशु विज्ञान प्रयोगशालाबाट पत्राचार भएको छ । तर कुनै विषय नै नमिल्ने अध्ययन गरेका विपिनलाई क्याम्पसले विषय करारमा भने काम गर्न दिएको छ ।
    विषय नमिले पनि एउटा निर्णय लिएर विपिनलाई करार नियुक्ति दिइहाल्नुपर्ने प्रस्ताव नेताहरूले गरेपनि क्याम्पस प्रमुखले नमानेपछि उनीमाथि नेताहरू आइलागेका हुन् । प्रमुखले आपूmलाई राजीनामाको दबाब दिने ब्यक्तिको नाम नलिए पनि विपिनकै केसले यहाँसम्म भएको हुनसक्ने धारणा राखे । ‘विपिनको विषयमा निकैपटक कुरा भएको हो, मैले त्यो गैरकानुनी काम गर्न सकिन । उनको पढाई यहाँ पढाई हुनै कुनै संकायसँग मिल्दै मिल्दैन । के गर्नु र ?’, उनले भने ।
    पृष्ठभूमिमा यिनै विषयले चर्चा पाइरहेका बेला क्याम्पस प्रमुख गुरागाईलाई नेकपाको जिल्ला कार्यालयमै बोलाएर पनि नेताहरूले सोधपुछ गरेका थिए । गएको हप्ता गुरागाईलाई बोलाएर केही नेताहरूले क्याम्पस कसरी चलिरहेको छ भन्ने जिज्ञासा राखेका थिए । उनले आपूmले गरेका कुराहरू बताइसकेपछि सञ्चालक समितिका अध्यक्षमार्पmत आपूmहरूका कुरा राख्ने बताएर पठाएको बताए । त्यसपछि राजीनामा दिनुपर्ने दबाब आउन थालेको उनको भनाई छ ।

    सन्दकपुर अनलाईनबाट साभार