• इलाममा निजि क्षेत्रवाट विशेषज्ञ सेवा सहित अस्पताल संचालन हुँने

    फिक्कल :
    इलाम बजारमा विशेषज्ञहरूको सेवा सहित निजि क्षेत्रवाट अस्पताल संचालन गर्ने कार्यको थालनी भएको छ । इलामका युवा ब्यवसायी प्रकाश चापाँगाईको पहलमा आज सरोकारवाला संग छलफल गरी दर्ताका लागि पहल शुरु गर्ने तयारी थालेको हो ।
    चापाँगाई सहित केहि चिकित्सक सहितको टोलीले केहि समय अघिबाट निजी क्षेत्रबाट इलाममा सुविधा सम्पन्न अस्पताल संचालनका लागि पहल गर्दै आएको थियो । इलाममा भएको छलफलमा इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले इलामममा सुविधा सम्पन्न अस्पतालको आवश्यक्ता भएकाले उक्त प्रसासलाई नगरले सक्दो सहयोग गर्ने बताउनु भयो । अस्पतालका प्रवन्ध संचालक चापाँगाईले आजको छलफलमा सरकारी निकायबाट दर्ता प्रक्रिया लगायतका कार्यमा सरकारी निकायबाट सहयोग गर्ने प्रतिवद्धता पाएकाले अव चाडै काम थालिने जानकारी दिनु भयो । उहाले आजैका मितिबाट दर्ताको काम समेत शुरु गरेको जानकारी दिनु भयो । चापाँगाईका अनुसार कुल लगातको ६० प्रतिशत चिकित्सकबाट लगानी हुँने र अन्य ४० प्रतिशत लगानी स्थानीयबाट लगानी गर्ने जानकारी दिनु भयो । इलाम एपोलो हस्पिटल एण्ड ट्रमा सेन्टरका नाम बाट संचालन गरिने उक्त अस्पताल आगामी फागुन महिनाबाट शुरु गरिने ब्यवस्थापन पक्षले एबीसी नेपालीलाई जानकारी दिएको छ । अस्पताल संचालनका लागि जिल्ला समन्वय समितिको भवन लिजमा लिने समेत चापाँगाईले जानकारी दिनु भयो । प्रवन्ध संचालन चापाँगाईले स्थानीयलाई लगानी गर्न समेत आग्रह गर्नु भएको छ । छलफल कार्यक्रममा इलामका राजनीतिक दल लगायतको सहभागीता रहेको थियो ।
    इलाममा जिल्ला अस्पतालमा सामान्य भन्दा सामान्य उपचारमा पनि समस्या हुँदै आएको छ । दरवन्दी अनुसारका चिकित्सक नबस्ने कारणले इलाम जिल्ला अस्पताल लामो समय देखि रिफर सेन्टरका रुपमा मात्र रहेको छ । उक्त अस्पताल संचालन हुँदा पनि चिकित्सक बस्छन भन्ने पूर्ण ग्यारेन्टी भने नभएको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउछन । यदि बिशेषज्ञ सहितका चिकित्सक इलामममा बस्ने हो भने इलाम पाँचथर र ताप्लेजुङका बिरामीले झापाका मंहगा र गर्मीका अस्पताल धाउनु पर्दैन । इलाममा निजी क्षेत्रबाट यदि बिशेषज्ञ सहितका चिकित्सक सहितको अस्पताल खुल्ने चर्चा संगै सामाजिक संजालमा राम्रो कार्य भन्दै धेरै सरोकारवालाले ब्यवस्थित रुपमा अस्पताल संचालन गर्न सुझाव समेत दिएका छन् ।