• लखपति गोठालो !


    टीका खतिवडा

    इलाम-उनको काम गार्ईबस्तु स्याहार्नु हो । त्यसैले कर्मको आधारमा असली गोठालो हुन् उनी । लेकाली क्षेत्रमा बस्ने उनको लवाइ पनि सामान्य नै छ । तर, नेपाली यी गोठालोले भारतको दार्जिलिङमा समेत सम्पत्ति(घर) जोडिसकेका छन् । साथै उनका दुईवटा गाडीसमेत छ । 
    इलामको पुवामझुवामा जन्मिएका जगतबहादुर रार्ईलाई धेरैले इलामे रार्ईको भनेर चिन्छन् । सूर्योदय नगरपालिका–१ स्थित लामिधुरामा उनको स्थायी बसोबास छ । घरमा दुःख भएपछि करिब १० वर्षकै उमेरदेखि अर्काको घरमा गोठालो बसेका रार्ई बिभिन्न ठाउँमा अर्काको काम गर्दा गर्दै २०५३ सालबाट मात्र स्थायीरूपमा बसोबास गर्न थालेका छन् । लेकमा गार्ईपालन गरेर नै उनी लखपती बनेका हुन् । इलामे इलम, दुःख र संघर्षले सफल भएका हुन् ।
    “घरमा दुख थियो, खान लाउन पनि पुग्दैनथ्यो । बाउले आलु बेपार ग-थ्ये, तर १० रूपयाँमा किनेको आलु ८ रूपयाँमा बेच्थेँ,”राईले भने । भारतसँगको सीमा मानेभन्ज्याङबाट प्रतिमन १० रूपयाँका खरिद गरेको आलु इलामको चुरेघाँटीमा ८ रूपयाँका बिक्रीगर्नु परेपछि तनाव वढेको उनको भनाई छ । “आफू त सानै थिएँ बाउलाई यसो नगरौँ भन्दा मानेन् अनी घर छोडेर हिडेँ,”रार्ईले हाँस्दै भने । 
    घर छोडेपछि इलामको सुम्बेकमा पुगेका उनले वर्षको ६० रुपैयाँ पाउने गरी अर्काको घरमा गोठालो गरे । गार्ईवस्तु दुहिसकेपछि थला भकारा सोहोर्नु, घाँस काटेर ल्याउनु गर्दै उनको बिहानको कार्य सुरु हुन्थ्यो । दिउशो पनि मेलाको काम, बेलुका पुन गार्ई धन्दा नै गर्नु पर्ने राईले स्मरण गरे । जुन बेला आफु १२, १३ वर्षको मात्र भएको उनले वताए । ऐलेका बालबच्चालाई तुलना गर्दै राईले सो बेला आफ्नो मेहनत र दुखका दिन सम्झिए । 
    करिव दुईवर्ष त्यहाँ बसेपछि पुन इलामको जस्विरे भन्ने ठाउँमा सरे । त्यहाँ वर्षको १६० रूपयाँमा गोठालो गरे राईले । उनको दैनिकी उसैगरी सुरु भयो । करिब १५-१६ वर्षको उमेर भएपछि उनले त्यहाँ पनि छोड्ने निधो गरे । त्यसपछि नेपाल र भारतको सीमाना लामिधुरामा बसाई सरे । लेकको ठाउँ सिमसिम पानी परिरहने भएपनि त्यहिँ भविष्य खोज्ने निधो गरेर त्यहाँका चुथ्रो फाँड्न सुरु गरे । हालको सूर्योदय नगरपालिका एकमा पर्ने लामिधुरामा उनले गोठ पालेर नै भविष्य खोज्ने निधो गरे । 
    २०५३ सालमा त्यहाँ पुग्दा कुनै वस्ती नभएको उनी बताउँछन् । उनले त्यहिँ बिबाह गरेर घरजम सुरु गरे । पर्यटकिय क्षेत्र र पर्यटकबाट पनि आम्दानी लिन सकिन्छ भन्ने कसैलाई सोच नै नभएको उनी वताउँछन् । 


    लामिधुरामा पुगेका रार्ईले आफ्नै जेठीसासुसँग तीन हजार ऋण लिएर चारमाउ गाई खरीद गरे । त्यहाँबाट तिनै गार्ईको सन्तान वढाउँदै गए । बाच्छाबाच्छी हुकाउँदै सन्तान फैलिएर करिव २३ माउ गार्ई समेत पालेका उनले सो बेला मज्जाले कमाई भएको स्मरण गरे । 
    भारतसँग सीमा जोडिएको मानेभन्ज्याङ इलाममेहरूको व्यापारिक केन्द्र हो । भारतका ब्यापारीले चामल, नुन, तेल चिनीलगायत दैनिक उपभोग्य वस्तु सो बजारमा बिक्रीका लागि राख्थे । नेपालतर्फ उत्पादन भएको तरकारी सो वजारमा बिक्री हुन्थ्यो । तरकारी मात्र हैन नेपाल तर्फबाट अलैँची, अदुवा, कुच्चो लगाईत पिठ्युँ र घोडामा बोकाएर त्यहाँ बिक्रीका लागि लगिन्थ्यो । नेपालका बजारमा भन्दा बढीमूल्य त्यहाँका ब्यापारीले दिने भएपछि इलामका विभिन्न क्षेत्रमा उत्पादन भएको वस्तु त्यहाँ पु-याइन्थ्यो । 
    रार्ईले पनि उत्पादन भएको घिउ सोहि वजारमा पु-याउँथे । ऊ बेला छुर्पी खासै बिक्दैनथ्यो । मोही फटाएर बनाएको सेर्गेम भने राम्रो मूल्यमा बिक्री हुन्थ्यो । पछि पछि गएर छुर्पी पनि बिक्न थाल्यो । उनले पनि घरमा नै डेरी जोडे । डेरीमा दुध प्रसोधन हुनथालेपछि सहज पनि हुन थाल्यो । राई परिवार गार्ई पालेर, घ्यू र छुर्पी बेचेर नै आफ्नो गुजारा चलाउन थाले । 
    आफूले औपचारिक शिक्षा नलिएको वताउँने रार्ई हिसाव किताव गर्न अझै पनि क्याल्कुटेर नचाहिने वताउँछन् । तर गोठालो गर्दा नै काठमा रातो माटोको धुलो छरेर त्यसमा नै औँलाले क, ख सिकेको उनले वताए । लामो समयमा मात्र घ लेख्न सिकेका उनले हिसाव पनि उसै गरि सिकेको वताए ।
    आफ्नो गुजारा जे–जसरी चलेपनि एक छोरा र एक छोरीलाई राम्रै शिक्षा दिएको वताउँछन् । हाल उनका दुवै छोराछोरी जागिरे भइसकेका छन् । छोरा भारतीय सेनामा छन् भने छोरी पनि दार्जिलिङमा नोकरी गर्ने गरेको उनले सुनाए । 
    औपचारिक शिक्षाको महत्वहाल पनि धेरै शिक्षितहरूलाई नहुन सक्छ । तर उनी औपचारिक शिक्षाको महत्व अरुलाई राम्रोसँग बयान गर्छन् । शिक्षाले नै मानिसलाई बिश्व चिनाएको, नयाँ नयाँ कुराको खोजी र आविष्कार भएको भन्ने रार्ईले आफ्ना सन्तानलाई पनि राम्रो शिक्षा गोठमा गार्ई पालेर नै दिएको वताउँछन् । लेकमा अन्य खेती खासै हुँदैनथ्यो उ बेला । आजकल पनि उनको पेशा उही नै हो । तर पहिला जस्तो धेरै गार्ई छैनन् रार्ईको गोठमा । पाँच माउमात्र गार्ई पालेका छन् उनले । तर, उनले अर्को व्यवसाय भने थपेका छन् । 
    रार्ई बसेको लामिधुरा विश्व प्रख्यात पर्यटकिय स्थल सन्दकपुर जाने मूल सडक हो । उनले त्यहाँ आएका पर्यटकहरूलाई सन्दकपुर सम्म लैजाने काम गर्छन् । पर्यटक घुमाउनकै लागि दुईवटा गाडी जोडेको उनले वताए । सिजनमा दुईवटा गाडी खाली हुँदैनन् रार्ईका । राईकी श्रीमतीले पर्यटकहरूलाई नै खान र बस्नका लागि होटल र लज सञ्चालन गरेकी छन् । 
    होटल, लज, पर्यटन ब्यवसायले गर्दा गार्ई घटाएको उनी वताउँछन् । गार्ई पाल्दा पनि बिहान बेलुका मात्र खट्नु पर्ने उनी वताउँछन् । गोठमा पालिएका गार्ई बिहान दोहीसकेपछि चरणमा जंगल पस्छन् । बेलुका भएपछि मात्र घर आउँछन् । बिहान बेलुका खोले दिन र दुहुन मात्र समय लाग्ने भएकाले केही गार्ई गोठमा अझैपनि राखेको उनले वताए । 
    हाल उत्पादन भएको घिउ प्रति किलो साढे ५ सय र छुर्पी प्रतिकिलो ९ सय देखि एक हजार सम्ममा बिक्री गर्ने गरेको उनी वताउँछन् । राईले आफ्नो मात्र हैन अरुले उत्पादन गरेको घिउ छुर्पी पनि खरिद गरेर वजारर लगेर बेच्ने गरेका छन् । 
    पहिला सानो छदाँ अर्काको घरमा गोठालो बसेको र हाल आफ्नो ब्यवसाय सम्झीएर उनी खुसी पनि हुन्छन् । तर दुखका साथ परिश्रम गरे पैसा कमाउन विदेश जान नपर्ने उनको भनाई छ । फोकटका गफ गर्नु, बिनाकारण भेला भएर बिभिन्न खेल खेल्न आफुलेनजानेको उनको भनाइ छ ।