• दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँँ बढ्यो

    दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको निर्देशनअनुसार दुग्ध विकास संस्थानले सनिबारबाट लागू हुने गरि दूधको मूल्य वृद्धि गरेको हो ।दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको निर्देशनअनुसार दुग्ध विकास संस्थानले सनिबारबाट लागू हुने गरि दूधको मूल्य वृद्धि गरेको हो ।मूल्य समायोजन सुझाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले गरेको सिफारिसको तल्लो मूल्यअनुसार मन्त्रालयले संस्थानलाई निर्देशन गरेको थियो । बढी उत्पादन हुने (फ्लस सिजन)का लागि प्रतिलिटर ६ रुपैयाँ र कम उत्पादन हुने (लिन) सिजनका लागि प्रतिलिटर १० रुपैयाँ सिफारिस गरेको थियो । 
    तर, मन्त्रालयले दोहोरो मूल्य नभइ सबै सिजनमा लागू हुने गरि प्रतिलिटर ६ रुपैयाँ बढाउने निधो गरेको हो । बिहीबार बसेको दुग्ध विकास संस्थानको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको निर्देशन अनुसार दुग्ध विकास संस्थानको वैठकले गरको निर्णयअनुरूप नै निजी डेरीले उत्पादन गर्ने दूधको मूल्य समेत बढ्ने छ । हाल ४ प्रतिशत चिल्लोपना (फ्याट) र ८ प्रतिशत ठोस (एसएनएफ) भएको दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७० रहेको ८.५७ प्रतिशतले बढेर प्रतिलिटर ७६ रुपैयाँ पर्नेछ । यस अनुसार अब उपभोक्ताले आधिलिटरको पोकाको दूधको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ तिर्नुपर्नेछ । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटा, डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीलगायतका सरोकारवालाले मूल्य बढ्दा उपभोक्तामा केही भार थपिने भए पनि उत्पादन लागत बढेकाले दूध बजार चलायमान राख्न पनि मूल्यवृद्धि अपरिहार्य भएको प्रतिक्रिया दिएका छन् । कृषक तथा व्यवसायीहरूले उत्पादन लागत वृद्धि भए पनि दूधको मूल्य नबढ्दा मारमा परको भन्दै दूधको मूल्य बढाउन माग गर्दै आएका थिए । नेपाल डेरी एशोसिएसनका महासचिव प्रह्लाद दाहालले लामो समयपछि भए पनि सरकारले दूधको मूल्य बढाएर कृषक, व्यवसायी दुबैको पक्षमा निर्णय गरको बताए । विगतको अभ्यासजस्तै दूधको उपभोक्ता मूल्यमा भएको वृद्धिको ६९ प्रतिशत हिस्सा किसानलाई र ३१ प्रतिशत हिस्सा उद्योगीलाई पर्नेछ ।  सरकारले यसअघि २०७१ पुस १ गते प्रतिलिटर ८ रुपैयाँ बढाएर ६४ रुपैयाँ प्रतिलिटर पु-याइएको थियो भने २०७४ भदौ १ गतेदेखि लागू हुने गरि प्रति लिटर ६ रुपैयाँ बढाएर ७० रुपैयाँ प्रतिलिटर पु-याइएको थियो । 

    दूधको मूल्यः कहिले कति बढ्योः

    मूल्यवृद्धि लागू समय वृद्धि (प्रतिलिटर) उपभोक्ता मूल्य 
    (प्रतिलिटर)
    आव ०६७-६८ ४ रुपैयाँ ४८ रुपैयाँ
    २०६९ फागुन १ २ रुपैयाँ ५० रुपैयाँ
    २०७० पुस १६ ६ रुपैयाँ ५६ रुपैयाँ
    २०७१ पुस १ गते  ८ रुपैयाँ ६४ रुपैयाँ 
    २०७४ भदौ १ गते ६ रुपैयाँ ७० रुपैयाँ
    २०७६ भदौ २१ ६ रुपैयाँ ६७ रुपैयाँ


    स्रोतः कृषि तथा पशुपंक्षी विकास मन्त्रालय


    राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने दूधको मूल्य वृद्धिलाई सरकारको उपभोक्ताको ढाड सेक्ने कदमको संज्ञा दिएका छन् । यसअघि सरकारले भदौ १ गतेदेखि नै दूधको मूल्य वृद्धि गर्ने भने पनि दुई साता ढिला मात्र निर्णय गरेको हो । कतिपय डेरीहरूले दूधको दूधको मूल्यवृद्धिको निर्णय नहुँदै दहीको मूल्यमा प्रतिलिटर १० रुपैयाँ बढाइसकेका छन् । दुग्ध क्षेत्रलाई दैनिक रूपमा किसानले नगद आम्दानी गर्ने र स्वास्थ्यका लागि समेत महत्व राख्ने भएकाले सार्वजनिक चासोको विषयका रूपमा हेर्ने गरिन्छ । गत  वर्ष मुलुकभर २२ लाख १२ हजार ५ सय मेट्रिक टन दूध उत्पादन भएको थियो । कुल गार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको योगदान ९ प्रतिशत रहेको छ भने ५ लाख कृषक र २० हजार उद्योगमा रोजगारी रहेको छ । प्रतिदिन साढे ३ करोड रुपैयाँ सहरबाट गाउँ प्रवाह हुने दुग्ध क्षेत्रमा उद्योगीको मात्र ३० अर्ब लगानी रहेको अनुमान छ भने उद्योगबाट करिब एक अर्ब राजस्व संकलन हुने गरेको तथ्यांक छ । संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ) को मापदण्ड अनुसार स्वस्थ रहने प्रति व्यक्ति प्रति वर्ष ९१ लिटर दूध उपभोग गर्नु पर्दछ । नेपालमा प्रतिव्यक्ति दूधको उपभोग दर ७२ लिटर छ ।