• पत्रकार र प्रशासक बिच मैत्री पूण सम्वन्ध आवश्यक


    इलाम, भदौ : इलाममा सरुवा भएर आउनु भएका नयाँ प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले प्रशासक र सञ्चारकर्मीबिच मैत्रिपुर्ण सम्वन्ध आवश्यक रहेको वताउनु भएको छ । भर्खरैमात्र इलाममा आउनु भएका उहाँले पत्रकारसँग चिनजान तथा भेटघाट गर्ने क्रममा दुइपक्ष विच कुरा बुझाबुझ भए मात्र सहज हुने वताउनु भएको हो ।
    धनकुटाबाट सरुवा भएर इलाम आउनु भएका उहाँले नागरिकसँग उत्तिकै सम्पर्क हुने पत्रकारहरुले सहि सूचना प्रबाहमा ध्यान दिनु पर्ने वताउनुभयो । उहाँले कुनै कुरा लेख्दा एक पटक सोचेर र अध्यन गरेर मात्र लेख्न सके समाजमा राम्रो छाप पर्ने धारणा राख्नुभयो ।
    यता पत्रकारहरुले पनि आफुहरुले जिम्मेवार तरिकाले समाचार सम्प्रेक्षण गरिरहेको वताउँदै सहि समयमा पत्रकारले मागेको सूचना दिन उहाँ मार्फत अन्य कार्यालय प्रमुख समक्ष माग समेत गरेका थिए ।
    कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।