• संबिधान दिवसको अवसरमा सूर्योदय नगरपालिका परिसरमा सरसफाई

    फिक्कल : संबिधान दिवसको अवसरमा सूर्योदय नगरपालिका परिसरमा सरसफाई गरिएको छ ।
    प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलको नेतृत्वमा कर्मचारीले कार्यालय परिसरमा सरसफाई गरेका हुँन । कर्मचारीले नगरपालिका वरीपरिको झार उखेलेर सरसफाई गरेका छन । यस्तै वडा नम्बर १० को कार्यालय परिसरमा पनि सरसफाई गरिएको छ । अन्यवडामा पनि सरसफाई गरिएको छ । साझ सबै कार्यालयमा दिप प्रज्वलन गरिने छ । शुक्रबार संबिधान दिवसका अवसरमा प्रभातफेरी सहित स्वदेश गान सहितको कार्यक्रम आयोजना गररिएको छ । नगर प्रमुख रणबहादुर राईले जनताले अधिकार पाएको खुसीयालीमा भब्य रुपमा संबिधान दिवस मनाउने तयारी गरेको जानकारी दिनु भयो । अन्य इलामका स्थानीय तहमा पनि भब्य रुपमा संबिधान दिवस मनाउने तयारी भैरहेको छ ।