• राजन र मनोजचन्दले हात पारे ब्यडमिन्टनको उपाधी


    इलाम असोज : इलाममा सञ्चालित मेन्स डबल खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजन दाहाल र मनोजचन्द ठकुरीको जोडीले हात पारेका छन् । शुक्रबार साँझ भएको फाइनल खेलमा सो जोडीले सुनिल चेम्जोङ र केबल श्रेष्ठको जोडीलाई पाखा लगाउँदै उपाधिमाथी कब्जा जमाएको हो । पहिलो हुने जोडीले उपाधिसँगै नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । त्यस्तै द्धितिय हुने जोडीले नगद १० हजारमा चित्त बुझाएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अथिती तथा मदन भण्डारी फाउण्डेनस प्रदेश नम्वर एकका अध्यक्ष सागर थापा र जिल्ला समन्वय समिति इलामका अध्यक्ष गणेश बरालले पुरस्कार वितरण गरेका थिए ।

    बिजेता जोडी


    मदन भण्डारी स्पोट एकाडेमी इलामले आयोजना गरेको प्रतियोगितात्मक खेलमा २२ टिमको सहभागीता रहेको थियो । खेलमा इलाम, झापा पाँचथर सम्मका भेट्रान खेलाडीहरुको सहभागिता रहेको आयोजक समितिका प्रचार प्रसार समितिका प्रमुख खेमसागर खनालले जानकारी दिए । सवै सहभागी खेलाडीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।
    फाइनल खेल हुनुपूर्व भएको औपचारिक कार्यक्रमको अध्यक्षता एकाडेमी इलामका अध्यक्ष मिलन खत्रीले गरेका थिए ।

    कार्यक्रम समापन पछि मदन भण्डारी एकाडेमीका पदाधिकारीहरु बिजेता खेलाडीहरु तथा अतिथीहरुसँग तस्विर खिचाउँदै

    कार्यक्रमको प्रमुख अतिथी मदन भण्डारी फाउण्डेनस एक नम्बर प्रदेशका अध्यक्ष थापा र जिल्ला समन्वय समिति इलामका अध्यक्ष बराल, जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी हेमन्त भण्डारी क्षेत्री, नेकपा एमाले इलामका प्रतिनिधि लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।