• पर्यटकिय क्षेत्र कन्याममा सरसफाई


    इलाम, असोज : पर्यटन दिवशको अवसर पारेर इलामको पर्यटकिय क्षेत्र कन्याममा सरसफाई गरिएको छ । नेपाल युवा परिषद् इलामले ४०औं विश्व पर्यटन दिवसको अवसरमा कन्याममा सरसफाई गरेको हो ।

    सूर्योदय नगरपालिका ७ मा अवस्थित रमणीय स्थल कन्याममा दिनहुँ आगन्तुक पर्यटकबाट हुने फोहोर सरसफाई गरिएको हो । आयोजक युवा परिषदका अध्यक्ष सुमन दियालीको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा स्थानीय कृष्णाश्रम माविका ४५ जना विद्यार्थीसहित ६० जनाभन्दा बढी युवाहरुको सहभागिता थियो ।

    सूर्योदय नगर कार्यपालिकाको सहयोग, जिल्ला युवा समिति, भरोसा नेपाल र क्विन नेपालको सहकार्य तथा नविल बैङ्कको प्रायोजनमा कार्यक्रम सम्पन्न गरिएको समितिका अध्यक्ष दियालीले जानकारी दिए ।

    पर्यटकहरुको चाप वढेपछि फोहोर बढ्दै जाने भएकाले सरसफाई गरिएको हो । बर्खा याम सकिएपछि यहाँ हजारौँ पर्यटकहरु कन्याम चियावारीमा घुम्न आउने गरेका छन् ।