• उप–निर्वाचन २०७६ : घरदैलो कार्यक्रममा पाँचथरका उम्मेद्वार

    पाँचथर : मंसिर १४ का लागि तय भएको उप–निर्वाचनका लागि पाँचथरका राजनीतिक दलहरु अहिले घरदैलो अभियानमा जुटेका छन । मुख्य प्रतिश्पर्धामा रहेका दुई दल नेपाली काग्रेस र नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको दौडधुप बढी नै देखिएको छ । अन्य दलका नेताहरु समेत मतदातामा पुगेर आफ्ना एजेण्डाका बारेमा बताइरहेका छन ।
    बिहान सबेरै देखी उम्मेद्वार सहितको टोली नै बनाएर दहरुले आफना मतदाता भेटिरहेका छन । उम्मेद्वार स्वयम पुग्न नसक्ने क्षेत्रमा प्रतिनिधि मार्फत पनि काम भइरहेको छ । उनीहरुले तोकेका उम्मेद्वारले जितेमा गर्ने कार्यका बारेमा मतदातालाई जानकारी गराइरहेका छन ।
    यो पटक दलहरुले ठुला आम सभा भन्दा पनि घरघरमै पुगेर मतदाता भेट्ने कार्यक्रमलाई तिब्रता दिएका छन । उनीहरु सोही अनुसार चलिरहेका छन । ठुलो आम सभा गर्दा खर्च समेत बढी आउने र दलका एजेण्डा मतदाता सम्म यथेष्ट मात्रामा नपुग्ने भन्दै एक एक ब्यक्ति भेट्ने कार्यक्रमलाई अगाडी बढाइएको चुनावी प्रचारमा रहेका दलहरुले बताउने गरेका छन ।
    जिल्लाका तीन स्थानमा चुनाव हुने भए पनि चुनावको चर्चा अहिले देशै भर चलिरहेको छ । पाँचथरमा पनि चिया पुसल देखी पार्टीका महत्वपुर्ण बैठक सम्म चुनावकै कुरा सुनिन थालेको छ ।
    जिल्लमा फिदिम नगरपालिकाको १ नम्बर वडा, हिलिहाङ गाउँपालिकाको ७ नम्बर वडा र फाल्गुनन्द गाउँपालिकामा उप–निर्वाचन हुन लागेको छ । तीन क्षेत्र मध्ये फाल्गुनन्द गाउँपालिकामा गाउँपालिकाको अध्यक्षका लागि निर्वाचन हुन लागेको हो भने अरु दुई क्षेत्रमा वडाध्यक्षका लागि निर्वाचन हुँदैछ ।
    पाँचथरमा नेपाली काग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, संघीय समाजबादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघिय लिम्बुवान मञ्चले चुनावी कार्यक्रमलाई तिब्र पारेका छन ।
    पाँचथरमा १७ ओटा मतदान स्थलमा ३१ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष पदका लागि हुने निर्वाचनका लागि १३ स्थलमा २३ ओटा केन्द्र निर्धारण गरिएको हो । फिदिम नगरपालिका १ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि १ मतदान स्थलमा ४ ओटा केन्द्र निर्धारण गरिएको छ । हिलिहाङ ७ को वडाध्यक्ष पदको निर्वाचनका लागि ३ ओटा स्थालमा ४ ओटा केन्द्र निर्धारण गरिएको हो । बढीमा एक हजार एक सय मतदानका लागि एक मतदान केन्द्र हुने गरी निर्वाचन आयोगले केन्द्र निर्धारण गरेको हो ।फिदिमटुडे