गजुरमुखी धार्मिक मेलामा दर्शनार्थीको घुँइचो

इलाम: इलामको माङसेबुङ गाउँपालिका १ स्थित प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा धार्मिक मेला मेला लागेको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ लागिरहेको छ ।मेलाको मुख्य दिन मंगलबार बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको घुँईचो लागेको छ । धाम आसपासमा पाल टाँगेर सयौं अस्थायी टहराहरु निर्माण गरी होटल व्यवसायहरु सञ्चालनमा छन् ।

गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको भीड लागेको छ । कतिपय सावारी साधनबाट भने कतिपय पैदल यात्रामा धाम आउनेको घुँइचो छ । धाममा माङसेबुङ गाउँपालिकाको इभाङ र गजुरमुखी, देउमाई नगरपालिकाको धुसेनी र जितपुर, माई नगरपालिकाको महमाई र फाकफोकथुम गाउँपालिकाको लुम्दे, एकतप्पा, फुएतप्पा लगायतको बाटो हुँदै पैदल र सवारी साधनमार्फत आउनेहरुको क्रम जारी छ ।मेलालाई व्यवस्थित गर्न मेला आयोजक गजुरमुखी धाम बजार व्यवस्थापन समिति क्रियाशील छ । हुलहुज्जत र झै–झगडा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष डम्बर कार्कीले बताए ।गजरमुखी धाममा दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । धाममा नेपालको विभिन्न भू–भागसँगै भारतको मिरिक, दार्जिलिङ, खर्साङ, सिक्किम, सिलिगढी, आसामलगायत स्थानबाट भक्तजनहरुआउने गरेका छन् । बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेकाले यहाँ देवीको दर्शन र पूजा अर्चना गर्न अहिले संयौको संख्यामा भक्तजनहरु आउने गरेका छन् ।

मेला भर्न, दर्शन तथा पूजापाठ गर्न इलामसँगै पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटाका तथा भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, कालेङबुङ लगायतका ठाउँहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।

इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा अवस्थित गजरमुखीको दर्शन गरेमा बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । यही जनविश्वासका कारण वर्सेनि हज्जारौंको संख्यामा भक्तजनहरु पाठपूजा गर्न तथा भाकल गर्न गजुरमुखी धाम आउने गरेका छन् । गजुरमुखीमा सयौंको हाराहारीमा भक्तजनहरुको उपस्थिती रहन थालेको छ ।

मेची लोकमार्गअन्र्तगत इलामको नेपालटार–मंगलबारे–धुसेनी हुँदै मंगलबारेसम्म पक्की र मंगलबारेबाट कच्ची सडकमार्फत गजुरमुखी धाममा पुग्न सकिन्छ । जिल्लाका विभिन्न पर्यटकीय स्थलहरुमध्ये गजुरमुखी पनि एक हो । धार्मिक आस्थाको लागि आउने गरेका पर्यटकहरु इलाम आएका बेला प्राय गजुरमेखी जान छुटाउँदैनन् ।वर्षाको समयमा कच्ची सडक पर्यटकहरुका लागि केही असजिलो हुने गरेको भएपनि हिउँद याममा गाडीहरु चल्ने गरेकाले गजुरमुखी पुग्नका लागि उति असजिलो छैन ।
धार्मिक पर्यटकीय सम्भावना रहेको गजुरमुखीको विकास र प्रवद्र्धनका लागि गाउँपालिकाले गुरुयोजना निर्माण गरि अगाडि बढिरहेको माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । ‘जिल्लाकै एक प्रमुख धार्मिक स्थलको रुपमा रहेको गजुरमुखीलाई विकास र प्रवद्र्धनका लागि गुरुयोजन निर्माण गरेर अगाडी बढिरहेको छौ’ अध्यक्ष इदिङ्गोले भने, ‘आगामी दिनमा संघीय र प्रदेश सरकारसँग समेत समन्वय गरेर यसलाई पूर्वकै महत्वपूर्ण धार्मिक स्थलको रुपमा विकास र विस्तार गर्ने तयारीमा छौं ।’ राम योङहाङले लेख्नु भएको समाचार नयाँ बुलन्द डटकमबाट