एक कप चिया : भलाकुसारीदेखि भाइचारासम्म


नेपाली समाजमा चिया संस्कृति


सोनाम पाल्जोर लामा

जब तपाईं कुनै आफन्तकाहाँ पाहुना लाग्नुहुन्छ, तात्तातो चियाले तपाईंको स्वागत गर्नेछन् । जब तपाईं बिहान उठ्नुहुन्छ, एक कप चियाबाट आफ्नो दैनिकी सुरु गर्नुहुनेछ । जब कुनै साथीले तपाईंलाई भेटघाट वा भलाकुसारीका लागि आमन्त्रण गर्नेछन्, ‘आज यसो बसेर एक कप चिया पिउनुपर्‍यो’ भन्छन् । जब तपाईं कुनै कुराले फुरुंग हुनुहुनेछ, एक कप चियामा खुसी साट्न मन लाग्छ । जब तपाईंलाई दिक्कलाग्दो क्षण गुजार्नुपर्ने हुन्छ, एक कप चियाले ज्यानलाई फुर्ति बनाउने प्रयास गर्नुहुन्छ ।

चियासँग हाम्रो समाज यसरी अभिन्न रुपमा जोडिएको छ ।

चियासँग हाम्रो साइनो यतिमा मात्र सीमित छैन । चिया हाम्रै घर(आँगनको उत्पादन हो । चिया यस्तो उत्पादन पनि हो, जो हामी विश्व बजारमा बिक्री गर्छौं । नेपाली चियाले विश्वकै पारखीलाई आफ्नो स्वाद बाँढिरहेको छ । निर्यतजन्य कृषि उपजमा चियाले अग्रणी भूमिका खेलेको छ ।

यसर्थ चिया हामी उत्पादन गर्छौं, हामी नै टिप्छौं, प्रशोधन गर्छौं, पिएर त्यसको स्वाद लिन्छौं, नेपाली उपभोक्ताको तलतल मेट्छौं । त्यती मात्र होइन, विश्व बजारमा चिया बेचेर आयआर्जन पनि लिन्छौं ।

चियासँग नेपाली समाजको खास घनिष्ठता छ ।

नेपालमा चिया संस्कृति

चीनमा आमाबुवालाई भेट्न जाँदा महंगो वा स्तरिय चिया कोसेलीको रुपमा बोक्ने चलन छ । त्यहाँ चिया पिउने शैली पनि गजबको छ । चिया उनीहरुको पारिवारिक पेय हो, जो आपसी भलाकुसारी, भेटघाटमा आनन्दले पिउने गरिन्छ ।
कतिपय मुलुकमा चिया पिउँदा शान्तसँग ध्यान मुद्रामा बसेर पिउने गरिन्छ ।

पछिल्लो समय हामीकहाँ पनि चिया संस्कृति फस्टाउँदै गएको छ । अहिले नेपाली समाजमा गुणस्तरिय र महंगा चिया पनि खपत हुन थालेको छ । त्यसैगरी काठमाडौं जस्ता शहरी क्षेत्रमा चियाकै परिकार मात्र पाउने रेष्टुरेन्टरक्याफे सञ्चालनमा आइरहेको छ । ति क्याफेमा थरीथरीका चिया पिउन सकिन्छ । ४० बर्ष पार गरेकाहरु चिया पिएरै रमाइलो गरिरहेका छन् ।

नेपालमा स(सना दानादार सिटिसी चिया पिउने संख्या अत्याधिक छन् । हामी आफैले उत्पादन गरेको गुणस्तरिय, ताजा चिया विदेश पठाउँछौं र सामान्य चिया पिउने गर्छौं । यहाँ विश्वकै चिया पारखीले रुचाउने चिया उत्पादन हुन्छ । हिमाली माटो र हावामा उत्पादन हुने चियालाई उनीहरुले औधी रुचीपूर्वक सेवन गर्छन् ।

उदेगलाग्दो चाहि के छ भने, चियाकै बगानमा बसेर पनि हामीले आफ्नो माटोको असली चिया चाख्न पाइरहेका हुँदैनौ । दुध, चिनी, सुकुमेल, ल्वाङ आदि मिश्रण गरिने चिया नै हामीलाई असली चिया भन्ने लाग्छ । तर, यो चियाको असली स्वाद होइन ।

कस्तो हुन्छ चियाको स्वाद ?

अहिले कतिले हर्वल चिया, कतिले यर्चागुम्बा चिया आदि भनेर चिया बेच्ने गर्छन् । ति कुनैपनि चिया होइनन् । क्यामेलिया साइनेन्सिस् प्रजातिको बोटबाट उत्पादन हुने हरियो पत्तीबाट मात्र चिया बन्छ । जस्तो इलाम, झापा, पाँचथर लगायतमा हामीले ठूलठूला बगान देख्छौं, त्यही बोटबाट उत्पादन भएको चिया नै असली चिया हो ।

चियाको पनि मूलत तीन जात अर्थात ‘आमा बोट’ हुन्छ । एक, चिनियाँ जात । दुई, आसामी जात । तीन, क्याबोड जात । अहिले यी तीन जातबाट अनेक प्रजाति उत्पादन भइसकेको छ । ठाउँ एवं भूगोल अनुसार, हावापानी अनुसार अनेक चियाका उप(जात विकास भएका छन् ।

नेपालमा कति प्रकारका चिया ?

धेरै नेपालीलाई थाहा नहुन सक्छ कि नेपालमा अनेकथरीका चिया बन्छ भनेर । तपाईंले बजारमा गएर हेर्नुभयो भने अनेक थरीका चिया भेट्नुहुनेछ । हुन त अहिले ग्रीन टिको ट्रेन्ड छ । तर, ग्रीन टि जस्ता अरु थुप्रै भेराइटीका चिया बन्छ । जस्तो कि, ब्ल्याक टि, वुलङ टि ।

हुन त चियाको विज्ञानलाई हेर्ने हो भने चियाको मूलत ६ भेराइटी हुन्छ । विश्वभर चियाको प्रकार, यसको पौष्टिकता, यसको प्रयोगको तरिका आदिको बारेमा विविध किसिमका अध्ययनहरु भएका छन् । यसको क्याटेचेन्जस् मात्रै होइन । यसको बास्ना, यसको स्वाद जस्ता विषयमा समेत अध्ययन भइरहेका छन् । यसबाट विश्वभर पाइने विभिन्न प्रजातीका चियाहरुलाई ६ भागमा विभाजन गर्ने गरिएको छ । ती निम्नानुसार छन् ।

१ हृवाइट टी

यो कोटीको चियामा हल्का किसिमको बास्ना हुन्छ । यो सबैभन्दा शुद्ध एवं कम प्रशोधन गरिएको चिया हो । यसमा हामीले प्राकृतिक मिठास पाउने गर्छाैं । एक पाते चिया भन्छ के के भन्छ । त्यो हृवाईट टी हो ।

२. ग्रीन टी

विश्वभरी नै बिस्तारै आफ्नो प्रभाव बढाउँदै गएको चिया ग्रीन टी हो । यो विश्वको अरु महादि्वप भन्दा धेरै एशियामा धेरै पाइने गर्छ । केही ग्रीन टीमा फलहरुको मिश्रणका कारण यसको मिठास पनि फरक हुने गर्छ ।

३. उलङ टी

यो नेपालमा प्रायः प्रयोग गरिँदैन । यसलाई चीनको एउटा प्रान्तमा बढी प्रचलनमा ल्याइएको छ । यो पनि नेपालमा प्रयोग भने हुन्छ ।

४. ब्ल्याक टी

सम्भवतः विश्वमा सबैभन्दा धेरैले पिउने चिया नै यही कोटीको चिया होलान् । यो चियाको स्वाद अरुको भन्दा कडा किसिमको हुन्छ । यो चिया दूध वा चिनी नमिसाई पिउँदा कम स्वाद आउने भएकोले त्यसैको मिश्रणबाट प्रयोग गर्ने गरिन्छ ।

५. एल्लो टी

चीनको एउटा गाउँमा पाईने यो विशेष किसिमको चिया हो । यसको अन्यत्र कतैपनि बजार छैन । सोही गाउँमा मात्रै पाइने यो चिया विश्वमा अन्यत्र कतैपनि पाईँदैन ।

६ डार्क टी

डार्क-टी भनेको भोट तिर खाने एक किसिमको चिया हो । यो नेपालमा बन्दैन । तर, यसको प्रयोग भने नेपालमा हुने गर्छ ।
चिया खान कसलाई सिकाउने ?

दुध र चिनीसँग चिया

हुन त हामीकहाँ अधिकांशले दुध र चिनी मिश्रति चिया पिउँछन् । खासगरी तराई क्षेत्रमा उत्पादन हुने चियाबाट बनाइने सिटिसी चिया खाने चलन छ । यसमा चियाको असली स्वाद भने हुँदैन । किनभने सिटिसी तराई क्षेत्रमा उत्पादित चियाबाट तयार गरिन्छ । विश्वमा जतिबेला चियाको संस्कृति झांगिदै थियो, त्यसबेला सामान्य वर्गका मान्छेहरुको पहुँचमा पुर्‍याउनका लागि सिटिसी चिया उत्पादन गरिएको हो । –(अनलाइन खबरबाट साभार गरिएको )