बिकासका लागि केन्द्रीय सरकारको मुख ताक्ने दिनको अन्त्य : उप्र – प्रधानमन्त्री इश्वर पोख्रेल


टीका खतिवडा,इलाम
नेपाल सरकारका उप्रप्रधान तथा रक्षा मन्त्रि इश्वर पोख्रेलले अब जनताले बिकासका लागि केन्द्र सरकारको मुख ताक्ने दिनको अन्त्य भएको बताउनु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिकामा रहेको किराँत धार्मिक स्थलमा आयोजित आत्मानन्द लिङ्देनको ६६ औँ जन्मउत्सव कार्यक्रमलाई सम्वोधन गर्दै आज यस्तो वताउनु भएको हो ।
देश पुर्ण रुपमा संघियतामा गइसकेको बताउँदै उहाँले अब विकासका लागि स्थानिय र केन्द्र सरकारले पनि उत्तिकै काम गर्न सक्ने वताउनुभयो । उहाँले स्थानिय सरकारले नसके प्रदेश सरकारसमक्ष माग गर्ने र प्रदेशले पनि नसके केन्द्र सरकार समक्ष बिकासकालागि माग गर्नु पर्ने वताउनुभयो । ‘तर तिन तहका सरकारका विचमा तालमेल हुन अत्यावश्यक छ ।’ उहाँले भन्नुभयो ।
संविधानले दिएको अधिकारको प्रयोग गर्दै सवै सरकार उत्तिकै मजबुदत भएको वताउँदै उहाँले केन्द्र सरकारले मात्र बिकास गर्छ भन्ने कुराको अन्त्य हुन जरुर रहेको उहाँको धारणा छ ।
देशमा समृद्ध नेपाल र सुखी नेपाली भन्ने कुरा नारा मात्र नभएर यहि सरकारले कार्यान्वयन गरेर देखाउने भन्दै उहाँले प्रधानमन्त्रि आधुनिकिकरण परियोजना, कृषिमा आधुनिकिकरण र ब्यवसायिकरणमा समेत सबै सरकारले पहल गर्नुपर्ने उहाँको धारणा रहेको छ ।
किरात धर्मवालम्बीहरुका धर्मगुरु फल्गुनन्दका अवतारका रुपमा परिचित आत्मानन्द लिङ्देनको जन्म उत्सवमा शुभकामना ब्यक्त गर्नुहुँदै उपप्रधान तथा रक्षा मन्त्रि पोख्रेलले सरकारले सवै जाति र धर्मलाई समान रुपमा लिने वताउनुभयो । महागुरु फल्गुनन्दको ज्योती हिजो, आज र भोली पनि उत्तिकै महत्वपुर्ण रहेको भन्दै निभ्न दिनु नहुने उहाँले वताउनुभयो । देशमा १ सय २४ जातजाती र १ सय वढि भाषाभाषिहरु रहेको वताउँदै उहाँले कुनै एक भाषा, धर्म र जातजातीको अस्तित्वमात्र बचाउन नलाग्ने जिकिर गर्नुभयो ।
त्यस्तै कार्यक्रममा संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले पनि महागुरु आत्मानन्द लिङ्देनको जन्मउत्सवमा शुभकामना ब्यक्त गर्नुहुँदै यो पवित्र स्थान भएर आवतजावत हुने दमक–रवि सडक पनि अबको तीन वर्ष भित्रमा कालोपत्रे भइसक्ने वताउनुभयो । उहाँले यस सडकभित्र पर्ने सवै खोलाहरुमा पक्की पुल पनि आगामी माघ महिना भित्रमा शिलन्यास भइसक्ने वताउँदै अव यहाँ विकासको सुरु भइसकेको वताउनुभयो ।
नेकपा संसदिय दलका उपनेता समेत रहनु भएका नेम्वाङले महागुरु फाल्गुनन्दको जन्म क्षेत्रमा विकासका लागि गुरुयोजना तयार भइसकेको वताउँदै दिगो बिकासका लागि देशका तिनै तहका सरकार लाग्नु पर्ने वताउनुभयो । आफ्नो निर्वाचन क्षेत्रमा आफु आउनु अघि बिकास नभएपनि क्रमश बिकासले गति लिँदै गएको उहाँको भनाई छ ।
जन्मउत्सवको अवसरमा गुरु आत्मानन्द लिङ्देनले प्रवचन समेत दिनुभएको थियो । सो अवसरमा जिल्ला समन्वय समिति इलामका सभापती गणेश बराल, माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गो, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, सुरक्षा निकायका प्रमुख, स्थानिय तहका प्रमुख लगायत उल्लेख्य मात्रामा भक्तजनहरुको उपस्थिती रहेको थियो । –––