राष्ट्रियताका सवालमा सबै दल एकजुट : पूर्व प्रधानमन्त्री खनाल


फिक्कल:पूर्व प्रधानमन्त्री तथा संघीय सांसद झलनाथ खनालले एक इन्च पनि नेपाली भूमी छोड्न नसकिने बताउनु भएको छ । इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा पाँचदिने प्रथम सूर्योदय पर्यटन महोत्सव बुधबार सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै खनालले कसैको एक इन्च भूमी नलिने पनि र आफनो पनि एक इन्च भूूमी छोडन नसकिने बताउनु भएको हो । नेता खनालले भारतीय पक्षले सिमानामा देखिएका समस्या समाधान गर्नुको सट्टा नेपाली भूमी मिचेर नयाँ नक्सा सार्वजनिक गर्नुले नेपालीलाई वाक्क बनाएको बताउनु भयो । उहाले लिम्पीयाधुरा , लिपुलेक सुस्ता जस्ता स्थान नेपालको हो भन्नेमा सबै राजनीतिक दलको एकै आवाज रहेको बताउनु भयो । उहाले भन्नु भयो ‘ राष्ट्रियताको सवालमा यहा को कुन पार्टीको भन्ने कुरै छैन, सबैको एकै आवाज छ , हामी हाम्रो भूमी चाडै फिर्ता गर्छौ । ’पर्यटन वर्ष २०२० लाई सफल पार्न र सूर्योदय नगरपालिकालाई देश बिदेशमा चिनाउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव पाँचलाख पर्यटकको आवागमन गराउदै सम्पन्न भएको हो ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालले पर्यटन क्षेत्रको बिकासमा सरकारको ध्यान केन्द्रित भएको बताउनु भयो । नेपाल पर्यटकीय हिसावले एउटा महत्वपूर्ण गन्तब्य रहेको बताउदै खनालले देशको आर्थिक उन्नतीका लागि नेपालले भारत र चिन संग समान ब्यवहार गर्ने बताउनु भयो । कार्यक्रममा संबिधान सभाका सदस्य सूर्यवाला राई , प्रदेश सांषद काजीमान कागते,
सूर्योदयन गरपालिकाका नगर प्रमुख रणबहादुर राई , उप प्रमुख दुर्गादेबी भटराई , नेपाली काग्रेसका क्षेत्रीय सभापती दुर्गा बराल , मेची पर्यटन प्रवर्धन बिकास समितिका कार्यक्रम संयोजक केशव धौराली लगायतले मन्तब्य राख्दै सूर्योदयलाई पर्यटकको नौलो गन्तब्य बनाएर अगाडी बढनु पर्ने बताएका थिए ।