नेपाल भारत सिमानामा भारतिय प्रधानमन्त्री मोदीको पुत्ला दहन

  • 134
    Shares
नेपाल भारत सिमानामा भारतिय प्रधानमन्त्री मोदीको पुत्ला दहन

टीका खतिवडा
इलाम, ४ जेठ :
नेपाल भारत सिमा इलामको सन्दकपुरमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएका छ । विद्यार्थी संघले नेपाल भारत सिमावर्ती सन्दकपुरमा भारतले नेपालको सिमाना मिचेको भन्दै प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको हो । नेपाल विद्यार्थी संघ इलाम र पाँचथर जिल्ला कार्यसमितिको संयुक्त आयोजनामा भारतले अतिक्रमण गरेको नेपालको सिमा (इलाम सन्दकपुर गाउँपालिका र पाँचथरको फालेलुङ गाउँपालिकाको सिमाना) को भुमिमा विरोध प्रदर्शन गरेको छ ।


अतिक्रमित नेपाल भारत सीमा सन्दकपुर नजिकै रहेको आहलटारमा संघले विरोध ¥याली, प्रर्दशन, भारत बिरुद्ध चर्काचर्का नारा समेत लगाएका थिए । उनीहरुले अतिक्रमित भुमिमा नेपालको राष्ट्रिय झण्डा गाड्ने काम समेत गरेको नेवि संघ इलामका उपाध्यक्ष प्रज्वल भट्टराईले जानकारी दिए ।
नेवि संघका कार्यकताहरुले भारतिय बिस्तारबाद मुर्दाबाद भन्दै लम्पसारबादी भन्दै नेपाल सरकारको समेत बिरोध गरेका थिए । भारतिय सुरक्षाकर्मीले बिरोध गर्न खोज्दाका बापत पनि बिरोध गरिएको उपाध्यक्ष भट्टराईले जानकारी दिए । उनीहरुले सो बिबादित क्षेत्रमा नेपालको झण्डा समेत फहराएका थिए ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा नभएका समयमा भारत बिरुद्ध चर्काचर्का नारा समेत लगाउने गरे पनि आफु ठाउँमा पुगेको बेला सिमा मिचेको हेर्न शिवाय केही पनि नगरेको आरोप उनीहरुले लगाएका छन् ।
प्रर्दशनमा इलामबाट नेपाल विद्यार्थी संघका उपाध्यक्ष प्रज्वल भट्टराईको नेत्तृत्वमा गएको टोलीमा इलाम तरुण दल क्षेत्र नंं ३ का सभापति मोहन गुरुङ, नेपाली कांग्रेस सन्दकपुर गाउँपालिका वडा नं. ४ का वडा सभापति दिपेश गुरुङ, नेबिसंघ इलामका नेता धुर्व राई, प्रकाश तामाङ लगायतको टोली सो स्थानमा गएको थियो । त्यस्तै त्यस्तै पाँचथरबाट नेपाल विद्यार्थी संघ पाँचथरका अध्यक्ष तुलसी आचार्यको नेतृत्वमा नेबि संघ पाँचथरका उपाध्यक्ष धनकुमार लावती, नेबि संघ पाँचथरका सहसचिव मोतिहाङ केरुङ लगायतको उपस्थिती थियो ।
उनीहरुले तत्काल सरकारले कुटनितिक रुपमा पहल गरेर सँधैका लागि समस्याका समाधान गर्न समेत नेपाल सरकारसमक्ष अनुरोध गरेका छन् ।