लकडाउनमा दैनिकी : विविध अनुभूतिहरु

  • 166
    Shares
लकडाउनमा दैनिकी : विविध अनुभूतिहरु


विष्णु प्रसाद काफ्ले
:


गत पुस महिनाको शुरुतिर चीनको वुहानमा कोरोना भाईरस देखापरेको बारे छिटफुट खबरहरु सुन्दा सम्म कसैको ध्यान आकृष्ट भएको थिएन । यो पनि पहिला पहिलाझै आउने कुनै सामान्य हैजा होला भन्ने लागेको थियो । सामान्यझै लाग्ने विश्व स्वास्थ्य सङगठनका सीमित चेतावनीयुक्त सन्देशहरु बेलाबखत अखबार र टेलिभिजनहरुमा पढे हेरे पनि यो माहामारीको यो हद सम्म जाला होला भन्ने कल्पना सम्म पनि थिएन । तर हाम्रा अड्कल या अनुमानहरु सधै सत्य हुँदा रहेनछन् भन्ने यसपालि देखियो र भोगिदै छ ।
एक्कासी फागुनको मध्यतिर चीन बाहिर खास गरी कोरिया, इटाली, स्पेन जस्ता देशहरुमा भयावह महामारीको रुपमा पैmलिएको कुरा सञ्चार माध्यमहरुमा आए अनि मात्रै कोरोना भाइरस अर्थात कोभिड १९का बारेमा अलिक चाखपूर्वक नियाल्न थालियो । चैत्रको पहिलो हप्ता सम्म आइपुग्दात यसको चर्चा परिचर्चा र सतर्कता ह्वात्तै बढेर गयो ।म त्यसबेला आपूmले काम गर्ने परियोजनाको काममा विराटनगरमै थिए । नियमित हातधुने, मास्क लगाउने, ठूला जमघटहरु हुने ठाँउमा भरसक नजाने, सार्वजनिक यातायातमा चनाखो हुने र यो माहामारीका बारेमा सके सम्म धेरै जानकारीहरु लिने क्रमसँगै जिम्मेवारीहरु अघि बढाईरहे ।
विश्व भरिका संक्रमितहरुको संख्या त्यसबेला सम्म शायद हजारौंको संख्यामा मात्रै थिए, लाखको कुरै भएन । त्यसबेला सम्म कतिकालागि हाँसीमजाक या समय कटाउन गफिने विषय वस्तुमै सिमित थियो कोरोना भाईरस । भनिन्छ–नपरी मान्छेले चेत्दैन, हामी पनि त्यहि ड्याङका मूला भैm थियौं ठ्याक्कै भन्दा । म काम गर्ने संस्थाले यसका बारेमा त्यो भन्दा केहि हप्ता अघिदेखि नै कोभिड १९ सम्बन्धी जानकारी र सावधानी मूलक सन्देशका बारेमा नियमित जानकारी दिन थालिसकेको थियो । सहकर्मी साथीहरु वीच पनि यसका बारेमा नियमित चर्चा हुन थालीसकेको थियो ।
सरकारले पनि त्यसबेला सम्म अन्तरराष्ट्रिय उडानबाट आउने यात्रीहरुको निगरानी र स्वदेशमै पनि ठूला जमघटहरु लगायत नगर्न सचेत गराई सकेको थियो । यहिवीचको सप्ताहन्तमा म विराटनगरबाट इलाम आएको थिए । आउने अघिल्लो दिनदेखि अब माहामारीको सम्भावित स्वरुप र सतर्कताबारे मनमा अनेक कुराहरु खेलिरहेका थिए ।
भीडभाड बस, सम्भावित संक्रमित मान्छे नै सँगैको सिटमा पर्ला कि… यस्तै यस्तै । म प्रायःविराटनगरबाट सार्वजनिक यातायात प्रयोग गर्दै घर आउने गर्दछु । करीब ४ वर्ष अघि म धरानमा काम गर्दा देखि नै त्यसै गरिरहेको छु । सप्ताहन्तमा घर आउने र फर्किने ।
यो पल्ट पनि शनिबारको विहानै म इलामका लागि बस चढे ।तर सदाझै सँगैको सिटमा बस्नेसँग बोलिन, अर्थात् अनुहारै पनि देखाइएन । बरु मास्क लगाएर त्यो ५ घण्टाको यात्रामा चुपचाप आपैmले बोकेको पानी बाहेक केहि नखाई घर आइपुगे । सदै भन्दा फरक लागेको थियो ।
घर आइपुगेकोमा एक किसिमको ढुक्क मनमा पलाएको थियो । अर्कातिर म धेरै ठाँउ र मान्छेसँग हेलमेल हुदै आएको हुँदाकतै आपैm असुरक्षित भएर त आइन या घरमा जोखिम त बढाइनभन्ने डर लकडाउन भएको हप्तौं सम्म भइरह्यो । विस्तारै समय वित्यो, डरपनि हराउदै गयो ।

देखेको कुरा या वस्तुसँग भन्दाअदृश्य कुराबाट हुने डरको शक्तिकति धेरै हुदो रहेछ भन्ने अनुभूति यसपालि भयो । शायद तपाईलाई पनि यस्तै भयो होला ।

जीवन कालकै अनौठो घटना देश व्यापी लकडाउनबाट शुरु भयो । शायद यो बेला सम्म लकडाउनलाई बन्दाबन्दी भन्न पनि थालिएको थिएन होला । अरु देशमा लकडाउन, सोसियल डिस्टेन्सीङ आदि भनियो, जुन हाम्रोमा पनि प्रचलनमा ल्याइयो । पहिले पहिले एकाध दिन बन्दहड्ताल आदिका कारण घर बाहिर नगएको अनुभव त थियो तर कुनै शारीरिक डर वा दृश्य कारण वेगर अझ घरका बाहेक कसैसँग भेटघाटवा प्रत्यक्ष बोलचाल समेत नगरी बस्दा एक प्रकारको अनौठो तर त्रासदीपुर्ण मनोविज्ञानले भरिएर बसियो ।
सञ्चार माध्यम, सामाजिक सञ्जाल र फोनहरुमा जतासुकै जतिबेलै कोरोनाकै चर्चा परिचर्चा मात्रै भए । के होला कसो होला कतिञ्जेललाई होला, एक दुई हप्तामा त सकिएला जस्ता कुरा खेलाउदै दिनहरु वित्न थाले । कतिपय त बन्दहड्ताल माझै बेलुका पख लर्को लागेर घुम्न र भेला हुन निस्केको पनि देखियो । तर यो परिस्थिति अरुकालागि नभई आफ्नै स्वास्थ्य र जीवनकालागि थियो । त्यसैले म लकडाउनको पुर्ण पालना गर्दै ४७ दिन सम्म त घर परिसर बाहिर पनि निस्किन ।
त्यस पछि पनि एकाध पल्ट सतर्कताका सबै उपाय अपनाउदै औषधी र ताजा तरकारी किन्न आधा घण्टाका लागि नजिकैको बजारसम्म पुगेको छु । सकेसम्म घर बाहिर नगई बस्ने प्रयत्न गरीरहेको छु ।
यो नै मेरो एसएलसी पास भए पछि अर्थात झण्डै २४ वर्ष पछिको सबै भन्दा लामो नियमित घर बसाई थियो । त्यो पनि बाहिरी दुनिँयासँग भौतिक (प्रचलनमा सामाजिक दुरी भन्छन्) दुरी कायम गरेर बस्दा सकस, कौतुहलता र अनौठा अनुभूतिहरु क्ति भए कति । कार्यालयको काम घरबाटै गर्ने सुविधाका कारण बन्दाबन्दीको केहि दिनदेखि नियमित काममा लागियो सदा झै । आफ्नै घरको एउटा कोठालाई कार्यालयको रुपमा प्रयोग गर्न थाले ।
परियोजनाका सहकर्मीहरुसँग दैनिक रुपमाहुने अनलाईन बैठक, छलफल र जिम्मेवारीले गर्दा एक प्रकारको सहजता महशुस हुदै गयो । मैले बन्दाबन्दीकावीच घरबाट काम गर्द पुर्णतः कार्यालयमै उपस्थित छु भन्ने वातावरण सुनिश्चित गर्न विहान आठै बजे खाना खाएर सदा झै अफिसियल लुगा लगाएर ठीक साढे आठमा कार्यालय रहेको कोठामा प्रवेश गरे, दिउसो २ बजे खाजा खान निस्के र पछि पाँच बजे पछि कागजपत्र, कम्प्यूटर थन्क्याएर मात्रै परिवार सँग पुगे ।
कम्प्यूटर, इन्टरनेट, अनलाईन बैठक छलफल, नियमित काम र विभिन्न प्रकारका स्वादिष्ट चिया नै मेरा दिनभरका साथीभए । यो वीचमा मैले कार्यालय रहेको कोठामा आएर अफिसको कामगर्दा एकदिन पनि जुत्तानलगाई या घरायशी पोशाकमा बसिन ताकि मलाई म हरक्षण अफिसमै छु भन्ने पुर्ण रुपमा लागोस् ।
कहिले काहि सहकर्मी साथीहरु माझभन्ने गर्छु अचेल विस्तारै बानी परिदैछ र सधै भन्दा बढी काम गर्न थालिएको छ । कार्यालय जाने आउने समय बच्यो, थोरबहुत विहान बेलुका बजारतिर गएर गफिएर बसिन्थ्यो त्यो समय बच्यो, झन धेरै एकाग्रता सहित काम गर्दा झन धेरै गर्न सकियो भन्ने लाग्छ । आखिर उपलब्ध समयलाई कसरी सदुपयोग गर्ने भन्ने हो ।आखिर सबैका लागिउहि परिस्थिति छ, गर्न सकिदो रहेछ । मात्रै भौतिक रुपमा पुग्नै पर्ने ठाँउ वा भौतिक रुपमा भेटघाट गर्दा हुने सहजतामा बानी परेका हामीलाई अन्य माध्यमबाट हुने भलाकुशारी गर्नु पर्दाशुरु शुरुमा केहि कठिनाईहरु झेल्नु परेको छ । कतिपय काम रोकिएका पनि छन् । आखिर मान्छेका लागि पहिलो कुरा जीवन र स्वास्थ्य नै हो, त्यसैले यस्ता असहजतालाई पनि सामान्य रुपमालिएर जे जति गर्न सकिन्छ राम्रो गर्नु पर्छ र वैकल्पिक माध्यमहरुको उपयोग गरी कामलाई सामान्यी करणगर्दै जानु पर्छ भन्ने लाग्छ ।

सकेसम्म आपूmलाई सकारात्मक सोच र चिन्तनको वरिपरि अभ्यस्त रहने प्रयाश गरिरहेको छु । यस्तो समयमा मनोवैज्ञानिक रुपमा सवल महशुस गर्नु पनि विपद्लाई सामना गर्ने एक प्रकारको शक्ति रहेछ ।

कार्यालयको कामबाहेक यो बन्दाबन्दीको समयलाई मैले पहिले नभ्याएका केहि अपूरा लेखन कार्य, कविता, विषयकेन्द्रित लेख रचनाहरु र सामाजिक सञ्जालमाविचारहरु व्यक्तगर्ने, साथीहरुसँग अन्तरक्रिया गर्ने, सोधखोज गर्ने, मन परेका गीतहरु सुन्ने आदि गरेर उपयोग गरेको छु ।पहिला भन्दा बढी अध्ययनमा समय विताएको छु । टाढैबाट भएपनि साथीभाई सिनियर जुनियर सबैसँग पेशागत या व्यक्तिगत विषयहरुमा कुराकानीगर्दै आएको छु । कतिपय नयाँ अवधारणाहरु यसै वीच बनेका छन् । यो हिसावले पनि बन्दाबन्दीको समय मैले अधिकतम् सदुपयोग गरेको छु र मेरो कामका लागि धेरै भन्दा धेरै सिक्ने र क्षमता बढाउनमा लगाएको छु भन्ने लागेको छ ।
भ्यालेरी बर्टीलेली भन्ने एक जना दार्शनिक भन्छन्– मान्छेका लागि खुशी भन्ने चिज उसैको चाहाना र रुचीमा भर पर्दछ मान्छे सबैलाई केहि न केहि दुख वा असजिलो भइरहेकै हुन्छ तर त्यसले आपैmलाई कति प्रताडित बनाउने भन्ने कुरा आफैमा भर पर्दछ । हो यस्तै धेरै कठिनाईहरु धेरैलाई भएका छन्, दैनिक ज्यालादारी गर्ने मजदुर, औद्योगिक श्रमिकहरु, साना व्यवसायी, यातायातकर्मी,आफ्नो र परिवारको जोखिम नभनी विपद्मा सेवा गरिरहेका सञ्चारकर्मी, सुरक्षाकर्मी, एवम् स्वास्थ्यकर्मीहरु, परिवारबाट टाढा बसेका विद्यार्थी, न्यूनआयभएका वर्ग, खेतीपाती, कृषिकर्म गर्ने किसान, उद्योग व्यवसायी, जाएजेथो धितो राखेर ऋणलिएर व्यवसाय गर्नेहरु या वैदेशिक रोजगारीमा रहेका तर रोजगारी गुमेर या असुरक्षाका कारण स्वदेश फर्किन चाहनेलगायत धेरैलाई यस बन्दाबन्दीले कष्टअवश्य नै दिएको छ तर जीवन र स्वास्थ्य रहे मात्रै भोलि पनिआँउछ भन्ने सोच्दा जे जसरी हुन्छयसलाई सहजतापुर्वक सहनु या सामना गर्नुको अर्को विकल्पपनि त छैन ।माहामारीबाट मुक्त रहन सकियो भने पनि त्यसैलाई खुशीमानेर बस्नु नै दैनिक जीवनलाई सामान्य बनाउनु हो । सकेसम्म मानवीय ढंगले सोचेर अप्ठ्यारोमा परेकालाई सकेसम्म सहयोग गर्दै अहिलेको अवस्थालाई सामना गर्नु पर्दछ ।

कमसेकम हामीले अहिले सम्मको सतर्कता र सावधानीका कारण दुनियाँका विकशित देशहरुले समेत थेग्न हम्मेहम्मे परेको पीडादायी कहरहरु भोग्नु परेको छैन । यसैलाई उपलब्धीका रुपमा मानेर अहिलेको असहज अवस्थालाई सहजता मान्नु पर्ने हुन्छ ।

थाहा छैनअझै यो माहामारी कहिलेसम्म र कुनहद सम्म जाने हो । बन्दाबन्दी मात्रै एक मात्र विकल्पत सधैंभरिलाई नहोला । अब हामीले क्रमशः सावधानी र सतर्कताका साथै महामारी सँग जुध्ने आर्थिक, भौतिक र मनोवैज्ञानिक सामथ्र्यको विकास गर्दै जानु पर्दछ । मानौं यो अझै लामो समय सम्म गयो भने सावधानी र सतर्कताले मात्रै हामीलाई जोगाउन सक्दैन यदि हाम्रो सामथ्र्यता कमजोर बन्दै गयो भने ।पढ्न हेर्न पाइन्छ जापानका कतिपय ठाँउहरुमा दैनिक धेरै पल्ट ठुला साना भूकम्पहरु गइरहन्छन् तर त्यहाँका मान्छे सधै चौरमा त सुत्दैनन्, बस्दैनन्, उनिहरुले भूकम्पबाट कसरी सुरक्षित रहने भने आम संरचना, पूर्वाधार र जीवनशैलीहरुलाई सो अनुकुल बनाएका छन् र क्षमता विकास गरेका छन् ।

हो त्यस्तै यो माहामारी लामोसमय सम्म गयो भने हामीले सोहि अनुकुलको सामथ्र्य र जीवनशैलीको विकास गरेर हाम्रा आर्थिक लगायतका गतिविधीहरुलाई नियमित गर्दै जानु पर्ने हुन्छ । यसमा सरकार र हामी सबै जनताको उत्तिकै भूमिका रहन्छ ।

गएको चैत्र ११ गते देखि शुरु भएको बन्दाबन्दी एक दिन दुई दिनगर्दै अहिले आठौं हप्ताको पनिअन्त्यतिर आइसकेको छ । विश्वमा झण्डै साढे छयालिस लाख मानिस कोभिड १९ बाट संक्रमितभई तीनलाख बढीको निधन भइसकेको छ ।विश्वभर खर्बौको आर्थिक क्षति र लाखौंले रोजगारी गुमाएका छन् । नेपालमा पनि संक्रमितको संख्या तीन सय हाराहारी पुगेको छ भने २ जनाको निधन पुष्टि भएको छ । उद्योगधन्दा, बजार व्यवसाय, कृषि, विकास निर्माण आदि धेरै क्षेत्र प्रभावित भएको छ । निर्यात ठप्प छ भने राजस्व उठ्ने दरमा ठूलो गिरावट आएको छ ।
खास गरी यो लकडाउनको प्रभाव अहिले जति देखिएको छ यो सकिए पछि वा केहि महिना पछि अझै धेरै देखिन सक्ने अनुमानहरु विज्ञहरुले गरेका छन् । बmमशःयस्ता विपद्हरु सामना गर्ने आर्थिक क्षमता घट्दै जान्छ र रोगले भन्दा पनि क्षमताको कमीले गर्दा समाज बढी प्रभावित हुने देखिन्छ ।
त्यसैले गर्दा पनि बन्दाबन्दीको स्वरुपलाई केहि न केहि ढंगले परिवर्तित गर्दै परीक्षण, उत्पादन लगायतका अन्य आर्थिक क्रियाकलापहरुलाई निरन्तरता दिदै जानु पर्ने हुन सक्छ । धेरै कुरा गर्न पाइएनहोला तर अरु धेरै कुरा जान्ने, गर्ने, अभ्यस्तहुने र नयाँ सोचहरु जन्न्माउने अवसर पनिपाइएको छ । मान्छेलाई खुशीकालागि धेरै कुरा चाहिदैन, केवल सोचमाखुशीअनुभूत गर्न सकियो भने पुग्छ । घरपरिवारसँग नजिकिने र आत्मीयता अनुभुत गर्ने अवसर यो वीचमा सदा भन्दाबढी नै पाइयो । काम गर्ने तौरतरिका र नवीन्तम् प्रविधिहरुको प्रयोग गर्ने अवसर पनि यहिवीचमा जुर्यो ।

सामाजिक सञ्जाल, फोन, इमेल, सञ्चार माध्यम आदिले पहिले भन्दा बढी पेशागत र व्यक्तिगत अन्तरक्रिया गर्ने अवसरहरु जुरे । साथीभाईसँगको आत्मीयता बढ्यो ।पातलिएका या विर्सिएका धेरै सम्बन्धहरु पुनर्जिवित भए । अर्थात् एउटा नौलो परिस्थिति र अनुभूतिका क्षणहरु भोग्न पाइयो । अचानक आएको यो परिस्थितिले धेरैलाई विचार, अभ्यास र प्रविधिलाई नयाँशिराबाट सोच्ने अवसर पनिदिएको छ । हाम्रा शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक र धार्मिक कार्यहरुमा समेत नयाँपन र शैलीहरु आए । शायद आधुनिक प्रविधी र सञ्चारको प्रयोगका क्षेत्रमा धेरैभन्दा धेरै सहभागी हुने र अभ्यस्त हुने अवसरहरु आए । आगामी दिनमा यसलाई थप विस्तार गरी हाम्रा विकास निर्माणका काम, पेशागत या व्यवसायिक कार्यहरुलाई मितब्ययी र कुशल बनाउने आधारका रुपमा अहिलेको अवस्थालाई लिन सकिएला ।

यो बन्दाबन्दीका वीच महशुस भएको सबै भन्दा महत्वपुर्ण अर्को पाटो भनेको विपद् बाजा बजाएर आउदैन, यो जूनसुकै बेला भयानक बनेर आउन सक्छ भन्ने हो । यसका लागि हामी पूर्वाधार, सम्यन्त्र, प्रविधि र तयारी हरेक हिसावले हरदम तयार हुनु पर्छ । यसका साथै आर्थिक आत्मनि रर्भरता र सक्षम अन्तर निर्भरताले मात्रै विपद्सँग लड्ने क्षमता राख्दो रहेछ भन्ने अर्को सिकाई हो । व्यक्तिगत सरसफाई र स्वास्थ्यलाई ख्याल राख्ने मामिलामा यो अवधिले हरेक मान्छेमा गुणात्मक चेतना र परिवर्तन ल्याएको छ । यो शिक्षालाई अबका दिनमा अझै प्रभावकारी र सामथ्र्यवान् बनाउन जरुरी देखिन्छ । यस्तो घडीमा हडबडाएर या आत्तिएर होइन सावधान र थप क्षमता दर्शाएर जुध्नु पर्छ भन्ने कुराको महशुस भएको छ ।

एक किसिमले भन्दा यो ५०–५५ दिन एकान्तवासकै रुपमा रहदा कसरी त्यसलाई सहजबनाउने भन्ने कुरा मनमा खेल्यो । त्यो भन्दा धेरै मानिस आफै कसरी खुशीबन्ने र आन्तरिक खुशीजगाउने भन्ने कुरामा पहिला भन्दा केन्द्रित भइयो । मानवजीवनका यी अनौठा र अनपेक्षित क्षणका अनुभूतिहरुले हाम्रो सोच, सभ्यता, विकासको शैली, प्राथमिकता र चालचलनलाई समीक्षागर्दै मानवकेन्द्रित विकासका लागि सोच्न थप बाध्य बनाएको छ । कालो बादलमा चाँदीका घेरा भने झै हरेक समस्याहरुमा पनि अवसरका किरणहरु पहिल्याउन हामीलाई अवश्य पनि थप सशक्त बनाएको हुनु पर्छ ।
अब यो क्रम सकिए पछि अर्थात् बन्दाबन्दी र कोरोनाको त्रास घट्दै गएपछि फेरी पहिलेकै जस्तो दैनिकीमा अभ्यस्त हुन कति धेरे लाग्ने हो थाहा छैन । विगतमा फरक प्रकारका विपद्हरु देखिएको भोगिएको थियो । अहिले अरुसँग भन्दा आफ्नै सँग, टाढाका भन्दा नजिकै सँगै र देखिएको होइन देख्नै नसकिने वस्तुसँग डराउनु पर्ने भयो ।सामाजिक प्राणीभएर पनि मान्छेको जमघट या भेटघाट सँग टाढिनु पर्ने अवस्था आयो । रेमोण्ड विलियम भन्छन् –अनपेक्षित विपद्का हकमा सधै सबैभन्दा खराब अवस्था सँग लड्न तयार हुनु हो र यसकालागिभौतिक, मानसकि र अध्यामिक सोच र बहन गर्ने क्षमता झन बढाउनु पर्दछ । यसले विपद्को समग्र क्षतिकम गर्न या त्यसको प्रभावबाट छिटै पार पाउन सघाउ पु¥याउँछ । त्यसैले यस्ता विपद्का समयमा अनावश्यक र नकारात्मक चिन्त ामात्रै नगरी यसलाई कसरी सहजै सामना गर्ने र भविश्यमा नयाँ अवसरहरुका लागि कसरी अघि बढ्ने भन्ने चिन्तनतर्फ केन्द्रित हुनु हितकर हुने छ । म सम्झी रहेछु आज भन्दा दुई महिना अघि विराटनगरबाट इलामतर्फ आउदै गरेका क्षणहरु अनि अनुमान गरिरहेछु केहि समय पछि फर्किने दिनहरुलाई । यसवी चमेरो व्यक्तिगत, पारिवारिक,सामाजिक र पेशागत सोचाई र शैलीमानिकै परिवर्तन भएको महशुस गरिरहेको छु । आशा गरौंअप्ठ्यारा दिनहरु चाडै सकिने छन् र पहिले झै सहज दैनिकीहरुले निरन्तरता पाउने छन् । हाम्रो जीवन सुरक्षित रह्यो भने भोलि अरु सुख सुविधा र सहजताहरु अवश्य नै आउनेछन् ।

बरु दुख सकिएर सुख आउँछ, आजका समस्या भोलिका लागि अवसरहरु बन्ने छन् भन्ने सकारात्मक सोचेर आपूmलाई बलियो बनाउँ र विपद्को सामना गर्दै जाँउ ।

(लेखक कृषि तथा ग्रामीणविकासका क्षेत्रमा कार्यरत हुनुहुन्छ)

Email: bishnukafle.ilam@gmail.com