फिक्कल खानेपानीद्धारा पत्रकारलाई माक्स र सेनिटाइजर वितरण

  • 73
    Shares
फिक्कल खानेपानीद्धारा पत्रकारलाई माक्स र सेनिटाइजर वितरण

फिक्कल : इलामको सूर्योदय नगरपालिकामा रहेको फिक्कल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले सूर्योदय नगरलाई कार्यक्षेत्र बनाएर खटिएका पत्रकारहरुलाई माक्स र सेनिटाइजर प्रदान गरेको छ ।

समितिले नगरमा रहेको २ वटा रेडियो र २ वटा अनलाइन तथा साप्ताहिकका फ्रन्ट लाइनमा खटिने पत्रकारहरुलाई १६ वटा एन–९५ माक्स, सेनिटाइजर तथा पन्जा वितरण गरेको हो । खानेपानी संस्थाका अध्यक्ष दुर्गा बरालले मिडिया हाउका प्रतिनिधिहरुलाई सामाग्री हस्तान्तरण गरे ।


समाजलाइ सचेत गराउने पत्रकार आफै जोखिममा रहेको महसुसपछि समितिको बैठकले निर्णय गरेर नै माक्स, सेनिटाइजर तथा पन्जा वितरण गरिएको खानेपानी संस्थाका कोषाध्यक्ष समेत रहेको पत्रकार दिनेश महतले बताए । कार्यक्रममा बोल्दै बरालले जनतालाई विश्वमा महामारीको रुपमा फैलिएको कोरानोको बारेमा सुसुचित गराउने पत्रकारलाई माक्स, सेनिटाइजर लगातयका सामाग्री दिनु पाउँदा खुशी लागेको बताए ।

उनले लकडाउनको अवस्थामा आफना उपभोक्ताहरुको सहजताका लागि खानेपानी महसुलमा समेत छुटको व्यवस्था ल्याएको बताए ।उनले जेठ महिनाबाट लागु हुने गरी महसुलमा २५ प्रतिशत छुटको साथै ३ महिनासम्मको जरिवाना समेत नलिने व्यवस्था गरिएको बताए । समयावधी भन्दा ढिलो महसुल तिर्नेले छुट र जरिवाना मिनाहा नपाउने बरालले बताए ।