क्वारेन्टिनमै बाजुराका एक पुरूषको मृत्यु

Breaking News Hot News Mukya Samachar Special News Trending स्वास्थ्य/शिक्षा

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ मा रहेको मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा एक जना पुरुषको मृत्यु भएको छ।

भारतबाट आएका ६५ वर्षीय ती पुरुष जेठ १६ गतेबाट क्वारेन्टिनमा बस्दै आएका थिए।उनको शनिबार बिहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बताए।

मृतक दमका बिमारी थिए। ‘क्वारेन्टिनमा राख्दादेखि नै उनको स्वास्थ्य अवस्था ठीक थिएन,’ उनले भने।उनको स्वाब परीक्षण कहाँ गर्ने भन्ने अन्यौल छ।सुदूरपश्चिममा कोरोनाको परीक्षणका लागि स्वाब संकलन गर्न स्थगित गरेकामा के गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र कार्कीले मृतकको स्वाब परीक्षण गरिने बताए।बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली छेडेदह जान लागेको जानकारी दिए।उनले स्वाब परीक्षण पछि वा अघि शव व्यवस्थापन गर्ने भन्ने विषयमा स्वास्थ्यकर्मीहरू घटनास्थलमा पुगेपछि निर्णय लिइने बताए।

Leave a Reply

Your email address will not be published.