इलाममा पहिलो कोरोना संक्रमित फेला

Breaking News Hot News Mukya Samachar Special News Trending


संक्रमित फेला परेपछि करफोकको क्वारेन्टाइन शिल
इलाम : इलाममा पहिलो कोरोना संक्रमित फेला परेका छन् । भारत चेन्नाइबाट आएका २६ वर्षिय पुरुषमा मंगलबार कोरोना संक्रमित फेला परेका हुन् ।
गएको १८ गते भारतबाट आएका सूर्योदय नगरपालिकाका युवाको २२ गते पिसिआर लिइ परिक्षणका लागि बिराटनगर स्थित कोशी अञ्चल अस्पताल पठाइएको थियो । सो रिपोर्ट मंगलबार मात्र आएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए । उनका अनुसार संक्रमित युवालाई थप उपचारका लागि पूर्वाञ्चल बिश्व विद्यालय गोठगाउँमा पठाइएको छ ।
भारतसँग सिमा जोडिएको सूर्योदय नगरपालिकामा फेला परेका संक्रमित झापाको काकरभिटा नाकाबाट नेपाल आएका हुन् । संक्रमित पुरुषको स्थाई ठेगाना समेत सूर्योदयमा नै रहेको नगरपालिकाका फोकल पर्सन तथा वडा नम्वर १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए । उनका अनुसार करफोकको क्वारेन्टाइनमा हाल ६४ जना मानिस रहेका छन् । संक्रमित फेला परेपछि करफोक क्वारेन्टाइन शिल गरिएको छ । सो क्वारेन्टाइनलाई शिल गरिएको फोकल पर्सन लामाले जानकारी दिए । अधिकांश भारतबाट आएका मानिसहरु सो क्वारेन्टाइनमा बस्दै आएको उनले बताए ।
जिल्लामा हालसम्ममा करिव ५ सयको पिसिआर जाँच गरिसकिएको बताइएको छ । अव जिल्लाका पत्रकारहरुको समेत पिसिआर परिक्षण गरिने स्वास्थ्य कार्यालय इलामले जानकारी दिएको छ ।
केहि दिन यता जिल्लामा बाक्लो रुपमा चहल पहल सुरु भएको थियो । पहिलो संक्रमित फेला परेसँगै जिल्लाबासीमा त्रास बढेको छ । अत्यावश्यक रुपमा सञ्चालन हुने पसलहरुमा समेत भिडम्भाड कम हुने आशंका गर्न थालिएको छ । इलाम बजारमा लकडाउनको उलंघन गर्दै केही दिन यता दैनिक उपभोग्य बस्तु खरिख गर्ने उपभोक्ताको भिड बढ्ने गरेको थियो ।

Leave a Reply

Your email address will not be published.