उद्योग र किसानलाई प्रोत्साहन गर्न सरकारलाई सूर्योदय टी एसोसिएसनको ध्यानार्कषण

Breaking News Hot News Mukya Samachar Special News Trending

फिक्कल ।  उद्योगी र किसानलाई प्रोत्साहनको लागि स्पष्ट निति अभावका कारण समस्या सृजना भएको भन्दै चिया उद्योगीले सरकारको ध्यानार्कषण गराएका छन् । नेपालको चिया विश्व बजारमा चिनाउन नेपाल सरकारको पहल नहुनु र किसानहरुमा अनुदानको व्यवस्था नहुँदा चिया क्षेत्र धरासायी बन्दै गएको उद्योगीहरुले गुनासो गरेका छन् । चियाको राजधानी मानिएको सूर्योदय नगर क्षेत्रका उद्योगीहरुको साझा संस्था सूर्योदय टी प्रोडयुसर्स एसोसिएनले विज्ञप्ती जारी गर्दै चिया क्षेत्रमा अनुदानको माग गरेका हुन् । उद्योगीहरुले राज्यले कच्चा पदार्थको सर्मथन मुल्य तोक्दा तयारी वस्तुको पनि बिक्री सर्मथन मुल्य तोक्न माग गरेका छन् ।
तयारी चिया सर्मथन मुल्यमा बिक्री नभए राज्यले खरिद गरी किसान र उद्योगीहरुलाई न्याय दिनुपर्ने एसोसिएनले माग राखेका छन् । अहिले कोरोनाको महामारीको अवस्थामा नेपाली चिया बजार धरासायी भएको अवस्थामा भारतीय चिया उत्पादकहरुले नेपालमा उत्पादित चियामा राजनितिक दवाव दिएर रोक रोक लगाउँदा समस्या पैदा भएको उद्योगीहरुले गुनासो गरेका छन् । विगत २ वर्ष देखि तयारी चियाकोे बिक्री मूल्यमा गिरावट आउनुका साथै इन्धनको मुल्य वृद्धि हुँदा उत्पादन लागत बढ्दै गएको एसोसिएनसका कार्यवाहक अध्यक्ष डिल्लीराम श्रेष्ठले बताए । उहाँले स्टक चियाको आधारमा पुर्नकर्जा उपलब्ध गराउन सहजीकरणका लागि सरकारसँग अनुरोध गरेका छन् । हाल प्रशोधनमा रहेको तयारी चिया स्टक रहेपनि त्यसका आधारमा बैंकले कर्जा नदिँदा किसानहरुलाई हरियोपत्तीको भुक्तानी दिन समस्या रहेको कार्यबाहक अध्यक्ष डिल्लीराम श्रेष्ठले बताए ।
८ बुदे ध्यानार्कषण पत्र जारी गर्दै एसोसिएनसले व्यवसायीहरुले तिरेको कर रकममा नगरले आवश्यक रकम थपि कृषकलाई आवश्यक प्राबिधिक तालिम तथा चियाको अर्गानिक प्रमाणिकरण प्रक्रियामा बजेट बिनियोजनाको माग गरेको छ । चिया रोपण,संरक्षण, तथा व्यवस्थापनमा तत्काल सहुलियत ऋणका साथै चिया किसानहरुलाई अनुदानमा रसायनिक तथा जैविक मल तथा औषधी उपलब्ध गराउन माग राखेका छन् । कोरानाका कारण नेपाली चियाले बजार नपाएपछि उद्योगीहरुले हरियोपत्तीको मुल्य घटाएका थिए । एसोसिएनसनमा आवद्ध केही उद्योगले जेठ दोश्रो साता लकडाउनको अवस्थामा चियाको बजार अस्थिर भएको भन्दै ३० प्रतिशत माथी मुना भएको हरियोपत्तीलाई ३० रुपैया, ५० प्रतिशत भन्दा मुनि ३० प्रतिशतसम्मकोलाई २० रुपैया मुल्य तोकेका थिए । उद्योगले विमश परिस्थितीमा तोकिए भन्दा बढि मुल्य भुक्तानी गर्न नसक्ने बताएपछि सूर्योदय नगरपालिकाका किसानहरु आन्दोलित भएका थिए ।
किसानहरुले नगरपालिकाले तयार पारेको गुणस्तरिय चिया उत्पादन मापदण्ड कार्यान्वय कार्यविधी २०७५ अनुसार मुल्य पाउनुपर्ने माग राखेका छन् । अर्थोडक्स चियाको सिजन अनुसारको मुल्य तथा लागत मुल्य नै धान्न नसकिरहेको अवस्थामा नगरसँग पटक पटक छलफलबाट किसान नआएपछि यस विषयमा सबै पक्षको चासो र सरोकार हुनू अनिवार्य रहेको एसोसिएनले जनाएको छ । किसानहरुको आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्योदय नगर कमिटिले समेत समर्थन जनाएपछि उद्योगीहरुले हालको अवस्थामा कार्यविधिका अनुसार न्युनतम ४० रुपैया दिँदा लागत समेत नउठने बताए ।

Leave a Reply

Your email address will not be published.