सरकार बिरुद्ध सडकमा युवा

Breaking News Hot News Mukya Samachar Special News Trending

इलाम, असार : इलाममा पनि स्वत स्फूर्त युवाहरुको जमातले सरकार बिरुद्ध आन्दोलन गरेका छन् । हालको सरकारले जनताको हित बिपरित काम गरेको भन्दै इलामका युवाहरुले आन्दोलन गरेका हुन् ।
सोमबार इलाम चोक बजारमा भेला भएका युवाहरुलाई प्रहरीले आन्दोदन गर्न नदिएपछि चोकबजार नजिकै रहको ट्याक्सी स्टेण्डमा गएर आन्दोलन गरेका थिए । गरिखाने वातावरण बनाउ, सांसदको भत्ता पाक्ने जनताको भात नपाक्ने, भ्रष्ट सरकार मुर्दाबाद, होला माथिको खादेश तर तिम्रो पनि होइन देश ? लगायतका प्ले काड बोकेका युवायुवतीहरुले राष्ट्रगान बजाएर कार्यक्रमको सुरुवात गरेका थिए । उनीहरुले सांकेतिक रुपमा युवाहरु सडकमा आएको बताउँदै हालको सरकार हालसम्मकै सबैभन्दा कमजोर सरकार भएको टिप्पणी गरे ।
आरडिटी परिक्षणको काम नभएको, कोरोना बिरुद्ध हालसम्म भएको खर्च सार्वजनिक गरिनुपर्ने बन्दै आन्दोलन गरेको बताएका छन् ।

सरकारले हालसम्म १० करोड रकम जनतालाई जोगाउन कोरोना बिरुद्ध खर्च गरिसकेको भनेपनि हालसम्म सो रकम कहाँ गएको भनेर प्रश्न गरेका छन् । यस्तै आन्दोलन हिजो इलामको सूयोदय नगरपालिका स्थित फिक्कल बजारमा समेत भएको थियो । हाल देशभर नै युवाहरुले सरकार बिरुद्ध चर्का नारा लगाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.