असार इलाममा सिडिओ बिरुद्ध नेपाली काँग्रेसले नाराबाजी गरेको छ । प्रधानमन्त्रीलाई बिभिन्न माग सहितको ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी मार्फत दिन जाँदा लिन नमानेपछि जिल्ला प्रशासन कार्यालय सहित सडकमा सिडिओ बिरुद्ध नाराबाजी गरेको कांग्रेस इलामले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।
काँग्रेसले मंगलबार जिल्ला प्रशासन कार्यालयमा गएर भौतिक दुरी कायम गर्दै ध्यानाकर्षण पत्र बुझाउन खोज्दा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइँले लिन अस्विकार गरेपछि प्रशासन कार्यालय भित्रै कांग्रेस कार्यकर्ताले नाराबाजी गरेका थिए । उनीहरुले इलामको प्रमुख जिल्ला अधिकारी मुर्दाबाद, जिल्ला प्रशासन कार्यालय इलाम मुर्दाबाद लगायतका नारा लगाएका थिए । जिल्ला प्रशासन सहित इलाम बजारमा समेत नाराबाजी गरेको कांग्रेसले पार्टी कार्यालयमा पुगेर कोण सभा गरेको थियो । कोण सभामा पनि प्रजिअ सेडाइँले सरकारकै बलमा प्रमुख जिल्ला अधिकारीले ध्यानाकर्षण पत्र नलिएको आरोप लगाएको छ ।
नेपाली काँग्रेस केन्द्रीय समितिकै निर्देशनमा देशका ७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको थियो । सोहि कार्यक्रम अनुसार १६ बुँदे माग सहितको ध्यानाकर्षण पत्र लिएर इलाममा पनि प्रसासन कार्यालय जाँदा प्रजिअले ध्यानाकर्षण पत्र लिन अस्विकार गरेको नेपाली कांग्रेस इलामका पार्टी सचिव खगेन्द्र देवानले जानकारी दिनुभयो । उहाँले कोरोना भाइरसको महामारी रोकथाममा सरकारले १० अर्ब खर्च गरेको भनिएको रकमको पारदर्शी गर्नुपर्ने, अब्यवस्थित क्वारेन्टाइनलाई ब्यवस्थित गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने लगायतका मागहरु सहित कार्यलयमा पुग्दा सिडिओले बेवास्ता गरेको बताउनुभयो ।
नेपाली कांग्रेस नेतृत्व सहित भात्रृ संस्थाका प्रमुख तथा प्रतिनिधि एवम् प्रशासन कार्यालय पुगेर १ घण्टा बस्दा पनि प्रजिअले ध्यानाकर्षण पत्र नलिएपछि नाराबाजी गरिएको उहाँले बताउनुभयो ।
यता प्रजिअ सेडाइँले भने आफुले कार्यकक्षमा १०, १५ जना मात्र भएर आउनुहोस भन्दा उहाँहरुले सडकमा बोलाएर दिने भनेपछि आफुले सो कुरा अस्विकार गरेको बताउनुभयो । प्रजिअ सेडाइँले ध्यानाकर्षण पत्र नै नलिने भनेको नभएर उहाँहरुले अनर्गल प्रचार गरेको बताउनुभयो । कार्याकक्षमा नै त्यत्रो संख्यामा आउँदा भौतिक दुरी कायम हुन नसक्ने भएपछि १०, १५ जना मात्र आउनु भन्दा उहाँहरुले नाराबाजी सहित बिरोध गरेको उहाँको भनाई छ ।
सिडिओ बिरुद्ध सडकमा कांग्रेस
