खोलामा डुबेर चापागाइँको मृत्यु

Breaking News Hot News Mukya Samachar Special News Trending


इलाम: इलामका एक ब्यक्तिको खोलामा डुबेर मृत्यू भएको छ । इलामको देउमाई नगरपालिका ५ का २५ बर्षीय हरि प्रसाद चापागाई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
सोमवार दिउँसो देखी हराईरहेका चापागाई मंगलबार उक्त खोलामा डुबेर मृत अवस्थामा फेला परेको जिल्ला एब नम्वर प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली खटि गई अनुसन्धान तथा कानूनी प्रकृया भईरहेको छ ।
आफैँ आत्माहत्या गरेको वा खोला तर्ने क्रममा मृत्यू भएको भन्नेबारे जानकारी नआइसकेको बताइएको छ ।

इलाम देउमाई नगरपालिकामा रहेको इलाम मर्निङ ग्लोरी स्कुलका शिक्षक समेत रहेका उनी सामाजिक क्षेत्रमा समेत क्रियाशिल थिए । उनको मृत्यूपछि उनका साथी तथा आफन्तहरुले सामाजिक सञ्जालमा दुख ब्यक्त गरेका छन् । इमान्दार तथा सामाजिक क्षेत्रमा समेत क्रियाशिल चापागाइँ घरबाट हिँडेको भोलीपल्ट मात्र फेला परेका थिए ।

Leave a Reply

Your email address will not be published.