इलामको सूर्योदय नगरपालिकामा पनि भित्रियो सलह किरा

Breaking News Hot News Mukya Samachar Special News Trending

बिनासकारी किरा सलह इलाममा पनि भित्रिएको छ । इलामको सूर्योदय नगरपालिका एक धजेभन्ने स्थानमा सो किरा आएको हो । भारतसँग सिमा जोडिएको सो क्षेत्रमा भारतबाट नै सो किरा नेपाल प्रवेश गरेको स्थानयबासीको भनाई छ ।
चिया, मकै लगायतका घाँसमा बसेको यस किराले सोहि बनस्पती खाएको छ । चिया, मकै, स्कुस लगायतको घाँस सलह किराले खाएपछि स्थानिय चिन्तित छन् । किसानले लगाएको बाली नै खाएर सखाप पारेपछि स्थानिय चिन्तित भएका हुन् । चियाको मुना नै खाएपछि उनीहरु अझै चिन्तित भएका हुन् । करिव १० रोपनी क्षेत्रफलमा फैलिएर बसेको सो किराले एकै छिनमा बाली खाएर सखाप पारेको स्थानिय चेतन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार चियाबगान भित्र प्रवेश गरेको किरा दिउशैबाट देखा परेको थियो । राती र आज बिहान के कति क्षति गर्यो, त्यसको बिवरण आउन नसकेको उहाँले बताउनुभयो ।
सलह किराको झुण्ड इलाममा प्रवेश गरेपछि जिल्लाबासी चिन्तित भएका छन् । भर्खरै रोपेको धान, रोप्न लागेको धानको बेर्ना, मकै, स्कुस, अलैँची लगायतका बाली कसरी जोगाउने भन्ने चिन्ता छाएको किसानहरुको भनाई छ । केही मानिस भने सलह आएपछि बिक्रि हुन्छ भन्ने थाहा पाएपछि किरा बेच्न पाइन्छ भनेर खुसी समेत ब्यक्त गर्ने गरेका छन् । देशका बिभिन्न स्थानिय तहले सो किरा खरिद गर्ने बताएपछि किरा बिक्ने भन्दै केही मानिसहरु खुसी भएका हुन् । तर इलामका स्थानिय तहले भने यसलाई खरिद गर्ने बिषयमा केही औपचारिक घोषणा गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published.