रहेन गठे मंगलको रौनक

Breaking News Hot News Mukya Samachar Special News Trending

टीका खतिवडा
इलाम साउन:
गएको वर्ष निकै तामझाम र रौनकताका साथ निकालिएको गठे मंगल स्मरण गर्दै इलाम बजारका सुदिप श्रेष्ठले भने यष वर्ष बिधि पुर्याउन मात्र यो पर्व मनाइरहेका छौँ । अघि अघि पञ्चे बाजा सहित नेवार र अन्य जातजातीको सहभागितामा मनाइने गठे मंगल यस वर्ष इलाममा बिधि पुर्याउन मात्र निकालिएको आयोजा नेपाल भााषा तथा संस्कृति समाज इलामले जनाएको छ । यस वर्ष गठे मंगल कोरोना भाइरस र लकडाउनका कारण बिधि पुर्याउन मात्र निकालिएको बताइएको छ ।


सिमित ब्यक्तिहरुको सहभागितामा निकालिएको गठे मंगल इलाम नगर परिक्रमा गरेर बिसर्जन गरिएको छ । राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै बिषेश गरि नेवार समुदायले मनाउने यो पर्वमा खासै रौनकता भने पाइएन । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने चलन रहेको नेपा भाषा तथा संस्कृति समाज इलामका अध्यक्ष प्रविण श्रेष्ठले जानकारी दिए । उनका अनुसार आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठे मंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ । त्यसअघि नेवार समुदायमा टोलवासीलाई छ्वालीको चिराग समात्न लगाई तिन पटक परिक्रमा गराउने चलन रहँदै आएको छ ।
बिशेष गरि काठमाण्डौमा मनाइने गठे मंगल इलाम सहित पूर्वी पहाडी जिल्लाहरुमा समेत मनाइन्छ । इलामका पनि इलाम बजार, मंगलबारे लगायतका स्थानमा समेत मनाइन्छ ।
परापूर्वकालमा नास्तिक व्यक्तिले ‘भगवानको नाम सुन्न नपरोस’ भनी कानमा घन्टा झुन्ड्याएको र उसको आतंकले धेरैलाई अप्ठ्यारो परेकाले उसको आज दहन गरिएको कथन रहेको छ ।
गठे मंगल पछि वर्षका चाडपर्वहरु सुरु भएको संकेत हुन्छ । अव यो वर्षभर मनाइने चाडपर्वहरु सुरु भएका छन् । नेवारी समुदायले मनाउने पर्वहरु लाखेजात्रा, रोपाई पर्व र गाईजात्रा मनाएर सम्पन्न हुने गरेको छ । यस दिनमा मान्छेहरुले गठेमंगलको औँठिका रुपमा विभिन्न धातुको औठिँ लगाउने र घर घरबाट भुत भगाउने चलन पनि कायम छ ।
अव मनाईने गाइजात्रा र रोपाइँजात्रालाई समेत यस्तै औपचारिकतामा मात्र सिमित राखेर अघि बढ्ने संस्कृति समाज इलामका सदस्य सुदिप श्रेष्ठले बताउनुभयो । बिश्व स्वास्थ्य संगठन र नेपाल सरकारले राखेको नियम सहित अघि बढ्ने उनले बताए । भौतिक दुरी कायम गर्दै गठे मंगल पर्व मनाईएको र अवका पर्वहरु समेत यसैगरि मनाइने उनले बताए । रौनक घटे पनि बिधि र परम्परालाई कायम गर्दै यो पर्व मनाइएको वताइएको छ । केही युवाहरु र निष्चित ब्यक्तिको सहभागितामा यस वर्षको पर्वको सुरुवात गर्नुपर्दा दुख समेत लागेको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published.