बिहीबारदेखि जिल्लाभित्र सबै सार्वजनिक सवारीसाधन चल्ने, त्यसपछि प्रदेश र देशैभरी चलाइने

Breaking News Hot News Mukya Samachar Special News Trending

व्यवसायीहरु सार्वजनिक सवारीसाधन चलाउन तयार भएका छन्। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वीचमा बिहीबारबाट जिल्लाभित्र पूर्ण रूपमा सवारी चलाउन सहमति गरेका हुन्।

सोमबार  यातायात व्यवस्था विभागमा महासंघ, तीनवटै यातायात सम्बद्ध ट्रेड युनियन,महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच छलफल भएको थियो। यातायात श्रमिकहरुका कोरोना बीमाको ५० प्रतिशत सरकार  र व्यवसायीले ५० प्रतिशत व्योहोर्ने सहमति भएको छ।

मजदुरको कोरोनाका कारण निधन भएमा आश्रित परिवारलाई क्षतिपूर्तिका लागि सरकारका तर्फबाट कोष स्थापना गर्न विभागले सम्बन्धित मन्त्रालयमा सिफारिस गर्ने छ। श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू(मास्क, सेनिटाईजर, पन्जा, पिपिई) सम्बन्धित व्यवसायीले उपलब्ध गराउने सहमति भएको छ।

 लामो, छोटो र मध्य सबै सवारी साधन संचालनका लागि विभागले मन्त्रालयमा मार्फत सिफारिस गर्ने सहमति भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। विभागका महानिर्देशक गोगनबहादुर हमालले पनि यातायात संचालनमा सहमति भएको बताए।

‘हाम्रो मुख्य चासो स्वास्थ्यका मापदण्ड पालना गर्ने विषयमा हो। चालक, सहचालक,यात्रुको स्वास्थ्यको विषय छ,’ उनले भने। व्यवसायीहरुले सवारी साधनमा सेनिटाइजर राख्नुपर्नेछ। चालक, सहचालक मास्क, पंजा, सेनिटाइजर, पीपीइ लगायतका स्वास्थ्य सामाग्री दिनुपर्छ।

बसहरु स्टपहरुमा मात्र रोकेर यात्रु चढाउने र ओराल्ने गर्नुपर्नेछ। हमालले कोरोनाको प्रभाव कम हुदै गए विस्तारै जिल्लाबाट प्रदेश हुँदै देशैभरि गाडी चलाउने गरि कार्ययोजना बनेको बताए। अहिले उपत्यकामा  धेरै सवारीसाधन संचालनमा आइसकेका छन्। उपत्यका बाहिर पनि केही कम्पनीका सवारीसाधन संचालन भइरहेका छन्।

Leave a Reply

Your email address will not be published.