मनसुन पुनः सक्रिय, अत्यधिक वर्षा हुने

Breaking News Hot News Mukya Samachar Special News Trending समाचार

काठमाडौँ। मनसुन केही दिन कमजोर रहेको थियो। सोमबारदेखि यो पुनः सक्रिय भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु नेपाल प्रवेश गरेकाले अब केही दिन अत्यधिक वर्षा हुने देखिन्छ।

मौसमविद सजिना शाक्य देशभर निरन्तर वर्षा भइरहेको बताउँछिन्। सोमबार मध्यम वर्षा हुने छ। सोमबार साँझदेखि मनसुन थप सक्रिय हुने छ। देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, भूक्षय हुने तथा डुबानको खतरा छ। अबको चार दिन मनसुन सक्रिय रहने छ।

अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ।

Leave a Reply

Your email address will not be published.