मिर्गौला पीडितलाई कोरोना संक्रमण कति खतरनाक छ ?

  • 106
    Shares
मिर्गौला पीडितलाई कोरोना संक्रमण कति खतरनाक छ ?

डा: वीरेन्द्र यादव, प्रमुख ट्रान्सप्लान्ट सर्जन, सुमेरु सामुदायिक अस्पताल

कोरोना भाइरस ९कोभिड–१९०को बिरामी देखिन थालेपछि नेपालमा मिर्गौला प्रत्यारोपणको काम ठप्प भएको छ । रिएजेन्टजस्ता परीक्षण र औषधिको अभाव, प्रत्यारोपणपछि कोरोना संक्रमण भएमा मानिसको मृत्यु हुने अत्यधिक सम्भावना भएकाले पनि मिर्गौला प्रत्यारोपण रोकिएको हो । तर डायलासिस सेवा भने नियमित चलिरहेको छ ।

यस अवधिमा डायलासिसका बिरामीको मृत्यु हुने क्रम पनि बढिरहेको छ । यद्यपि उनीहरूमा कोभिडको परीक्षण गरिएको छैन । दीर्घरोगीलाई कोरोना संक्रमणको डर अत्यधिक हुने र संक्रमणबाट मृत्यु हुने सम्भावना पनि उत्तिकै हुने विज्ञहरू बताउँछन् । मिर्गौलाका बिरामीलाई चाहिँ कोभिडको डर कति हुन्छ ? यसका लागि उनीहरूले कस्तो खालको सावधानी अपनाउनुपर्ला ? यसबारे सुमेरु सामुदायिक अस्पतालका प्रमुख ट्रान्सप्लान्ट सर्जन डा। वीरेन्द्र यादवसँगको कुराकानीमा तयार पारिएको सामग्री स्

कोभिड १९ कतिपय तथ्यहरू अझै परीक्षणको क्रममा छन् । सत्य के हो भने कोरोना महामारीले विश्वलाई आक्रान्त बनाएको छ । यो महामारीले थुप्रै सचेतनाहरू पनि फैलाएको छ । मानिसमा नियमित हात धुने, भिडभाडमा नजाने, धुलो धुवाँबाट बच्ने, नियमित मास्कको प्रयोग गर्नेजस्तो बानीमा नेपालीहरू अभ्यस्त हुन थालेका छन् । हामीले डायलासिस र मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई कोभिडअघि नै यस्तो सल्लाह दिने गथ्र्यौं । अहिले उहाँहरूलाई हामीले केही भन्नै पर्दैन आफैं सचेत हुनुहुन्छ । यसकै कारणले पनि हुनुपर्छ मौसम परिवर्तन हँुदा पनि रुघाखोकी जस्ता भाइरससमेत कम मात्रमा देखिएका छन् ।

मिर्गौलाका बिरामीलाई कोभिडको सम्भावना अत्यधिक हुन्छ । सामान्य मानिसलाई भन्दा मिर्गौलाका बिरामीलाई ३० प्रतिशत बढी छिटो संक्रमण हुने सम्भावना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । डायलासिसका बिरामीलाई कसैगरी संक्रमण भइहालेमा मृत्यु हुने सम्भावना पनि अत्यधिक हुन्छ । यसका केही वैज्ञानिक कारणहरू छन् ।

मिर्गौलाले शरीरमा भएका हानिकारक रसायन फ्याक्ने काम गर्छ । शरीरमा बढी भएका तरल पदार्थको व्यवस्थापन गर्ने काम पनि मिर्गौलाले नै गर्छ । यदि दुवै मिर्गौला फेल भएको अवस्थामा खनिज र रसायनको सन्तुलन हुँदैन, मिर्गौलाले रक्तचाप नियन्त्रण गर्ने रेनिन नामक तत्व निकाल्न सक्दैन । जसले गर्दा रक्तचाप बढेर जान्छ ।

मधुमेह, रक्तचाप, इन्फेक्सन, पत्थरी, पोलिसिस्टिक, मिर्गौलामा पानीका फोका विभिन्न खालको संक्रमणले गर्दा मिर्गौला फेल हुने गर्छ । मिर्गौला फेल भएपछि फाल्नुपर्ने पदार्थहरूलाई फ्याक्न सक्दैन ।

उता मिर्गौलाले इरिथ्रोपोइटिन पनि उत्पादन गर्न पनि सक्दैन । इरिथ्रोपोइटिनले शरीरमा रगत उत्पादन गर्ने काम गर्छ । जसले गर्दा यस्ता बिरामीमा रोग प्रतिरोधी क्षमता पनि निकै कमजोर हुन्छ । जसले गर्दा मिर्गौला, क्यान्सरका बिरामीलाई संक्रमणले आक्रमण गर्ने डर बढी हुन्छ ।

मिर्गौला फेल भएपछि गरिने डायलासिस भनेको शरीरमा भएको चीजलाई फाली रगतलाई शुद्धीकरण गर्ने काम हो । त्यसले दुई–तीन दिन वा एक हप्तासम्म काम गर्छ र पुनः डायलासिस गर्नुपर्ने हुन्छ । जसले गर्दा पनि उनीहरूमा रोग प्रतिरोधी क्षमता कमजोर हुन जान्छ ।

कोभिडले मुख्य रूपमा फोक्सोमा आक्रमण गर्छ । फोक्सोको काम भनेको कार्बनडाइअक्साइड फ्याक्ने र अक्सिजन लिने हो । कोरोना संक्रमण भएमा यो प्रक्रिया नै कम भएर जान्छ । आवश्यक मात्रामा फोक्सोले अक्सिजन लिन नसक्दा यसले शरीरका हरेक अंगमा असर पुर्‍याउने गर्छ । किनकि रगतमार्फत अक्सिजन शरीरको अन्य अंगमा पर्याप्त पुग्न सक्दैन । यसले २५ देखि ३० प्रतिशतसम्म मुटु र मिर्गौलालाई असर पुर्‍याइरहेको हुन्छ । किनकि शरीरमा सबैभन्दा बढी अक्सिजन मुटु र मिर्गौलालाई आवश्यक पर्छ । यसरी अक्सिजन नपुगेपछि शरीरमा हुने नियमित रक्तरञ्चार नै अवरुद्ध हुन जान्छ ।

त्यस्तै, मधुमेहजस्ता बिरामीहरूको पनि सबै माइक्रोसर्कुलेसन साँघुरिएर जाने गर्छ । जसले गर्दा अक्सिजन मिर्गौलासम्म पुग्नै सक्दैनन् । जसले गर्दा मिर्गौलामा भएका टिस्युहरू यत्तिकै मरेर जाने गर्छ । जसले गर्दा पनि मिर्गौला पीडितमा कोरोना संक्रमण भएमा मृत्युको खतरा पनि अत्यधिक हुन्छ ।

मिर्गौला फेल भएका मानिसले शारीरिक रूपमा तन्दुरुस्त भएकाहरूले जस्तो गरी शरीरका सबै कुराहरू बनाइरहेको पनि हुँदैन । जसले गर्दा शरीर पनि स्वतः कमजोर भएर जाने गर्छ । त्यसैले कोरोना संक्रमणपछि शरीरमा पनि त्यति नै चाँडो भाइरस फैलिएर जाने गर्छ । तसर्थ, शारीरिक रूपमा स्वस्थ मानिसमा भन्दा मिर्गौलाका बिरामीमा ३० प्रतिशत जोखिम हुने भएकोले सजग पनि त्यही अनुरुप हुनु जरुरी हुन्छ ।

त्यस्तै, मिर्गौला प्रत्यारोपणपछि मानिसमा कोभिड संक्रमणको सम्भावना उत्तिकै हुन्छ । मिर्गौला प्रत्यारोपण गरेका बिरामीमा रोग प्रतिरोधी क्षमता निकै कम हुन्छ । जसले गर्दा रोग प्रतिरोधी क्षमता बढाउनका लागि औषधि दिनुपर्ने हुन्छ । यदि प्रत्यारोपण गरेको बिरामीमा संक्रमणले आक्रमण गरेपछि मृत्युबाट बचाउनका लागि निकै गाह्रो पर्ने गर्छ । अनलाईन खबरबाट