कांग्रेसले सम्झियो बिपि

कांग्रेसले सम्झियो बिपि

इलाम, भदौ : नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बुधबार देशभर मनाइँदैछ । प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।
जिल्ला समन्वय समिति इलाममा भएको कार्यक्रममा बिपिको तस्विरमा माल्यार्पण सहित विचार गोष्ठि सम्पन्न भएको छ । उहाँको जन्म जयन्तीको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्य समितिले इलाममा गरेको कार्यक्रममा बोल्दै बक्ताहरुले हाल नेपाली कांग्रेसले बिपिको बिचार भुल्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । कांग्रेस गुट र उपगुटमा चल्ने गरेको भन्दै नेतृत्व सच्चीन आवश्यक रहेको धारणा राखेका थिए । बिपिसँग लामो समय संगत गरेका महासमिति सदस्य हरि खनालले उहाँको संगतमा भएगरेका कार्यक्रम तथा गतिविधिबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा बोल्दै महादिवेशन प्रतिनिधि डम्बर खड्का, महासमिति सदस्य बिष्णुकुमारी दहाल, केदार थापा, पूर्व जिल्ला सभापती केशव थापा लगायतले नेपाली राजनितिमा बिपिले गरेको योगदानको चर्चा गर्नुभयो । त्यस्तै पार्टीका भातृ तथा भंगिती संगठनका प्रतिनिधिले उहाँको बिचार बोलीमा भन्दा पनि ब्यवहारमा उतार्न कांग्रेस नेतृत्व लाग्नु पर्नेमा जोड दिनु भयो । नेपाली कांग्रेस इलामका सभापती हिमालय कर्माचार्यले गएको निर्वाचनमा कांग्रेसले धेरै ठाउँ हारे पनि नआत्तिन आग्रह गर्नुभयो । गाउँगाउँमा गएर पार्टीलाई एक ढिक्का बनाएर लैजान नेपाली कांग्रेस इलाम लागि पर्ने कांग्रेस जिल्ला सचिव खगेन्द्र देवानको भनाई छ ।
भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेस स्थापना भयो ।