निजि विद्यालयलाई सामाग्री बितरण

Breaking News Hot News Mukya Samachar Special News Trending शिक्षा


इलाम असोज : इलाम नगरपालिका वडा नम्वर ७ ले नगर भित्रका निजि बिद्यालयहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । वडा कार्यालयमा भएको कार्यक्रममा १२ वटा निजी बिद्यालय र तिनवटा एफएमलाई मेकानिकल स्प्रे र पञ्जा एक÷एकथान सहित एक÷एक लिटर क्लोरिन समेत उपलब्ध गराएको हो ।
निजि बिद्यालयका प्रतिनिधिहरुले सरकारी क्षेत्रबाट सँधै कर उठाउने काम गरेपनि पहिलो पटक सहयोग प्राप्त भएको बताएका थिए । निजि तथा आवासिय बिद्यालय प्याप्सन इलामका अध्यक्ष बिकास कर्माचार्यले आफुलाई सो कार्यक्रममा जाँदा आफुलाई जन्मदिन मनाएको भान भएको प्रतिक्रिया दिए । उनले यस प्रकारको सहयोग वितरण र सरकारी निकायबाट बिद्यालय सञ्चालनका बिषयमा नै पहिलो पटक जिल्लामा सहभागी भएको भन्दै खुसी ब्यक्त गरे । उनले इलाम नगरपालिका भित्रका बिद्यालय सञ्चालन गर्न अनुमती दिएपछि सुरक्षिक भएर अध्यापन गराउने बताए । अनलाइन माध्यमबाट वा बिद्यालयमा नै बिद्याथी बोलाएर कक्षा सञ्चालन गर्नेबारे बिद्यालयले परिस्थिती हेरेर अघि बढ्नु पर्ने बताए ।
वडा अध्यक्ष नरेश श्रेष्ठले बिद्यालय खुलेपछि सुरक्षित भएर पढाउन सहज होस भनेर मेकानिकल स्प्रे र क्लोरिन प्रदान गरेको बताए । उनले धेरै बिद्यार्थी निजि बिद्यालयमा नै अध्ययन गर्ने भएकाले पनि उनीहरुलाई सुरक्षित गराउनु राज्यको दायित्व भएकाले सामाग्री प्रदान गरेको बताए । सामाग्री पाएका विद्यालयहरुले हरेक दिन बिद्यालय सञ्चालन हुनु पूर्व क्लोरिन झोल स्प्रे गर्नुपर्ने उनको भनाई छ । इलाम नगरपालिका ७ भित्र धेरै निजि बिद्यालय भएकाले पनि सामाग्री बितरण गरिएको हो । साथै वडा बाहिरका प्रज्ञासदन र इलाम बिद्या मन्दिरलाई समेत सामाग्री प्रदान गरिएको थियो ।
कोरोना महामारीका कारण शैक्षिक क्षेत्रमा परेको असर र समाधानका लागि गर्न सकिने प्रयासका बिषयमा समेत छलफल भएको थियो ।

निजि क्षेत्रका बिद्यालयकै केही प्रतिनिधिहरुले अनलाईन कक्षाका बिषयमा अनबिज्ञता प्रकट गरे । कसैले इन्टरनेट स्लो भउका कारण नबुझिने बताए भने केहीले शिक्षकले अनलाइन अध्यापन गराउन शिक्षा नलिएको बताएका थिए । केहीले भने अनलाइन प्रणाली मार्फत कक्षा सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए । इलामनगरपालिका वडा नम्बर ७ स्थित वडा कार्यालयले नगर क्षेत्रका निजी र सामुदायिक बिद्यालयका प्रतिनिधिको उपस्थितीमा छलफल कार्यक्रम गराएको वडा सदस्य सञ्जिव राइको भनाई छ । सो क्रममा पछिल्लो एक÷दुइदिन अघिबाट कतिपय बिद्यालयहरु सञ्चालन हुन थालेकाले बिद्यालयमा पठन पाठनलाई कसरी ब्यबस्थित बनाउने भन्ने बिषयमा पनि छलफल भएको छ । सामाजिक दुरी कायम गर्दै स्वास्थ्यका सम्पूर्ढा मापदण्ड पालना गरेर मात्र बिद्यालय सञ्चालन गर्नका लागि वडा कार्यालयले बिद्यालयलाई सुझाव दिएको छ ।


इलामनगरपालिकाका शिक्षा शाखा प्रमुख प्रेम गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा सदस्य सचिव सिता खवास, वडा सदस्यहरु तथा बिभिन्न निजि बिद्यालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published.