काँचो किवि बजारमा आएपछि सचेतना अभियान सञ्चालन गरिने

Breaking News Hot News Mukya Samachar Special News Trending

इलाम, असोज : काँचो किवि बजारमा आएपछि कृषि ज्ञान केन्द्र इलामले सचेतना अभियान चलाउने भएको छ । सरोकारवालाहरुसँग छलफल गर्दै ज्ञान केन्द्रले अनुगमन तथा सचेतना गर्ने भएको हो । नपाकेको अपरिपक्व किवि बजारमा आएपछि केन्द्रले किवि जोन परियोजनाका पदाधिकारी, उद्योग वाणिज्य संघ, सहकारीकर्मी तथा सञ्चारकर्मीहरुसँग छलफल पछि सचेतना गर्ने भएको हो । जसका लागि काँचो किवि रोक्न प्रसार प्रचार गर्ने भएको हो । साथै बजारमा अनुगमन गर्ने र जिल्ला समन्वय समिति इलामसँग सहकार्य गरेर स्थानिय तहमा पत्राचार गर्न लगाउने भएको ज्ञान केन्द्र इलामक प्रमुख टोनी बर्देवाले बताए । छलफलमा जोनका संयोजक देउकुमार, वाणिज्य संघका महासचिव हेमन्त गौगम, जिल्ला सहकारी संघ इलामकी बिष्णु दाहाल, किसान तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।
हाल बजारमा रेड किवि आउन थालेको छ । रेड किवि पाक्ने सिजन भएपछि ग्रन (हरिर्यो किवि समेत आएपछि समस्या भएको छ । किवि पाके नपाकेको मापन गर्नका लागि यसको ब्रिक्स मापन गरिन्छ । बिशेष गरेर ८ ब्रिक्स भन्दा माथीको किविलाई मात्र गुणस्तरिय किविका रुपमा लिइन्छ । परिपक्व किवि ८ ब्रिक्स देखी १९ ब्रिक्स सम्म हुन्छ । रेड किविमा बढि गुलियो हुने भएकाले ५० ब्रिक्स सम्म हुने गरेको छ । ग्रीन किविमा अमिलो पना वढि भएपनि रेड किविमा गुलियोको मात्रा वढि हुने गरेको छ ।
गएको वर्ष ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ लगायतले अनुगमन र काचो किवि बिक्रि बितरणमा रोकथामका प्रयास चलाएपछि केही सम्म काँचो किवि बजारमा आएको थिएन । यसवर्ष सुरुबाट नै अभियान चालाउन सके बिक्रि बितरण रोक्न सकिने सरोकारवालाहरुको भनाई छ ।
ग्रीन किवि बाहिरबाट हेदा पाक्दा र काँचो रहँदा समेत उस्तै हुने भएपछि छुट्याउन समस्या हुने ब्यापारीहरुको भनाइ छ । पाकेको किवि भन्दै किसानले बेच्न ल्याएपछि आफुहरुले खरिद गर्ने उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published.