एक सातादेखी ऐतराज बेपत्ता भएपछि परिवारमा चिन्ता

एक सातादेखी ऐतराज बेपत्ता भएपछि परिवारमा चिन्ता

इलाम असोज : इलाम फाकफोकथुम गाउँपालिका ७ एकतप्पाका ऐतराज लिम्बू एकसाता देखी बेपत्ता हुनुभएपछि परिवारमा चिन्ता छाएको छ । गएको असोज १ गते बिहान घाँस काट्न भनेर घरबाट निस्किनु भएका उहाँ हालसम्म घरमा फर्किएर नआएपछि परिवारमा चिन्ता छाएको हो ।
५७ वर्षिय लिम्बू हातमा हँसिया र नाम्लो बोकेर हिँड्नु भएको थियो । त्यस दिन घर फर्किएर नआएपछि परिवारले छरछिमेकहरुसँग खोजी गर्न थालेको छ । प्रहरीमा समेत खबर गरिएको परिवार श्रोतले जानकारी दिएको छ । स्थानियले घरगाउँ र बाहिर समेत खोजी गरिरहेको स्थानिय सुमन दियालीले बताउनुभयो ।
स्वास्थ्य स्थिती समेत सामान्य नै रहेका लिम्बूको घरमा नराम्रो केही नभएपनि घर नफर्किएपछि परिवारलाई पिडा भएको छ । उहाँकी श्रीमती, एक छोरा र दुई छोरीहरु हुनुहुन्छ । उहाँहरुले घरको ठुलो मान्छे नै बेपत्ता भएपछि परिवार चलाउन समेत समस्या पर्ने बताउँनु भएको छ ।
कहिँकतैबाट केही भएको हो या आफैँ टाढा गएको भन्नेबारे केही जानकारी नआउँदा अन्योल छाएको छ । घाँस काट्न भनेर हिँडेका मान्छे नआएपछि लिम्बू परिवारमा मात्र हैन गाउँमा समेत अन्योल छाएको स्थानिय दियालीको भनाई छ । परिवार तथा स्थानियले उहाँलाई देख्नु र भेट्नुहुने जो कोहीले पनि नजिकको प्रहरी कार्यालयमा खबर गरेर सहयोग गरिदिन आग्रह गरेको छ ।