सुक्रकिट बेगर पनि बच्चा जन्मिन्छः बैज्ञानिक निश्कर्ष

Breaking News Hot News Mukya Samachar Special News ज्ञानविज्ञान रोचक विचार स्वास्थ्य/शिक्षा
सुसिल देबकोटा

 

                                                              आजको विज्ञान लहरोः पुरुष बिना जन्मेका बच्चाहरु (मान्छेमा हैन, अरु जनावरमा)। हिजो एउटा समाचारले विज्ञान क्षेत्रमा तहल्का मच्चायो। क्यालिफोर्नियामा पाईने एक प्रकारको गिद्द (California condors) का २ वटा बच्चाहरुको DNA परिक्षण गर्दा उनिहरुको virgin birth भएको पत्ता लाग्यो।

 Virgin birth भनेको बिना पुरुषले यौन सम्पर्क गरेकै महिला गिद्दले आफ्नै अण्डा मात्र प्रयोग गरेर बच्चा जन्माए। खतरै हैन त? अब पहिला Condors को सानो परिचय (चित्र तल)। यो गिद्दको जनसँख्या १९८५ सम्म आईपुग्दा सँसारभरि २२ मात्र थियो। यसलाई बचाउन १९८७ बाट ठुलो कार्यक्रम शुरु गरियो।

 

जँगलबाट यी गिद्दलाई समाएर Sandiego Zoo मा ल्याएर प्रजनन् कार्यक्रम शुरु गरियो। त्यसैले कुन पुरुष-महिलाको को सँग सँसर्ग भयो र कुन चल्लाको बाऊ को हो भनेर सबै रेकर्ड राखियो। यो कार्यक्रम सफल भएर सँसारभर ५०० गिद्द भैसके। अब फेरि विज्ञानको कुरा। कसरी थाहा भो त virgin birth भनेर?

जस्तै Jesus Christ लाई यही प्रकृयाबाट जन्मेको भनिन्छ। मलाई कसैले उनको DNA दिएमा, homologous chromosome sequence गरेर, उनी साँच्चिकै virgin-birth भएर जन्मेका हुन् कि हैनन् भनेर पत्ता लगाउन सकिन्छ।

मैले मेरा पुराना लहरामा भनेको छु, हामी कसरी जन्मन्छौँ भनेर। हामीमा २३ जोडी chromosome हुन्छन्। जोडी भन्नाले आधा बुवा बाट आएको र आधा आमाबाट आएको। त्यसैले यौन सम्पर्क भनेको बुवाले आफ्नो भागको आधा chromosome आमामा खन्याउनु हो। बुबा र आमाको जोडीलाई homologous chromosome भनिन्छ।

Homologous chromosomes लगभग दुरुस्तै हुन्छन्, तर आधा बुवाको शरीरमा शुक्रकिट को रुपमा हुर्केकोले र आधा आमाको शरीरमा अण्डाको रुपमा हुर्केकोले यी chromosome १००% दरुस्तै हुन्नन्। यही homologous chromosome हेरेर virgin birth पत्ता लगाउने हो।

Homologous chromosome का दुबै जोडी १००% दुरुस्त भए भने त्यो बच्चा जन्मनमा बुवाको हात हुन्न किनभने बुवाको तर्फबाट केही आएको भए केही न केही फरक परिहाल्थ्यो। यो गिद्दमा पनि त्यही भो। यसको homologous chromosome को जोडा हेरेको त १००% दुरुस्त। भनेपछि अण्डाले आफै बच्चा बनायो।

यो प्रकृयालाई प्राविधिक रुपमा parthenogenesis पनि भनिन्छ। सुन्दा गजब सुनिएपनि खासमा यस्तो प्रकारको जन्म त्यो प्राणीको लागी राम्रो हैन। किनभने यो प्रकृयामा chromosome जस्ताको तस्तै हुनेभएर evolution हुन्न। यो भनेको update नहुने software जस्तै हो, जो राम्रो हैन।

यो चिलको उदाहरणमा पनि ६० वर्ष बाँच्नुपर्ने बच्चाहरु एउटा २ वर्ष अनि ८ वर्ष मा मर्यो, भन्नाको मतलव, स्वास्थ्यको आधारमा यो virgin-birth खासै राम्रो बाटो हैन।

बुवा र आमाको सँलग्नतामा बच्चा जन्मने काममा DNA मा स-साना परिवर्तन थपिदैँ जान्छन् जो software update जस्तै हो। त्यसो भए प्रकृतिले त्यो गिद्दलाई किन त्यस्तो गर्न लगायो त, यदि यो प्रकृया खासै राम्रो हैन भने? यो मेरो विचारमा मर्नु भन्दा बहुलाउनु बेश जस्तै हो।

याद गर्नु होस्, कुनै बेला यो गिद्दको सँख्या २२ वटा मात्र थियो। अनि बच्चा जन्माउन महिला-पुरुष दुबै चाहिने भएपछि दुबै एकै ठाऊँमा भेट्ने सम्भावना पनि कम भो र यो गिद्द नै सँसारबाट लोप होला जस्तो भो। त्यो भन्दा त बरु बाँच्नैको लागी अण्डाले virgin birth को बाटो रोजेको हुन सक्छ।

तर यो उदाहरणमा यी महिला चिलको साथमा वरीपरी पुरुष चिल थिए, त्यसैले mating partner भएपनि कतिपटक virgin-birth गर्छन्, हामीले त्यो पत्ता नलाएको आशँका छ। यी चिल पो २४ सैँ घण्टा मान्छेको निगरानीमा थिए र यो कुरा थाहा भयो।

खासमा प्रकृतिमा यस्ता उदाहरणहरु अरु पनि छन्। मौरी, कमिला, छेपारो, माछाहरु यो प्रकृयाबाट बच्चा जन्माउछन्। अब मलाई थाहा छ (विशेष गरि पुरुष मित्रहरु) यहाँ हरुको मनमा एउटा प्रश्न छ, मान्छेमा यो हुन्छ कि हुन्न। पुरुषको कामै सकिने हो कि? यसको उत्तर होः हुन्न। कसरी?

मान्छेमा बच्चा जन्मिन केही क्रमबद्द प्रकृया हुनै पर्छ र त्यो प्रकृयामा शुक्रकिटको पनि केही महत्वपूर्ण काम हुने भएकोले अण्डा एक्लै विभाजित भएर पुरै बच्चा बनाउन सक्दैन। सर्वप्रथम मैले पहिल्यै भने, हामी सबै एकै cell बाट शुरु हुने हो। यसलाई cell-division भनिन्छ।

अब cell-division गर्नु पर्यो भन्ने सँकेत cell मा Calcium को मात्रा बढ्नु हो। मान्छेमा त्यो मात्रा शुक्रकिट अण्डामा छिरेपछि मात्र शुरु हुन्छ, भनेपछि बच्चा जन्माउन पुरुष चाहियो। शुक्रकिट नआएपछि त्यो अण्डा महिनावारी सँगै शरीरबाट बाहिर फालिन्छ।

तर वैज्ञानिकहरु पनि अलि चकचके जात नै हो। शुक्रकिटको काम अण्डामा Calcium को मात्रा बढाएर cell-division गराउने मात्र हो भने, विना शुक्रकिट नै अण्डामा Calcium छिराए के हुन्छ भनेर प्रश्न गरे। अचम्मसँग, सुईबाट छिराएको Calcium ले साँच्चिकै cell-division भयो।

तर अफसोच, केही समय पछि त्यो अण्डा बच्चा बन्न नपाई मर्यौ। यसको मतलब Calcium बाहेक शुक्रकिटमै अरु थप जिनेटिक सुचना हुन्छ जसले अण्डालाई बचाई राखेर बच्चा बनाउन मद्दत गर्छ। यो उदाहरण घरको धेरै ढोका खोल्ने साँचो अण्डासँग भएपनि, १-२ वटा महत्वपूर्ण साँचो शुक्रकिट सँग मात्र भएको जस्तै हो।

हामी आफुलाई विकसित प्राणी भनेको पक्षपात गरेर होईन, वास्तबमै हाम्रो प्रणाली sophisticated नै छ। पुर्ण बच्चा बनाउने information स्तनधारीमा अण्डा र शुक्रकिटमा बाँडिएको हुन्छ, त्यसैले दुबै चाहिन्छ। तर चरा, माछाहरु त्यती sophisticated नहुने भएकोले अण्डा आफैले पनि बच्चा बनाउन सक्छ।

तर फेरि पनि वैज्ञानिक चकचके नै हुन्छन्। जापानका वैज्ञानिकले स्तनधारीको (मुसा) शुक्रकिटमा चाहिने के कुरा र के हटायो भने virgin-birth हुन्छ भनेर अध्ययन गरेर, त्यही recipe को आधारमा virgin-birth मुसा बनाईसके। भनेपछि यो हुनै नसक्ने कुरा हैन।

सँसारमा बाँच्नु नै सबैभन्दा ठुलो कुरा हो। अहिले पो पुरुष फालाफाल छन् र virgin- birth हुन्न। पछि सँसारमा कल्पना गरौँ पुरुषको अभाव भयो भने अण्डाले आफै बच्चा बनाउन सक्ने प्रकृया लिन पनि सक्छ है ( यो मेरो कल्पना मात्र हो)। मरता क्या नहि करता।

Leave a Reply

Your email address will not be published.