माइजोगमाईको बजेट ४५ करोड ५१ लाख

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ बिजनेस समाचार

फिक्कल : इलामको माइजोगमाई गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४५ करोड ५१ लाख ६३ हजार रुपैयाँको आय–व्यय अनुमान पारित गरेको छ १६औं गाउँसभामा उपाध्यक्ष प्रविना राईले आउँदो वर्षको आय–व्यय अनुमान पेस गरिन् । राईका अनुसार आउँदो वर्षका लागि आर्थिक विकासतर्फ एक करोड छ लाख, पूर्वाधार विकासमा सात करोड ६७ लाख, सामाजिक विकासमा दुई करोड ३६ लाख रुपैयाँ विनियोजित छ ।

यस्तै, वन, वातावरण तथा विपद् व्यवस्थापनमा १० लाख, सामान्य सार्वजनिक सेवा, क्षमता विकास, सुशासन र सदृढीकरणतर्फ आठ करोड ३० लाख ७५ हजार, अन्य विविध कार्यक्रमतर्फ एक करोड २० लाख रुपैयाँ विनियोजित छ । सोही अवसरमा उत्कृष्ठ काम गर्ने कर्मचारीलाई सम्मान समेत गरीएको छ ।

Leave a Reply

Your email address will not be published.