सूर्योदयको १ अर्व ४१ करोडको बजेट पारित

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ प्रदेश संस्करण बिजनेस राजनीति समाचार

फिक्कल : इलामको सूर्योदय नगरपालिकाको नगर सभाको १५ औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१र८२ को लागि कूल रु. १ अर्व ४१ करोड ४६ लाख २७ हजार ५ सय को वार्षिक बजेट पारित भएको छ। मंगलबार बसेको अधिवेशसनको ५औं बैठकले आइतबार उपप्रमुख दुर्गा कुमार बरालले पेश गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सभाले पारित गरेको हो। नगरपालिकाले क्षेत्रगत रुपमा आर्थिक विकासको क्षेत्रमा १० करोड ५७ लाख ५७ हजार, सामाजिक विकास क्षेत्रमा ४९ करोड ३७ लाख २२ हजार, पूर्वाधार विकासको क्षेत्रमा २६ करोड ४१ लाख २९ हजार, सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा ६ करोड ८० लाख ३ हजार तथा कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा १६ करोड ३० लाख १६ हजार बजेट विनियोजन गरेको छ।
नगरपालिकाले गरेको विनियोजन मध्ये चालु खर्च तर्फ ६४.२८% र पूँजीगत खर्च तर्फ ३५.७२% प्रस्ताव गरेको हो। राजस्व असुलीबाट ६ करोड ८७ लाख ५० हजार, राजस्व बाँडफाँडबाट रु। १८ करोड ३९ लाख ७६ हजार, संघीय सरकारबाट रु। ६३ करोड २१ लाख ११ हजार ५ सय, प्रदेश सरकारबाट रु। ४ करोड ४१ लाख ८२ हजार समेत कूल ९२ करोड ९० लाख १९ हजार ५ सय प्राप्त हुने अनुमान गरिएको छ।
आइतबारको बैठकबाट अर्थ विधेयकका अतिरिक्त यातायात व्यवस्थापन ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ र न्यायिक समितिले उजुरी किनारा गर्दा अपनाउने कार्यविधि ऐन २०८१ पनि पारित गरिएको छ। बैठकमा नगर सभा सदस्यहरु गीता रसाइली, कमल प्रसाद गड्तौला, सरन लिम्बू, चन्द्रकला मैनाली, सरु गदाल, धन कुमारी कार्की, राज कुमार श्रेष्ठ र पुण्य प्रसाद पोखरेलले सभामा पेश भएका विधेयक, प्रस्ताव र सार्वजनिक महत्वका विषयमा सभाको ध्यानाकर्षण गराएका थिए।
सभामा उठेका सवालहरुको सम्बन्धमा नगर सभा अध्यक्ष रण बहादुर राईले जवाफ दिँदै प्रस्ताव तथा विधेयकहरु निर्णयार्थ प्रस्तुत गरेका थिए। नगर सभाको अर्को बैठक असार २६ गते बस्ने गरी मंगलबारको बैठक स्थगित भएको छ। सूर्योदय नगरपालिकाको नगर सभाको १५ औं अधिवेशन वैशाख ७ गते शुरु भएको थियो।

Leave a Reply

Your email address will not be published.